चापाकोटमा क्षमता विकास तालिम
वालिङ,१४ वैशाख- चापाकोटमा उद्घोषण तथा क्षमता विकास तालिम सुरु भएको छ । चापाकोट नगरपालिकाको १० नम्बर वडामा महिला लक्षित कार्यक्रम अन्तर्गत उद्घोषण तथा क्षमता विकास सम्बन्धी तीन दिने तालिम बिहीबारदेखि सुरु भएको हो । शनिबारसम्म सञ्चालन हुने कार्यक्रमको शुभारम्भ गर्दै जिल्ला समन्वय स्याङ्जाका सदस्य निर्मला नेपालीले यस्ता तालिमहरुले महिला शसक्तिकरणमा टेवा पुग्ने बताउनुभयो । उहाँले तालिमले महिलाहरुमा बोल्ने क्षमताको विकास गर्ने र व्यक्तित्व विकासमा टेवा पुग्ने भएकाले सिकेका कुराहरुलाई व्यवहारमा उतार्न आग्रह गर्नुभयो ।

कार्यक्रममा वडा अध्यक्ष रामु कोईरालाले महिलाहरुलाई शसक्त बनाउनका लागि बोल्ने कलाको विकास हुनुपर्ने भएकाले वडाले महिला तथा बालबालिका लक्षित शिर्षकमा छुटयाईएको बेजटले यो कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
आगामी दिनमा महिलाहरुलाई आर्थिक रुपमा बलियो बनाउनका सिपमूलक तालिमहरु पनि सञ्चालन गर्दैजाने वडा अध्यक्ष कोईरालाले बताउनुभयो । कार्यक्रमको सञ्चानल कार्यपालिका सदस्य शान्ति श्रेष्ठले र स्वागत चिनुमायाँ श्रेष्ठले गर्नुभएको थियो । ३० जनाको सहभागिता रहेको तालिममा वालिङ टेलिभिजनका समाचार प्रमुख गोपाल जिटी र रेडियो आँधीखोलाका समाचार प्रमुख कला रानाले सहजीकरण गर्नुभएको छ ।
ताजा
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार
बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी बाढीले घर सहित बेलिब्रज बगायाे
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकी नदीमा बाढी तटिय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
२०८३ आश्विन २५ गते, आईतवार
स्याङ्जाका मीनप्रसाद गुरुङ सहित दस जना एमाले केन्द्रीय कमिटी सदस्यमा मनाेनीत
२०८३ आश्विन २४ गते, शनिबार





















