वालिङ महाेत्सवमा दर्शकको घुइँचाे 

वालिङ,२२ माघ- “हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराकासाथ आयोजित आठौँ वालिङ महोत्सवको मध्य अवधिसम्म आईपुग्दा महोत्सवमा दर्शककाे घुइँचाे नै लागेकाे छ।

वालिङ उद्योग वाणिज्य संघद्वारा आयोजित आठौँ वालिङ महोत्सव यही माघ १८ गतेबाट शुरु भएको हो । पाँचौ दिनसम्म आईपुग्दा हरेक दिन दर्शकको उल्लासमय उपस्थिति रहेसँगै महोत्सव सफलता तर्फ अगाडि बढिरहेको आयोजकले दावी गरेको छ ।

हरेक दिन दर्शकहरुको उत्साहजनक सहभागितासँगै भीड बढिरहेको महोत्सव आयोजक मूल समितिका संयोजक चेतनारायण श्रेष्ठले बताउनुभयो । महोत्सवमा दर्शक दीर्घाको मायाँ साथ प्रति आयोजक हार्दिक आभारी रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“प्रति पाँचौ दिनसम्म आईपुग्दा महोत्सव सफलतातर्फ उन्मुख भएको देखिएको छ । उत्साहकासाथ सहभागिता जनाउँदै आएका दर्शक दीर्घाप्रति हामी आयोजकहरु आभारी छौं । दर्शकहरुको उत्साहजनक सहभागिताले हामीलाई उत्साहित बनाएको छ ।” महोत्सव सफल पार्न यहाँका व्यापारी व्यवसायी तथा आम सर्वसाधारण र सरोकारवालाको महत्वपूणर् भूमिका रहेको भन्दै महोत्सवमा राखिएको स्थानीय उत्पादन तथा कृषि स्टलहरुमा पनि दर्शकले निकै चासो राख्नुभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

समग्र महोत्सवमा रहेका गतिविधिहरुप्रति दर्शकहरुको निकै रुची र चासो देखिएको महोत्सवका सहसंयोजक अनुपमा ढुंगाना तिवारीले बताउनुभयो । बालबालिकाहरुदेखि बृद्धबृद्धासम्मको लागि मनोरञ्जन लिने एउटै साझा मञ्च वालिङ महोत्सव सावित भएको छ । दर्शकको माया र सहभागिताले आयोजकलाई थप उर्जा थपेकोे ढुङ्गानको भनाई छ ।

महोत्सवको पाँचौ  दिन सोमबार बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले आफ्नो प्रस्तुति सहित कार्यक्रमको संयोजन गर्नभएको थियो भने राजन कार्की, गायिकाहरु प्रिती आले, कृष्णा गुरुङ, समीक्षा अधिकारी, सपना रोका, तारा पौडेल, गायक धनबहादुर गुरुङ, राजु केसी, पलसिंह ठकुरीको प्रस्तुतिले महोत्सवको माहोललाई निकै रोमाञ्चक बनाएको थियो ।  त्यस्तै स्याङ्जा वालिङकी मोडल तथा नृत्यकार जुनु सुन्धौलीको समेत प्रस्तुतिले दर्शक निकै उत्साहित बनेका थिए ।

त्यस्तै भोली मंगरबार पछिल्लो समय धेरै युवाहरुको माँझमा लोकप्रिय गायिका एलिना चौहानको प्रस्तुति रहनेछ भने खुमन अधिकारी, जीवन दाहाल, शंकर विरही गुरुङ, सुमन थापा, रितु शाही, मुक्त खवास, सन्दिप बस्याल, सुरज श्रेष्ठ र नृत्याङ्गना सलिना थापाको प्रस्तुति रहनेछ ।  

ताजा

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal