साथीभाइ बहुउद्देशयीय सहकारीको साधरण सभा सम्पन्न

वालिङ,९ पुस- साथीभाइ बहुउद्देशयीय सहकारीको पाँचौं वार्षिक साधरण सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि वालिङ नगरपालिका ९ का वाडा अध्यक्ष शेरबहादुर श्रेष्ठ  (अमृत) ले विश्वमा महामारीका रुपमा फैलिएको कोरोनाले शिथिल बनाएको आर्थिक अवस्था बिस्तारै चलाएमान हुँदै गएको बताउदै अब सहकारी एवं बैंक तथा वित्तीय संस्थाले लगानीका ढोकाहरु खोल्नु पर्ने बताउनुभयाे । वर्तमान अवस्थामा बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई चर्को ब्याज को मारामा पारेकाले ठूला ठूला व्यापारी खुम्चिएकाे र साना व्यवसायी सुक्दै गएकोले बेलैमा सरकारको ध्यान जानु पर्ने बताउनु भयो । उहाँले भन्नुभयाे तत्काल यस्ता समस्यामा राज्यको उपस्थिति अनुभूति गराउन नसक्ने हो भने फेरि थप समस्या देखिने भएकाले तुरुन्तै यस तर्फ सम्बन्धित निकायले ध्यान पुर्याउनुपर्नेमा जाेड दिनुभयाे ।

कार्यक्रममा पूर्णामृत भवानी माध्यमिक विद्यालयका शिक्षक प्रदीप बगालेले आफुले अध्यापन गराएका विद्यार्थी हरूको एकता स्वरूप सुरुवात गरेको सहकारीको प्रगति देखेर खुसि लागेकाे बताउनुभयाे।

कार्यक्रममा वाडा नम्बर ८ की वाठा सदस्य कविता रणपाल, सल्लाहकार सुशील अर्याल,ज्ञामू पाण्डे  लगायतले बाेल्नुभएकाे थियाे।

ताजा

विद्यार्थीका लागि पूरक परीक्षाकाे तयारी

२०८१ बैशाख ५ गते, बुधबार

विद्यार्थीका लागि पूरक परीक्षाकाे तयारी

२०८१ बैशाख ५ गते, बुधबार

समाचार प्रभाव: आज बाह्रबिसे मेला लाग्ने, तयारी पुरा

२०८१ बैशाख ५ गते, बुधबार

बाह्रबिसे मेला लाग्ने

२०८१ बैशाख ४ गते, मंगलवार

बस बाट खसेर विद्यार्थीकाे मृत्यु

२०८१ बैशाख ३ गते, सोमबार

यश पालि लाग्लाकी के गर्ला बाह्रबिसे मेला

२०८१ बैशाख ३ गते, सोमबार

किन गर्नुपर्छ वास्तुशास्त्र अध्ययन ?

२०८१ बैशाख २ गते, आईतवार

आजदेखि विद्यार्थी भर्ना अभियान सुरु

२०८१ बैशाख २ गते, आईतवार

सेतीवेणीमा दर्शनार्थीकाे भिड फाेटाे फिचर भिडियाे सहित

२०८१ बैशाख १ गते, शनिबार

गुराँससँग रमाउन र हिमाल हेर्न घोडेपानी

२०८० चैत्र ३० गते, शुक्रबार

गल्याङ महाेत्सव आजदेखि सुरु

२०८० चैत्र ३० गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal