ऋणको बोझ उतार्न कोरिया जाने प्रयासमा रहेका सुजन काठमाडौंमा ढले
अप्सरा विष्ट
सुर्खेत,१३ पुस- घरको ऋण शिरमा बोकेर विदेशको सपना देख्दै काठमाडौं गएका दैलेख महाबु गाउँपालिका २३ वर्षे सुजन राउतको ललितपुरको बालकुमारी घटनामा सदाको लागि अस्ताएका छन् । उनकाे ललितपुरकाे किस्ट अस्पतालमा उपचारकाे क्रममा निधन भयाे ।
सुजन आज बालकुमारीमा भएकाे प्रदर्शनमा सहभागी हुन पुगेका थिए । तर उनकाे प्रहरीकाे लाठी लागेर मृत्यु भयाे ।
उनी दैलेख जिल्ला महाबु गाउँपालिका–६ रानिवनका बुवा भक्त बहादुर राउत र आमा नन्दकुमारी कटुवाल राउतका जेठा छोरा हुन् । उनी २ महिनादेखि काठमाडौँ बसेर इपीएस परीक्षाको तयारी गरिरहेका थिए ।
गत वर्ष मात्रै बाबुको ब्रेन ट्युमरका कारण मृत्यु भएपछि सुजनमाथि घर चलाउने दायित्व थपिएको थियो । एक वर्ष अगाडि उनका बाबु भक्तबहादुर राउतको ब्रेन ट्युमरका कारण मृत्यु भएको थियो ।
केही बर्ष अगाडि दैलेख बजारमा भाडा व्यवसाय गर्दै आएका राउत परिवारको व्यवसाय राम्रो चलेको थियो । रावत उद्योग वाणिज्य संघ दैलेखको उपाध्यक्षसमेत भएका थिए । उनी दैलेख बजारमा एक सफल व्यवसायीका रुपमा परिचत थिए । पछि उनलाई ब्रेन ट्युमरका भयो ।
बिरामीबाट थलिएका रावतको व्यवसाय पनि थलिदै गयो ।
उपचारका लागि भएको सबै सम्पत्ति पनि सकियो । उनलाई बचाउनका लागि उनका परिवार र आफन्तले जति प्रयास गरे पनि उनलाई बचाउन सकेनन् । उनी गत बर्षको मंसिर ११ गते उपचारकै क्रममा निधन भयो ।
बुवाले गरिरहको व्यवसाय चौपटमा परेको थियो । बुवाको निधनका कारण घरमा सुजन माथि आर्थिक भार परेको थियो । त्यहि कारणले पनि उनी रोजगारीका लागि कोरिया जाने तयारी गरेका थिए ।
अनन्त उनी कोरिया जान पाएनन् । घरमा छोराको भविष्यको सपना देखिरहेको सुजनकी विधुवा आमाका सपना चक्नाचुर भएका छन् । आमाले थप जिम्मेवारीको भारी बोकाएर सदाका लागि बिदा भए ।
सुजनको शव बुझ्न उनका मामा टेकबहादुर कटुवाल दैलेखबाट काठमाडौं हिडेको सुजनको मामाको छोरी ज्योति कटुवालले जानकारी दिइन् ।
सुजनको मृत्युको खबरले कर्णाली सहित महाबु गाउँपालिकाको रानिवन गाउँ यतिबेला स्तब्ध बनेको छ । सुजनकाे घरमा आमा र एक भाई छन् ।स्रोतः नेपाल प्रेस
ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















