वालिङ महोत्सव उल्लेख्य दर्शकको सहभागिता
वालिङ, २२ माघ- “हाम्रो गौरव हाम्रो शान वालिङ महोत्सव हाम्रो पहिचान” भन्ने नाराका साथ आयोजित आठौँ वालिङ महोत्सवको छैठौँ दिन पनि उल्लेख्य दर्शकले अवलोकन गरेका छन् । वालिङ उद्योग वाणिज्य संघद्धारा आयोजित आठौँ वालिङ महोत्सवमा हरेक दिन फरक फरक कलाकारको प्रस्तुति, दैनिक प्रतियोगितात्मक कार्यक्रमहरुले दर्शकलाई मनोरञ्जन प्रदान गरेको छ ।
महोत्सवको उद्घाटनदेखि नै हरेक दिन उत्साहजनक दर्शकको सहभागिता रहेको आयोजकले जनाएकाछन् । आठौँ वालिङ महोत्सवमा दर्शकको निकै आर्कषण बढेको महोत्सव आयोजक मुल समितिका संयोजक चेतनारायण श्रेष्ठले बताउनुभयो ।
महोत्सवमा स्थानीय उत्पादन गर्ने उद्यमीहरुलाई आफ्नो उत्पादनको प्रचारप्रसार र विक्रि वितरणको लागि निशुल्क स्टल प्रदान गरिएको बताउदै महोत्सवमा कालीगण्डकी गाउँपालिका देखि पुतलीबजार नगरपालिकासम्मका स्थानीय उत्पादनहरु राखिएको छ ।
पुतलीबजारमा रहनुभएका महिला उद्यमीहरुलाई निशुल्क स्टल प्रदान गरि आफ्नो उत्पादनको प्रोत्साहन तथा विक्रि वितरण गर्न वालिङ सहित जिल्लाका अन्य पालिकाहरुलाई समेत स्टल निशुल्क दिईएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले कालीगण्डकीमा उत्पादन भएका केराको थामबाट बनेका सामाग्रीदेखि पुतलीबजारमा बनेका अचार तथा झोला प्रर्दशनीसंगै विक्रिका लागि स्टल प्रदान गरेका छौँ ।”
२०६३ सालदेखि संघले हरेक दुई वर्षको अन्तरमा आयोजना गर्दै आएको वालिङ महोत्सव यसपटक भने कोभिडका कारण ५ वर्षको अन्तरालमा सञ्चालन गरिएको हो । धेरै वर्षको अन्तरालमा गरिएकाले पनि हरेक दिन दर्शकहरुको सहभागिता उत्साहजनक नै रहेको देखिएको छ ।
महोत्सवको छैठौँ दिन आज युवाहरुको माँझमा लोकप्रिय गायिका एलिना चौहानको प्रस्तुतिले दर्शकलाई निकै मनोरञ्जन प्रदान गरेको थियो भने लोक गायक खुमन अधिकारी, जिवन दहाल, शंकर विरही गुरुङ, सुमन थापा, रितु शाहि, मुक्त खवास, सन्दिप बस्याल, सुरज श्रेष्ठको रमाईलो प्रस्तुति र नृत्यकार सलिना थापाको नृत्यले दर्शकले निकै मनोरञ्जन लिएका थिए ।
त्यस्तै भोली बुधबार रचना रिमाल, प्रकाश पराजुली, सुजन लम्साल, सम्झना लामिछाने मगर, माया गुरुङ, उमादेवि खनाल, प्रिन्स लम्सालको प्रस्तुति रहनेछ भने हास्यतर्फ सागर लम्साल बले र नृत्यकार सृजना गुरुङको प्रस्तुति रहनेछ ।
दैनिक प्रतियोगितात्मक प्रस्तुति अन्तरगत स्याङ्जा डान्स आईडलमा २ जना , विद्यालयस्तरीय नृत्य प्रतियोगितामा २ विद्यालय, रत्यौली गीत प्रतियोगितामा २ समुहले आफ्ना एकल तथा सामुहिक प्रस्तुति प्रस्तुत गरेका थिए ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















