प्रेस चौतारीको २६ औं स्थापना दिवसमा वृद्ध आमालाई न्यानो कपडा
वालिङ,२२ माघ- प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा स्याङ्जा शाखाले वृद्ध आमाहरुलाई बलाङकेट वितरण गरेको छ ।
आठौं वालिङ महोत्सवमा सहभागी ८० वर्ष नाघेका ५ जना आमा र एक जना फरक क्षमता भएका व्यक्तीलाई बलाङकेट प्रदान गरिएको प्रेस चाैतारी स्याङ्जा शाखाले जनाएको छ ।

जाडो समयमा पत्रकारको न्यानो माया स्वरुप महोत्सव स्थलमा कार्यक्रम गरिएको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हिमलाल पराजुलीले बताउनुभयाे ।
फरक क्षमता भएका वालिङ ९,का आत्मराम कँडेल ८७ वर्षीय छलिकुमारी सुवेदी, ८६ वर्षीय पवित्रा सुवेदी,८५ वर्षीय गंगा पराजुली, ८० वर्षीय गंगा कुमारी थापा र ख्याम कुमारी थापालाई बलाङकेट प्रदान गरिएको हो ।

गत वर्ष दुर्घटना निराकरण गर्न स्लो मोटरसाईकल रेस प्रतियोगिता गरेको स्याङ्जा शाखाले यस वर्ष न्यानो लुगा स्वरुप बलाङकेट वितरण गरेको हो । ८० काटेका वृद्धहरुसँग संचारकर्मी भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको जिल्ला अध्यक्ष सुशील सुवेदीले बताउनुभयाे ।
प्रेस चौतारी नेपालको स्थापना २०५४ साल माघ २२ गते भएको थियो । पत्रकारहरुको हक हितमा काम गर्दै आएको यस संस्थामा आवद्ध देशभरका शाखाहरुले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाएका छन् ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















