वालिङ महोत्सवमा दर्शकको दैनिक उत्साहजनक उपस्थिति
वालिङ,२५ माघ- वालिङ खेलमैदानमा जारी आठौं वालिङ महोत्सव २०८० मा दर्शकहरुको दैनिक उत्साहजनक उपस्थिति रहेको छ । यही माघ १८ देखि सञ्चालन भएको महोत्सवमा आज बिहिबार आठौं दिनसम्म सुरुका दिनदेखि नै दर्शकहरुको दैनिकरुपमा उत्साहजनक उपस्थिति रहेको हो ।
यही २८ गतेसम्म सञ्चालन हुने महोत्सवको आजसम्म आइपुग्दा आठौंदिन पार गरिसकेको छ । महोत्सवमा दैनिकरुपमा दर्शकहरुको भीड लागिरको छ । स्याङ्जा डान्स आइडल सिजन थ्री, लोक भजनगीत, रत्यौलीगीत तथा विद्यालय स्तरीय नृत्यलगायतका प्रतियोगितात्मक कार्यक्रमहरुको साथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति महोत्सवका आकर्षणहरु रहेका छन् । राष्ट्रिय कलाकारहरुकासाथै स्थानीय प्रतिभाका दैनिक रोचक प्रस्तुति हुने भएपछि आम नागरिकहरुमा पनि सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।
यसैबीच आज बिहिबार पनि स्थानीय प्रतियोगितात्मक कार्यक्रमकोसाथमा नियमित कार्यक्रम अनुसार राष्ट्रिय कलाकारहरुका प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेको उनिहरुको उत्साहले देखाएको छ । हरेक प्रस्तुतिमा दर्शकहरु स्वतः स्फूर्तरुपमा नाच्ने, ताली बजाउने र हुटिङ गर्ने जस्ता उत्साहजनक गतिविधीले महोत्सवलाई थप उर्जा प्रदान गरेको स्पष्ट छ ।
आज राष्ट्रिय कलाकार पूणर्कला विसी र लोक आधुनिक गायक रमेशराज भट्टराईको प्रस्तुतिमा दर्शकहरु निकै रमाएका थिए । यसैगरी चोलेन्द्र पौडेल, गोपाल जिटी, इन्द्रा गुरुङ, सीता परियारकोसाथमा नृत्यकार सृष्टि बिकको प्रस्तुतिले दर्शकदीर्घा थप मनोरञ्जित प्रदान गरेको थियो ।
यस्तै कायृक्रमको अन्तमा स्थानीय लाइभ व्याण्डले युवा दर्शकहरुलाई झुमाएको थियो । स्थानीय लाइभ व्याण्डमा हिपप् वालिङ र द ब्रदर्श भकुण्डेको प्रस्तुति रहेको थियो ।
यसैगरी भोलि २६ गते शुक्रबार स्थानीय प्रतियोगितात्मक कार्यक्रमकासाथै थप आकर्षणमा राष्ट्रिय कलाकारहरु बद्री पङ्गेनी,रामजी पौडेल, तुलसा जिसी, सरस्वती लामिछाने, बालकृष्ण वाग्ले र पप आधुतिक तर्फ एञ्जिला रेग्मीको प्रस्तुति रहने महोत्सवका कलाकार संयोजन उपसमितिका संयोजक पिताम्वर खनाल (शुसिल) ले जानकारी दिनुभयो । देश विदेशमा मन जित्न सफल हास्य कलाकार धुर्मुस सुन्तली एवम् पछिल्लो समयकि चर्चित डान्सर अस्मिता रनपाल र रोशन बिसीको विशेष प्रस्तुति रहने कलाकार संयोजन उपसमितिका संयोजक खनालले बताउनुभयो ।

ताजा
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार





















