वालिङ महोत्सवमा भजन प्रतियोगितामा दर्शकको आर्कषण


वालिङ,२५ माघ- आठौँ वालिङ महोत्सवमा हरेक दिन विभिन्न प्रतियोगिताहरु हुने गरेकाछन् । बालप्रतिभा प्रष्फुटनका लागि स्याङ्जा डान्स आईडल, विद्यालय स्तरीय नृत्य देखि धार्मिक तथा सांस्कृतिक परम्परासंग जोडिएको भजन चुड्का प्रतियोगिता र रत्यौली प्रतियोगिता दैनिक रुपमा प्रस्तुत हुदै आएकाछन् ।
भजन प्रतियोगिता भने वालिङ महोत्सवमा पहिलो पटक प्रस्तुत गरिएको हो । यो प्रतियोगिताले दर्शकको मन भने निकै तानेको छ । कलाकारहरुले भजनको प्रसंग अनुसार प्रस्तुत गरिएको अभिनयले महोत्सवको माहोल नै छुट्टै रोमाञ्चित बनाएको थियो ।

जुनेली भजनकृतन समुह वालिङ १४ र भीरकोट ९ कालिकाकोले प्रस्तुत गरेको भजन प्रतियोगिताको दर्शकहरुले निकै उत्साह र रुचिका साथ हेरिरहेका थिए । भने अन्य प्रतियोगि समुहहरुले पनि आफ्ना प्रस्तुति प्रस्तुत गरेका थिए । महोत्सवको आर्कषणको रुपमा रहेका कलाकारहरुसंगै यस्ता धार्मिक तथा सांस्कृतिक प्रतियोगिताहरुले दर्शकको ध्यान तानेकाछन् ।
बिहीबार जुनेली भजनकृतन समुहले नाटकीय शैलीमा आफ्ना भजन प्रस्तुत गर्दा धेरै दर्शक मञ्चमा केन्द्रित भए । भीरकोट ९ र वालिङ १४ का विभिन्न व्यक्तिहरुको समुह जुनेली भनजकृतन समुहले प्रस्तुत गरेको हनुमान लिलाले धेरै दर्शकलाई मञ्चतर्फ केन्द्रित गर्न सफल भयो ।

जुनेली भजन समुहले विद्यालयमा समेत यस्ता विषयवस्तुलाई पाठ्यक्रममा नै समेटेर विद्यार्थीलाई भजनकृतनको ज्ञान समेत प्रदान गरेको समुहका प्रमुख रोमाकान्त न्यौपानेले बताउनुभयो । हनुमान नाँच रामायणको सुन्दर काण्डको कथावस्तुमा आधारित रहेको बताउदै यो नाँचले आम मानिसलाई उत्प्रेरणा प्रदान गर्ने पिपलडाँडा माविका प्रधानाध्यापक समेत रहनुभएका न्यौपानेले बताउनुभयो । राम,लक्ष्मण,सिता,हनुमान, रामणको पात्रहरु समेत सहभागि बनाईएको हनुमान लिला प्रस्तुत गरिएको थियो ।

महोत्सवमा मौलिक परम्परालाई प्रर्दशन गर्दै जर्गेणा गर्ने उद्देश्यले हनुमान नाँच प्रस्तुत गरिएको न्यौपानेले बताउनुभयो ।
नाटकीय शैलीको भजन गितमा सिताको अपहरणदेखि हनुमानले खोेजेर ल्याइएको सम्मका दृश्यहरु समेत कार्यक्रममा प्रस्तुत गरिएको थियो । महोत्सवमा आयोजना गरिएका यस्ता विभिन्न प्रतियोगिताले सांस्कृतिक र धार्मिक परम्परालाई जागाई राख्ने तथा नयाँ पुस्तालाई जानकारी गराउन समेत मद्धत पुग्ने महोत्सव सांस्कृति उपसमितिका संयोजक तथा वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्रप्रसाद अर्यालले बताउनुभयो ।

ताजा

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal