प्रेस चौतारीको २६ औं स्थापना दिवसमा वृद्ध आमालाई न्यानो कपडा

वालिङ,२२ माघ- प्रेस चौतारी नेपालको २६ औं स्थापना दिवसको अवसरमा स्याङ्जा शाखाले वृद्ध आमाहरुलाई बलाङकेट वितरण गरेको छ ।

आठौं वालिङ महोत्सवमा सहभागी ८० वर्ष नाघेका  ५ जना आमा र एक जना फरक क्षमता भएका व्यक्तीलाई बलाङकेट प्रदान गरिएको प्रेस चाैतारी स्याङ्जा शाखाले जनाएको छ ।  

जाडो समयमा पत्रकारको न्यानो माया स्वरुप महोत्सव स्थलमा कार्यक्रम गरिएको प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हिमलाल पराजुलीले बताउनुभयाे ।  

फरक क्षमता भएका वालिङ ९,का आत्मराम कँडेल ८७ वर्षीय छलिकुमारी सुवेदी, ८६ वर्षीय पवित्रा सुवेदी,८५ वर्षीय गंगा पराजुली, ८० वर्षीय गंगा कुमारी थापा र ख्याम कुमारी थापालाई बलाङकेट प्रदान गरिएको हो ।

गत वर्ष दुर्घटना निराकरण गर्न स्लो मोटरसाईकल रेस प्रतियोगिता गरेको स्याङ्जा शाखाले यस वर्ष न्यानो लुगा स्वरुप बलाङकेट  वितरण गरेको हो । ८० काटेका वृद्धहरुसँग संचारकर्मी भन्ने उदेश्यले यो कार्यक्रम आयोजना गरिएको जिल्ला अध्यक्ष सुशील सुवेदीले बताउनुभयाे ।

प्रेस चौतारी नेपालको स्थापना २०५४ साल माघ २२ गते भएको थियो । पत्रकारहरुको हक हितमा काम गर्दै आएको यस संस्थामा आवद्ध देशभरका शाखाहरुले विभिन्न कार्यक्रम गरेर स्थापना दिवस मनाएका छन् ।  

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal