सरकार ढाल्ने ध्याउन्नमा छ काँग्रेस : प्रमुख सचेतक बर्तौला
काठमाडौं,४ चैत- नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली काँग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने ध्याउन्नमा लागेको आरोप लगाउनुभएको छ । आइतवार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले काँग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अङ्कगणितका आधारमा प्रस्तुत भइरहेको आरोप लगाउनुभयो । उहाँले काँग्रेसले २८ दिनभित्र सरकार ढाल्छौँ भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिन नहुने बताउनुभयो । सुन तस्करीको प्रकरण सन्दर्भमा सरकारले बनाएको आयोगले दिएको प्रतिवेदनको कार्यान्वयन हुनुपर्ने उहाँले बताउनुभयो । आयोगको प्रतिवेदन सांसदलाई बुझाउन पनि सरकारसँग उहाँले आग्रह गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘सुन तस्करी प्रकरणको सन्दर्भमा सरकारले आयोग बनाएको थियो, त्यो आयोगले सरकारलाई रिपोर्ट पेस गरेको छ । त्यो रिपोर्ट बमोजिम जसको जहाँ–जहाँ जसरी संलग्नता छ, दोषका प्रकृतिका आधारबाट कानुनी कारबाही हुन्छ ।’ प्रतिवेदनले उजागर गरेका विषयवस्तु सार्वजनिक गर्नुपर्छ उहाँले भन्नुभयो ।
कानुनको आँखाबाट दोषी देखिएको जोसुकै भए पनि उम्किन नहुने उहाँको भनाइ छ । कोही पनि दोषी सरकारको छायाँमा रहेका कारणले गर्दा उन्मुक्ति पाउँछ भन्ने कुरा किमार्थ हुन नहुने उहाँले सुझाव दिनुभयो । गृहमन्त्री रवि लामिछाने आफ्नोबारेमा छानबिन सबै तहबाट होस् भनिरहेकाले त्यसमा सरकारले ध्यान दिनुपर्ने बताउनुभयो । “यसलाई विषय बनाई राजनीतिक ढङ्गबाट अहिले रास्वपाको नेतृत्वकर्ता गृहमन्त्रीलाई आक्रमण गर्नु भनेको यो सरकार ढाल्न सकिन्छ भनेर अङ्कगणितका आधारमा गरिएको प्रयास हो” उहाँले भन्नुभयो ।
“अनुसन्धानले सबै किसिमको छानबिनबाट उहाँ दोषी हुँदा कसैले जोगाउनुपर्छ भन्ने छैन । कोही प्रधानमन्त्री र गृहमन्त्री भयो भन्दैमा सारा अङ्ग प्रभावित हुन्छ भन्ने सोच्नुहुँदैन । यो सरकारलाई उहाँहरुले २८ दिनको म्याद दिनुभएको छ” उहाँले भन्नुभयो । सुशासन, समृद्धि र सामाजिक न्याय सरकारको मुख्य कार्यभार भएको उहाँको भनाइ छ ।
ताजा
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो
२०८३ आश्विन ४ गते, आईतवार
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार
२०८३ आश्विन ४ गते, आईतवार
चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु
२०८३ आश्विन १ गते, बिहीबार
वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
२०८३ आश्विन १ गते, बिहीबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार





















