वालिङ महाेत्सवमा दर्शकको घुइँचाे 

वालिङ,२२ माघ- “हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराकासाथ आयोजित आठौँ वालिङ महोत्सवको मध्य अवधिसम्म आईपुग्दा महोत्सवमा दर्शककाे घुइँचाे नै लागेकाे छ।

वालिङ उद्योग वाणिज्य संघद्वारा आयोजित आठौँ वालिङ महोत्सव यही माघ १८ गतेबाट शुरु भएको हो । पाँचौ दिनसम्म आईपुग्दा हरेक दिन दर्शकको उल्लासमय उपस्थिति रहेसँगै महोत्सव सफलता तर्फ अगाडि बढिरहेको आयोजकले दावी गरेको छ ।

हरेक दिन दर्शकहरुको उत्साहजनक सहभागितासँगै भीड बढिरहेको महोत्सव आयोजक मूल समितिका संयोजक चेतनारायण श्रेष्ठले बताउनुभयो । महोत्सवमा दर्शक दीर्घाको मायाँ साथ प्रति आयोजक हार्दिक आभारी रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो,“प्रति पाँचौ दिनसम्म आईपुग्दा महोत्सव सफलतातर्फ उन्मुख भएको देखिएको छ । उत्साहकासाथ सहभागिता जनाउँदै आएका दर्शक दीर्घाप्रति हामी आयोजकहरु आभारी छौं । दर्शकहरुको उत्साहजनक सहभागिताले हामीलाई उत्साहित बनाएको छ ।” महोत्सव सफल पार्न यहाँका व्यापारी व्यवसायी तथा आम सर्वसाधारण र सरोकारवालाको महत्वपूणर् भूमिका रहेको भन्दै महोत्सवमा राखिएको स्थानीय उत्पादन तथा कृषि स्टलहरुमा पनि दर्शकले निकै चासो राख्नुभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

समग्र महोत्सवमा रहेका गतिविधिहरुप्रति दर्शकहरुको निकै रुची र चासो देखिएको महोत्सवका सहसंयोजक अनुपमा ढुंगाना तिवारीले बताउनुभयो । बालबालिकाहरुदेखि बृद्धबृद्धासम्मको लागि मनोरञ्जन लिने एउटै साझा मञ्च वालिङ महोत्सव सावित भएको छ । दर्शकको माया र सहभागिताले आयोजकलाई थप उर्जा थपेकोे ढुङ्गानको भनाई छ ।

महोत्सवको पाँचौ  दिन सोमबार बरिष्ठ लोकदोहोरी गायक प्रजापति पराजुलीले आफ्नो प्रस्तुति सहित कार्यक्रमको संयोजन गर्नभएको थियो भने राजन कार्की, गायिकाहरु प्रिती आले, कृष्णा गुरुङ, समीक्षा अधिकारी, सपना रोका, तारा पौडेल, गायक धनबहादुर गुरुङ, राजु केसी, पलसिंह ठकुरीको प्रस्तुतिले महोत्सवको माहोललाई निकै रोमाञ्चक बनाएको थियो ।  त्यस्तै स्याङ्जा वालिङकी मोडल तथा नृत्यकार जुनु सुन्धौलीको समेत प्रस्तुतिले दर्शक निकै उत्साहित बनेका थिए ।

त्यस्तै भोली मंगरबार पछिल्लो समय धेरै युवाहरुको माँझमा लोकप्रिय गायिका एलिना चौहानको प्रस्तुति रहनेछ भने खुमन अधिकारी, जीवन दाहाल, शंकर विरही गुरुङ, सुमन थापा, रितु शाही, मुक्त खवास, सन्दिप बस्याल, सुरज श्रेष्ठ र नृत्याङ्गना सलिना थापाको प्रस्तुति रहनेछ ।  

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal