९ जिल्लासहित आकर्षक हिमशृङ्खला अवलोकन गर्न सकिने पर्यटकीय संभावना बोकेको माँझकोट 

तस्विरः हिमलाल पराजुली- गण्डकी समाचार

कला राना

वालिङ,८ पुस- स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर ३ माँझकाेट पर्यटकीय संभावनाले भरिपूर्ण रहेकाे छ । कोटैकोटले भरिएको वडा नम्बर ३ मा पर्यटकीय संभावनाहरु प्रशस्तै भएपनि संभावनाको उजागर भने हुन सकेको देखिँदैन । त्यसो त होमस्टे मार्फत पर्यटनको उजागर गर्न नखोजिएको होइन तर पनि बुढाकोट राम्चे होमस्टे दर्ता भएर उचित रुपमा सञ्चालन हुँन नसक्दा त्यहाँको पर्यटन ओझेलमा परेको छ । समुद्री सतहदेखि १ हजार ७ सय १५ मिटरमा रहेको बुढाकोटमा होमस्टे, भ्युटावर पनि छन् । होमस्टेमा आवश्यक पूर्वाधार, पर्याप्त पानीको व्यवस्थापन गर्न नसक्दा ओझेलमा परेको हो ।

सिद्धार्थ राजमार्ग अन्तर्गत रामबाच्छाबाट १२ किलोमिटर कच्ची ग्रामिण सडक पार गरेर पुग्न सकिने माँझकोट जाँदै गर्दा बाटोमा देखिने हिमशृङ्खलाहरु, विहानीपख ढपक्कै वालिङ बजारलाई कुहिरोले ढाकेको दृष्यले जो कोहिलाई पनि आकर्षित गर्छ । 

वडा कार्यालय रहेको माँझकोटमा सम्म परेको भू–भाग र त्यहाँबाट देखिने हिमशृङ्खलाहरु देख्दा पर्यटनको संभावना रहेको सहजै बुझ्न सकिन्छ । माँझकोट पुग्नुभएका नेपाल पत्रकार महासंघका स्याङ्जाका पूर्व सचिव तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य हिमलाल पराजुलीले माँझकोटमा होमस्टे मार्फत पर्यटकलाई आकर्षण गर्न सकिने बताउनुहुन्छ । स्याङ्जामा धेरै होमस्टेहरु रहेपनि माँझकोटमा फरकपना देखिएको भन्दैे त्यहाँको होमस्टेलाई प्रवर्धन गर्न सकियो भने स्थानीय वासिन्दाकाे जीवन स्तर माथि उठ्ने पत्रकार पराजुलीको विश्वास छ ।

बुढाकोटबाट ९ जिल्ला देखिन्छ भने अन्नपूर्ण, माछापुच्छे्र, धौलागिरीलगायतका हिमशृङ्खलाहरु समेतकाे अवलाेकन गर्न सकिन्छ । वडा नम्बर ३ मा सिङ्गारकोट, माँझकोट, बुढाकोटहरु जस्ता नामाकरण गरिएका बस्तीहरु छन् । कुनै समयमा भएकाे एक कार्यक्रममा बुढापाका मात्रै भेला भएकाले त्यहाँको नामाकरण बुढाकोट गरिएको भन्ने जनकथन रहेको वडा अध्यक्ष भिमबहादुर गुरुङ बताउनुहुन्छ । वडा अध्यक्ष गुरुङले भन्नुभयो, “वडा नम्बर ३ मा पर्यटन, कृषिको संभावनाहरु निकै छ तर युवा दक्ष जनशक्ति बजार पलायन हुँदा भएको होमस्टे सञ्चालन गर्न पनि समस्या छ ।”

यस वडामा ३ सय ४२ मध्ये ३८ घरले बसाँई सराई लगिसकेका छन् । कूल जनसंख्या २ हजार ८ सय ७५ मध्येको ३० प्रतिशत मात्रै अहिले गाउँमा बस्दै आएका छन् भने बाँकी ७० प्रतिशत रोजगारी, अध्ययन, व्यवसायलगायतको शिलशिलामा पोखरा, रामबाच्छा, बुटवल, काठमाडौ स्थानान्तर भएका छन् । गुरुङ समुदायको बाक्लो वस्ती रहेको माँझकाेटमा गुरुङ रीतिरिवाज, भेषभुषा पनि त्यहाँको मौलिक आकर्षण हो । यहाँको मुख्य बाली कोदो र मकै हो भने तल्लो भेगमा सुन्तलाखेति पनि हुँदै आएको छ ।

आफ्नो बाँकी कार्यकालमा बुढाकोट होमस्टेमा भौतिक पूर्वाधार निर्माण गरी पर्यटक बस्न मिल्ने बनाउने, हिउँदको समयमा पानीको समस्या देखिएकाले मुहानको उचित संरक्षण गरी प्रर्याप्त पानीको व्यवस्थापन, कृषि उत्पादकत्वमा वृद्धि गर्ने गाउँमै बस्ने वातावरण सिर्जना गर्ने वडा अध्यक्ष गुरुङको योजना छ ।

यस वडामा ९८ प्रतिशत गुरुङ समुदायको बसोबास छ । मेलिनियम ट्रयाक अन्तर्गत तनहुँको ढोरफिर्दी, स्याङ्जाको पेल्काचौर, मनकामना हुँदै बुढाकोट पनि पर्ने भएकाले पर्यटनको थप सम्भावना रहेकाले थप पुर्वाधार निर्माण गर्न नगरपालिका, प्रदेश र संघीय सरकारसमक्ष अनुरोध गरिने वडा अध्यक्ष गुरुङले बताउनुभयो ।

ताजा

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा साधु मृत फेला

२०८३ भाद्र २२ गते, सोमबार

स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन

२०८३ भाद्र २२ गते, सोमबार

नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान

२०८३ भाद्र २१ गते, आईतवार

स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु

२०८३ भाद्र १९ गते, शुक्रबार

चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ

२०८३ भाद्र १७ गते, बुधबार

आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात

२०८३ भाद्र १५ गते, सोमबार

सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै

२०८३ भाद्र १५ गते, सोमबार

‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव

२०८३ भाद्र १५ गते, सोमबार

एआईबारे वादविवाद प्रतियाेगिता,भूपू सैनिकका आयुष प्रथम

२०८३ भाद्र १३ गते, शनिबार

भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या ६२६ पुग्यो

२०८३ भाद्र १३ गते, शनिबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal