चापाकोटमा क्षमता विकास तालिम

वालिङ,१४ वैशाख- चापाकोटमा उद्घोषण तथा क्षमता विकास तालिम सुरु भएको छ । चापाकोट नगरपालिकाको १० नम्बर वडामा महिला लक्षित कार्यक्रम अन्तर्गत उद्घोषण तथा क्षमता विकास सम्बन्धी तीन दिने तालिम बिहीबारदेखि सुरु भएको हो । शनिबारसम्म सञ्चालन हुने कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय स्याङ्जाका सदस्य निर्मला नेपालीले यस्ता तालिमहरुले महिला शसक्तिकरणमा टेवा पुग्ने बताउनुभयो । उहाँले तालिमले महिलाहरुमा बोल्ने क्षमताको विकास गर्ने र व्यक्तित्व विकासमा टेवा पुग्ने भएकाले सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष रामु कोईरालाले महिलाहरुलाई शसक्त बनाउनका लागि बोल्ने कलाको विकास हुनुपर्ने भएकाले वडाले महिला तथा बालबालिका लक्षित शिर्षकमा छुटयाईएको बेजटले यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
आगामी दिनमा महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनका सिपमूलक तालिमहरु पनि सञ्चालन गर्दैजाने वडा अध्यक्ष कोईरालाले बताउनुभयो । कार्यक्रमको सञ्चानल कार्यपालिका सदस्य शान्ति श्रेष्ठले र स्वागत चिनुमायाँ श्रेष्ठले गर्नुभएको थियो । ३० जनाको सहभागिता रहेको तालिममा वालिङ टेलिभिजनका समाचार प्रमुख गोपाल जिटी र रेडियो आँधीखोलाका समाचार प्रमुख कला रानाले सहजीकरण गर्नुभएको छ ।
ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे
२०८१ चैत्र १२ गते, मंगलवार
प्रेस चाैतारी: अबकाे गन्तव्य
२०८१ चैत्र १० गते, आईतवार
वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित
२०८१ चैत्र ६ गते, बुधबार
वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी
२०८१ चैत्र ५ गते, मंगलवार
प्रथम पिंक सिटी महोत्सव सम्पन्न
२०८१ चैत्र ३ गते, आईतवार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार