गैँडाको आन्तरिक स्थानान्तरण सुरु

मीना कँडेल
कावासोती,२ चैत- नवलपुरको कावासोतीबाट चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक रूपमा गैँडाको स्थानान्तरण सुरु गरिएको छ । शुक्रबार नवलपरासीको कावासोती नगरपालीका वडा नं २ मा रहेको नवदुर्गा सामुदायिक वनबाट एउटा भाले गैँडा डार्ट गरेर निकुञ्जको पूर्वी सेक्टर स्थानान्तरण गरिएको हो । नवलपुरको लोकाहा, दिव्यपुरी लगायतको क्षेत्रमा बस्ती पसेर दुख दिएका र पश्चिम सेक्टरको कोर क्षेत्रबाट गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गर्न लागिएको हो ।
निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेश तिवारीले पहिलो चरण अन्तर्गत नवलपुरको पश्चिम सेक्टर, सामुदायिक वन र राष्ट्रिय वनमा रहेका ६ वटा वयस्क भाले र पोथी गैँडा स्थानान्तरण गरिने बताउनुभयो । आठ वर्षदेखि माथि र २० वर्षभन्दा मुनिका गैँडालाई स्थानान्तरण गरिने तिवारीले जानकारी दिनुभयो । सन् २०२१ को गणना अनुसार निकुञ्ज क्षेत्रमा ६ सय ९४ वटा गैँडा गणना भएको अधिकांश गैँडा पश्चिम सेक्टर पूर्वी नवलपरासीतर्फ भएकाले स्तान्तरण गर्न लागिएको हो ।
एकै स्थानमा धेरै गैँडा हुँदा वासस्थान व्यवस्थापनमा समस्या आउने र वृद्धि दरमा कमी आउने भएकाले स्थानान्तरण गर्न लागिएको उहाँले बताउनुभयो । गाउँमा निस्किएर स्थानीय बासिन्दालाई दुःख दिइरहेका गैँडाको पहिचान गरी पहिला तिनीहरूलाई स्थानान्तरण गर्ने उहाँले बताउनुभयो । गैँडा स्थानान्तरण कार्यमा निकुञ्जको हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेना लगायतको जनशक्ति परिचालित थिए । पाँच वटा हात्तीमा खटिएका प्राविधिकहरूको टोलीले पुर्वी नवलपरासीको सामुदायिक वन र मध्यवर्ती क्षेत्रमा रहेका गैंडालाई नियन्त्रणमा लिएर स्थानान्तरणको काम गरिरहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरको नेतृत्वमा ६० जनाको टोली नवलपुरको कावासोती आइपुगेको थियो । जसमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ ‘इकोलोजिस्ट’ श्याम शाहको नेतृत्वमा प्राविधिक टोली परिचालित छ । यस पटक १० वटा गैँडा स्थानान्तरण गर्ने तयारी छ । त्यस अन्तर्गत पहिलो चरणमा ६ वटा गैँडालाई नवलपरासीबाट चितवनको सौराहा क्षेत्रको निकुञ्ज क्षेत्रमा छाडिने निकुञ्जले जनाएको छ ।स्राेत गाेप
ताजा

सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई
२०८२ असार ३१ गते, मंगलवार
सङ्घीय मामिला मन्त्रालयको जिम्मा न्यौपानेलाई
२०८२ असार ३१ गते, मंगलवार
स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च
२०८२ असार २७ गते, शुक्रबार
बुद्धको प्रतिमा र राताम्मे पहाड
२०८२ असार २५ गते, बुधबार
स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित
२०८२ असार २५ गते, बुधबार
मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती
२०८२ असार २४ गते, मंगलवार
बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का
२०८२ असार २४ गते, मंगलवार
कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती
२०८२ असार २० गते, शुक्रबार
मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद
२०८२ असार २० गते, शुक्रबार
भीरकोटमा उत्कृष्ट कृषक सम्मानित
२०८२ असार १९ गते, बिहीबार