वालिङ महोत्सवमा भजन प्रतियोगितामा दर्शकको आर्कषण


वालिङ,२५ माघ- आठौँ वालिङ महोत्सवमा हरेक दिन विभिन्न प्रतियोगिताहरु हुने गरेकाछन् । बालप्रतिभा प्रष्फुटनका लागि स्याङ्जा डान्स आईडल, विद्यालय स्तरीय नृत्य देखि धार्मिक तथा सांस्कृतिक परम्परासंग जोडिएको भजन चुड्का प्रतियोगिता र रत्यौली प्रतियोगिता दैनिक रुपमा प्रस्तुत हुदै आएकाछन् ।
भजन प्रतियोगिता भने वालिङ महोत्सवमा पहिलो पटक प्रस्तुत गरिएको हो । यो प्रतियोगिताले दर्शकको मन भने निकै तानेको छ । कलाकारहरुले भजनको प्रसंग अनुसार प्रस्तुत गरिएको अभिनयले महोत्सवको माहोल नै छुट्टै रोमाञ्चित बनाएको थियो ।

जुनेली भजनकृतन समुह वालिङ १४ र भीरकोट ९ कालिकाकोले प्रस्तुत गरेको भजन प्रतियोगिताको दर्शकहरुले निकै उत्साह र रुचिका साथ हेरिरहेका थिए । भने अन्य प्रतियोगि समुहहरुले पनि आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए । महोत्सवको आर्कषणको रुपमा रहेका कलाकारहरुसंगै यस्ता धार्मिक तथा सांस्कृतिक प्रतियोगिताहरुले दर्शकको ध्यान तानेकाछन् ।
बिहीबार जुनेली भजनकृतन समुहले नाटकीय शैलीमा आफ्ना भजन प्रस्तुत गर्दा धेरै दर्शक मञ्चमा केन्द्रित भए । भीरकोट ९ र वालिङ १४ का विभिन्न व्यक्तिहरुको समुह जुनेली भनजकृतन समुहले प्रस्तुत गरेको हनुमान लिलाले धेरै दर्शकलाई मञ्चतर्फ केन्द्रित गर्न सफल भयो ।

जुनेली भजन समुहले विद्यालयमा समेत यस्ता विषयवस्तुलाई पाठ्यक्रममा नै समेटेर विद्यार्थीलाई भजनकृतनको ज्ञान समेत प्रदान गरेको समुहका प्रमुख रोमाकान्त न्यौपानेले बताउनुभयो । हनुमान नाँच रामायणको सुन्दर काण्डको कथावस्तुमा आधारित रहेको बताउदै यो नाँचले आम मानिसलाई उत्प्रेरणा प्रदान गर्ने पिपलडाँडा माविका प्रधानाध्यापक समेत रहनुभएका न्यौपानेले बताउनुभयो । राम,लक्ष्मण,सिता,हनुमान, रामणको पात्रहरु समेत सहभागि बनाईएको हनुमान लिला प्रस्तुत गरिएको थियो ।

महोत्सवमा मौलिक परम्परालाई प्रर्दशन गर्दै जर्गेणा गर्ने उद्देश्यले हनुमान नाँच प्रस्तुत गरिएको न्यौपानेले बताउनुभयो ।
नाटकीय शैलीको भजन गितमा सिताको अपहरणदेखि हनुमानले खोेजेर ल्याइएको सम्मका दृश्यहरु समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । महोत्सवमा आयोजना गरिएका यस्ता विभिन्न प्रतियोगिताले सांस्कृतिक र धार्मिक परम्परालाई जागाई राख्ने तथा नयाँ पुस्तालाई जानकारी गराउन समेत मद्धत पुग्ने महोत्सव सांस्कृति उपसमितिका संयोजक तथा वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले बताउनुभयो ।

ताजा

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

बुद्धको प्रतिमा र राताम्मे पहाड

२०८२ असार २५ गते, बुधबार

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

२०८२ असार २५ गते, बुधबार

मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती

२०८२ असार २४ गते, मंगलवार

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

२०८२ असार २४ गते, मंगलवार

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती

२०८२ असार २० गते, शुक्रबार

मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद

२०८२ असार २० गते, शुक्रबार

भीरकोटमा उत्कृष्ट कृषक सम्मानित

२०८२ असार १९ गते, बिहीबार

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

२०८२ असार १९ गते, बिहीबार

घरेलु हिंसाका घटनामा वृद्धि : इन्सेक

२०८२ असार १८ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal