वालिङ महाेत्सवमा साँझ ५ बजेसम्म पनि टीकट किन्नेहरुको भीड उत्तिकै, शनिबार अहिलेसम्मकै धेरै कलाकारको प्रस्तुति रहने
वालिङ,२६ माघ- वालिङ खेलमैदानमा यही माघ १८ गतेदेखि सुरु आठौं संस्करणको महोत्सव चलिरहेको छ । सुरुका दिनदेखि नै दर्शकहरुको दैनिक उत्साहजनक उपस्थिति रहँदै आएको छ । यही २८ गतेसम्म सञ्चालन हुने महोत्सवको आज शुक्रबार नवौंदिन अझ बढि दर्शकहरुले उपस्थिति जनाएका छन् । अब दुईदिन मात्र बाँकि छ, महोत्सवको उत्तरार्धमा आएर साँझसम्म पनि दर्शक आउने क्रम रोकिएन । यतिसम्म कि साँझ ५ बजेसम्म पनि टीकट काट्नेहरुको भीड लागिरह्यो ।
स्याङ्जा डान्स आइडल सिजन थ्री, लोक भजनगीत, रत्यौलीगीत तथा विद्यालय स्तरीय नृत्यलगायतका प्रतियोगितात्मक कार्यक्रमहरुको साथमा राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुति महोत्सवका आकर्षणहरु रहेका छन् । राष्ट्रिय कलाकारहरुकासाथै स्थानीय प्रतिभाका प्रस्तुति हेर्न पाइने भएपछि आम नागरिकहरुमा पनि सकारात्मक प्रभाव पारेको अनुमान गर्न सकिन्छ ।

शुक्रबार स्थानीय प्रतियोगितात्मक कार्यक्रमकोसाथमा नियमित कार्यक्रम अनुसार राष्ट्रिय कलाकारहरुका प्रस्तुतिले दर्शकहरुलाई भरपूर मनोरञ्जन प्रदान गरेको उनिहरुको उत्साहले देखाएको छ । हरेक प्रस्तुतिमा दर्शकहरु स्वतः स्फूर्तरुपमा नाच्ने, ताली बजाउने र हुटिङ गर्ने जस्ता उत्साहजनक गतिविधीले महोत्सवलाई थप उर्जा प्रदान गरेको देखिन्छ ।
राष्ट्रिय कलाकार बद्रि पङ्गेनीको रुवाउने देखि रमाउनेसम्मका गीति प्रस्तुतिले मन्त्रमुग्ध पार्नुकासाथै उनको सांङ्गीतिक माहौलले दर्शकहरुलाई नचाएको थियो । यसैगरी ,रामजी पौडेल, तुलसा जिसी, सरस्वती लामिछाने, बालकृष्ण वाग्ले र पप आधुतिक गायिका एञ्जिला रेग्मीकोले दर्शकदीर्घालाई थप मनोरञ्जन प्रदान गरेको थियो । देश विदेशमा चर्चित कलाकार धुर्मुस सुन्तलीको हास्य खुराँकमा दर्शकहरुमा थप रोचकता ल्याएको थियो । यस्तै पछिल्लो समयकि चर्चित डान्सर अस्मिता रनपाल, रोशन बिसी र दिपेस एसकेले नृत्यको स्वाद दिलाएका थिए ।

यस्तै भोलि शनिबार स्थानीय प्रतियोगितात्मक कार्यक्रमकोसाथमा अहिलेसम्मकै सबैभन्दा धेरै कलाकारहरुको प्रस्तुति रहने महोत्सवका कलाकार संयोजन उपसमितिका संयोजक पिताम्वर खनाल (शुसिल) ले जानकारी दिनुभयो । शनिबारका राष्ट्रिय कलाकारहरुमा रामजी खांँण, शिव हमाल, राजु गुरुङ दुर्गेश थापा, अर्जुन गैह्रे, नेत्र खड्का, पार्बती गुरुङ, पप आधुनिक गायक रबि रिमाल, मोडल तथा डान्सर अस्मिता रनपाल र सन्तोश बस्याल, हास्य कलाकार दिनेश काफ्m्ले एवम् साँझ लक्ष्य व्याण्ड पोखराको प्रस्तुति रहने छ ।

ताजा
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार
एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम
२०८३ भाद्र १३ गते, शनिबार





















