वालिङ महोत्सवमा दर्शकको दैनिक उत्साहजनक उपस्थिति
वालिङ,२५ माघ- वालिङ खेलमैदानमा जारी आठौं वालिङ महोत्सव २०८० मा दर्शकहरुको दैनिक उत्साहजनक उपस्थिति रहेको छ । यही माघ १८ देखि सञ्चालन भएको महोत्सवमा आज बिहिबार आठौं दिनसम्म सुरुका दिनदेखि नै दर्शकहरुको दैनिकरुपमा उत्साहजनक उपस्थिति रहेको हो ।
यही २८ गतेसम्म सञ्चालन हुने महोत्सवको आजसम्म आइपुग्दा आठौंदिन पार गरिसकेको छ । महोत्सवमा दैनिकरुपमा दर्शकहरुको भीड लागिरको छ । स्याङ्जा डान्स आइडल सिजन थ्री, लोक भजनगीत, रत्यौलीगीत तथा विद्यालय स्तरीय नृत्यलगायतका प्रतियोगितात्मक कार्यक्रमहरुको साथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति महोत्सवका आकर्षणहरु रहेका छन् । राष्ट्रिय कलाकारहरुकासाथै स्थानीय प्रतिभाका दैनिक रोचक प्रस्तुति हुने भएपछि आम नागरिकहरुमा पनि सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।
यसैबीच आज बिहिबार पनि स्थानीय प्रतियोगितात्मक कार्यक्रमकोसाथमा नियमित कार्यक्रम अनुसार राष्ट्रिय कलाकारहरुका प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेको उनिहरुको उत्साहले देखाएको छ । हरेक प्रस्तुतिमा दर्शकहरु स्वतः स्फूर्तरुपमा नाच्ने, ताली बजाउने र हुटिङ गर्ने जस्ता उत्साहजनक गतिविधीले महोत्सवलाई थप उर्जा प्रदान गरेको स्पष्ट छ ।
आज राष्ट्रिय कलाकार पूणर्कला विसी र लोक आधुनिक गायक रमेशराज भट्टराईको प्रस्तुतिमा दर्शकहरु निकै रमाएका थिए । यसैगरी चोलेन्द्र पौडेल, गोपाल जिटी, इन्द्रा गुरुङ, सीता परियारकोसाथमा नृत्यकार सृष्टि बिकको प्रस्तुतिले दर्शकदीर्घा थप मनोरञ्जित प्रदान गरेको थियो ।
यस्तै कायृक्रमको अन्तमा स्थानीय लाइभ व्याण्डले युवा दर्शकहरुलाई झुमाएको थियो । स्थानीय लाइभ व्याण्डमा हिपप् वालिङ र द ब्रदर्श भकुण्डेको प्रस्तुति रहेको थियो ।
यसैगरी भोलि २६ गते शुक्रबार स्थानीय प्रतियोगितात्मक कार्यक्रमकासाथै थप आकर्षणमा राष्ट्रिय कलाकारहरु बद्री पङ्गेनी,रामजी पौडेल, तुलसा जिसी, सरस्वती लामिछाने, बालकृष्ण वाग्ले र पप आधुतिक तर्फ एञ्जिला रेग्मीको प्रस्तुति रहने महोत्सवका कलाकार संयोजन उपसमितिका संयोजक पिताम्वर खनाल (शुसिल) ले जानकारी दिनुभयो । देश विदेशमा मन जित्न सफल हास्य कलाकार धुर्मुस सुन्तली एवम् पछिल्लो समयकि चर्चित डान्सर अस्मिता रनपाल र रोशन बिसीको विशेष प्रस्तुति रहने कलाकार संयोजन उपसमितिका संयोजक खनालले बताउनुभयो ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















