गैँडाको आन्तरिक स्थानान्तरण सुरु
मीना कँडेल
कावासोती,२ चैत- नवलपुरको कावासोतीबाट चितवन राष्ट्रिय निकुञ्जमा आन्तरिक रूपमा गैँडाको स्थानान्तरण सुरु गरिएको छ । शुक्रबार नवलपरासीको कावासोती नगरपालीका वडा नं २ मा रहेको नवदुर्गा सामुदायिक वनबाट एउटा भाले गैँडा डार्ट गरेर निकुञ्जको पूर्वी सेक्टर स्थानान्तरण गरिएको हो । नवलपुरको लोकाहा, दिव्यपुरी लगायतको क्षेत्रमा बस्ती पसेर दुख दिएका र पश्चिम सेक्टरको कोर क्षेत्रबाट गैँडालाई पूर्वी सेक्टरमा स्थानान्तरण गर्न लागिएको हो ।
निकुञ्जका सूचना अधिकारी तथा सहायक संरक्षण अधिकृत गणेश तिवारीले पहिलो चरण अन्तर्गत नवलपुरको पश्चिम सेक्टर, सामुदायिक वन र राष्ट्रिय वनमा रहेका ६ वटा वयस्क भाले र पोथी गैँडा स्थानान्तरण गरिने बताउनुभयो । आठ वर्षदेखि माथि र २० वर्षभन्दा मुनिका गैँडालाई स्थानान्तरण गरिने तिवारीले जानकारी दिनुभयो । सन् २०२१ को गणना अनुसार निकुञ्ज क्षेत्रमा ६ सय ९४ वटा गैँडा गणना भएको अधिकांश गैँडा पश्चिम सेक्टर पूर्वी नवलपरासीतर्फ भएकाले स्तान्तरण गर्न लागिएको हो ।
एकै स्थानमा धेरै गैँडा हुँदा वासस्थान व्यवस्थापनमा समस्या आउने र वृद्धि दरमा कमी आउने भएकाले स्थानान्तरण गर्न लागिएको उहाँले बताउनुभयो । गाउँमा निस्किएर स्थानीय बासिन्दालाई दुःख दिइरहेका गैँडाको पहिचान गरी पहिला तिनीहरूलाई स्थानान्तरण गर्ने उहाँले बताउनुभयो । गैँडा स्थानान्तरण कार्यमा निकुञ्जको हात्ती, प्राविधिक जनशक्ति, कर्मचारी, सुरक्षार्थ खटिएको सेना लगायतको जनशक्ति परिचालित थिए । पाँच वटा हात्तीमा खटिएका प्राविधिकहरूको टोलीले पुर्वी नवलपरासीको सामुदायिक वन र मध्यवर्ती क्षेत्रमा रहेका गैंडालाई नियन्त्रणमा लिएर स्थानान्तरणको काम गरिरहेका छन् ।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत अविनाश थापा मगरको नेतृत्वमा ६० जनाको टोली नवलपुरको कावासोती आइपुगेको थियो । जसमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका वरिष्ठ ‘इकोलोजिस्ट’ श्याम शाहको नेतृत्वमा प्राविधिक टोली परिचालित छ । यस पटक १० वटा गैँडा स्थानान्तरण गर्ने तयारी छ । त्यस अन्तर्गत पहिलो चरणमा ६ वटा गैँडालाई नवलपरासीबाट चितवनको सौराहा क्षेत्रको निकुञ्ज क्षेत्रमा छाडिने निकुञ्जले जनाएको छ ।स्राेत गाेप
ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















