हिमपहिरोले सडक अवरुद्ध

यदुप्रसाद भट्ट

मनाङ,२३ फागुन- आइतबार राति परेको हिमपातले सोमबार मनाङ ङिस्याङ गाउँपालिका–१, ढुकुरपोखरीमा हिमपहिरो गएको छ । हिमपहिरो जाँदा तल्लो मनाङ र माथिल्लो मनाङमा आवतजावत पूरै अवरुद्ध भएको छ । 

ठुलै हिमपहिरो गएकाले उपकरण अभावमा सोमबार हिमपहिरो पन्छाउन नसकिएको प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिरो पन्छाउने प्रयास जारी छ, अलि जोखिमयुक्त भएको तथा पहिला पनि दुर्घटना भएकाले उच्च सतर्कताका साथ समन्वयमा काम भइरहेको छ ।” उहाँका अनुसार ढुकुरपोखरीमा गएको उक्त हिमपहिरो मस्र्याङ्दी नदीमा आइपुगेको छ । ठुलै पहिरो गएकाले सडक पूरै अवरुद्ध रहेको मनाङ प्रहरीले जनाएको छ । डोजरको प्रयोग गरी अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिएको छ । अवरुद्ध सडक खुलाउन तथा सो हिमपहिरो पन्छाउन सशस्त्र प्रहरी बल पनि परिचालन गरिएको छ । 

सशस्त्र प्रहरी बलका डिएसपी उदयराज न्यौपानेले ७५ देखि १०० मिटरसम्म लामो हिमपहिरो भएकाले पन्छाउन धेरै समय लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामी डोजरसहित हिमपहिरो पन्छाउन लागिपरेका छौँ । सकेसम्म रातसाँझ गरेर अवरुद्ध सडक खुलाउने हाम्रो प्रयास जारी छ ।” हिमपहिरोबाट कुनै पनि क्षति नभएको र सम्भावित क्षतिलाई रोक्न अवरुद्ध सडक खुलाउन लागिपरेको सशस्त्र प्रहरी ३२ नं. गुल्मले जनाएको छ ।

मनाङ पर्यटकीय क्षेत्र भएकाले पर्यटक आउने याम सुरु भइसकेको छ । दैनिक रूपमा यहाँका पर्यटकीय क्षेत्र अवलोकन भ्रमणमा पर्यटक आइरहेका छन् । आवतजावतमा जोखिम बढ्दा पनि समस्या भएको प्रहरीले जनाएको छ । 

दैनिक रूपमा पाँच दर्जन पर्यटक भित्रिन थालेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिनुभयो । भीषण हिमपातसँगै आएको हिमपहिरोले जोखिम बढाएको उहाँले बताउनुभयो । यस क्षेत्रमार्फत यात्रा गर्ने स्थानीय तथा पर्यटकलाई सचेतना अपनाउन आग्रह गरिएको प्रजिअ लामिछानेले बताउनुभयो । स्राेत गाेप 

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

२०८१ फाल्गुन २७ गते, मंगलवार

विद्यालय पुग्न ट्युबको सहारा

२०८१ फाल्गुन २७ गते, मंगलवार

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

२०८१ फाल्गुन २२ गते, बिहीबार

संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न

२०८१ फाल्गुन २२ गते, बिहीबार

राजनीतिक स्थायीत्वको लागि दुई ठुला दल एक ठाउँमा आएको पूर्व मन्त्री अर्यालको भनाई

२०८१ फाल्गुन २१ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal