क्यानडाविरुद्ध नेपालको रोमाञ्चक जित

काठमाडौँ,२५ माघ- कप्तान रोहित पौडेल एक्लैले चार विकेट लिएपछि नेपालले क्यानडाविरुद्धको खेलमा सात रनको रोमाञ्चक जित हासिल गरेको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले बलिङ गरेको पाहुना टोलीले नेपाललाई सामान्य योगफलमा समेटे पनि जित भने दर्ता गर्न सकेन ।

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको पहिलो खेलमा नेपालले प्रस्तुत गरेको दुई सय २५ रनको सामान्य लक्ष्य पछ्याएको क्यानडा ४७ दशमलव पाँच ओभरमा सबै विकेट गुमाउँदै दुई सय १७ रनमा सीमित भयो ।

क्यानडाका लागि निकोलस कीर्तनले ९९ बलमा सात चौकाको मद्दतमा ६८ रन बनाए भने पर्गत सिंहले ५० र हर्श थाकरले ३२ रनको योगदान दिए । तर अन्य खेलाडीले उल्लेख्य योगदान गर्न नसक्दा पहिलो खेलमा जित दर्ता गर्नबाट चुक्यो ।

पहिलो विकेट १९ रनमा गुमाएको क्यानडाले दोस्रो विकेट ३५ को अवस्थामा गुमायो । त्यसपछि निकोलस कीर्तन र पर्गत सिंहले पारी सम्हाल्दै तेस्रो विकेटका लागि ७९ रनको साझेदारी गर्दै टोलीलाई बलियो अवस्थामा पु¥याए ।

चौथो विकेटका लागि निकोलस कीर्तन र हर्श थाकरले ६० रनको साझेदारी गर्दा क्यानडा एक सय ७४ रनको बलियो अवस्थामा पुग्यो । यो अवस्थामा क्यानडालाई जितका लागि १७ ओभरमा ५१ रनको आवश्यक थियो । खेल पूर्णरुपमा क्यानडाको पक्षमा ढल्किसकेको थियो ।

त्यसपछि क्यानडाको पारी बिग्रियो । उसले थप ४३ रन बनाउँदा बाँकी छ विकेट गुमाउन पुग्यो । क्यानडाको पौँचौ विकेट एक सय ८९ रनमा गुम्यो भने छैँटौ विकेट एक सय ९५ रन छँदा गुम्यो । साथै सातौ र आठौँ विकेट दुई सय सात रनमा, आठौँ र नवौँ विकेट दुई सय १२ रनमा र अन्तिम विकेट दुई सय १७ रनमा गुमायो ।

नेपालका लागि कप्तान पौडेल एक्लैले चार र ललित राजबंशीले दुई विकेट लिए । त्यसैगरी सोमपाल कामी, रिजन ढकाल, पवन शर्राफ र कुशल मल्लले समान एक÷एक विकेट लिए ।

जितसँगै नेपाल तीन खेलको शृङ्खलामा १–० को अग्रता बनाएको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर ५० ओभरमा अलआउट हुँदा दुई सय २४ रन मात्रै बनाउन सक्यो । नेपालका लागि कुशल भुर्तेलले ५८ बलमा नौ चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ६२ रन बनाए ।

त्यस्तै आशिफ शेख र रोहित पौडेलले समान आठ-आठ रन मात्रै बनाए । भीम सार्कीले १७, कुशल मल्लले २०, आरिफ शेखले ३८, पवन शर्राफले १५, सोमपाल कामीले २७, सूर्य तामाङले १० तथा रिजन ढकालले चार रन बनाए ।

नेपाललाई अलआउट गर्ने क्रममा क्यानडाका उदय भागवानले तीन विकेट लिए भने साद विन जफर र इश्वरजित सोहीले समान दुई÷दुई विकेट लिए । त्यस्तै हर्श थाकर र शाहिद अहमदजाइले समान एक-एक विकेट झारे ।

आगामी फागुनमा हुने आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नामिबिया र नेदरल्यान्ड्सविरुद्धको शृङ्खला सुरु हुनुअघि नेपाललले क्यानडासँग तीन खेलको एकदिवसीय शृङ्खला खेलेको हो ।

नेपाल र क्यानडाबीचको दोस्रो खेल यही माघ २७ हुनेछ ।

ताजा

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal