ऋणको बोझ उतार्न कोरिया जाने प्रयासमा रहेका सुजन काठमाडौंमा ढले

अप्सरा विष्ट

सुर्खेत,१३ पुस-  घरको ऋण शिरमा बोकेर विदेशको सपना देख्दै काठमाडौं गएका दैलेख महाबु गाउँपालिका २३ वर्षे सुजन राउतको ललितपुरको बालकुमारी घटनामा सदाको लागि अस्ताएका छन् । उनकाे ललितपुरकाे किस्ट अस्पतालमा  उपचारकाे क्रममा निधन भयाे ।

सुजन आज बालकुमारीमा भएकाे प्रदर्शनमा  सहभागी हुन पुगेका थिए ।  तर उनकाे  प्रहरीकाे लाठी लागेर मृत्यु भयाे ।

उनी दैलेख जिल्ला महाबु गाउँपालिका–६ रानिवनका बुवा भक्त बहादुर राउत र आमा नन्दकुमारी कटुवाल राउतका जेठा छोरा हुन् । उनी २ महिनादेखि काठमाडौँ बसेर इपीएस परीक्षाको तयारी गरिरहेका थिए ।

गत वर्ष मात्रै बाबुको ब्रेन ट्युमरका कारण मृत्यु भएपछि सुजनमाथि घर चलाउने दायित्व थपिएको थियो । एक वर्ष अगाडि उनका बाबु भक्तबहादुर राउतको ब्रेन ट्युमरका कारण मृत्यु भएको थियो ।

केही बर्ष अगाडि दैलेख बजारमा  भाडा  व्यवसाय गर्दै आएका राउत परिवारको व्यवसाय राम्रो चलेको थियो । रावत उद्योग वाणिज्य संघ दैलेखको उपाध्यक्षसमेत भएका थिए । उनी दैलेख बजारमा एक सफल व्यवसायीका रुपमा परिचत थिए । पछि उनलाई ब्रेन ट्युमरका भयो ।
बिरामीबाट थलिएका रावतको व्यवसाय पनि थलिदै गयो ।

उपचारका लागि भएको सबै सम्पत्ति पनि सकियो । उनलाई बचाउनका लागि उनका परिवार र आफन्तले जति प्रयास गरे पनि उनलाई बचाउन सकेनन् । उनी गत बर्षको मंसिर ११ गते उपचारकै क्रममा निधन भयो ।

बुवाले गरिरहको व्यवसाय चौपटमा परेको थियो । बुवाको निधनका कारण घरमा सुजन माथि आर्थिक भार परेको थियो । त्यहि कारणले पनि उनी रोजगारीका लागि कोरिया जाने तयारी गरेका थिए ।

अनन्त उनी कोरिया जान पाएनन् । घरमा छोराको भविष्यको सपना देखिरहेको सुजनकी विधुवा आमाका सपना चक्नाचुर भएका छन् । आमाले थप जिम्मेवारीको भारी बोकाएर सदाका लागि बिदा भए ।

सुजनको शव बुझ्न उनका मामा टेकबहादुर कटुवाल दैलेखबाट काठमाडौं हिडेको सुजनको मामाको छोरी ज्योति कटुवालले जानकारी दिइन् ।
सुजनको मृत्युको खबरले कर्णाली सहित महाबु गाउँपालिकाको रानिवन गाउँ यतिबेला स्तब्ध बनेको छ । सुजनकाे घरमा आमा र एक भाई छन् ।स्रोतः नेपाल प्रेस

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

टोड्केको सिरेटोमा रमाउँछन् पाहुना

२०८१ फाल्गुन २७ गते, मंगलवार

विद्यालय पुग्न ट्युबको सहारा

२०८१ फाल्गुन २७ गते, मंगलवार

सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने

२०८१ फाल्गुन २२ गते, बिहीबार

संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न

२०८१ फाल्गुन २२ गते, बिहीबार

राजनीतिक स्थायीत्वको लागि दुई ठुला दल एक ठाउँमा आएको पूर्व मन्त्री अर्यालको भनाई

२०८१ फाल्गुन २१ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal