राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधी पूर्णमृत भवानीलाई

वालिङ,८ पुस- वालिङ नगरपालिकाकाे आयोजनामा भएकाे प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधी पूर्णमृत भवानी माध्यमिक विद्यालयले जितेको छ । यहि पुस ४ गतेदेखि वालिङ १० मा रहेको बैडी स्थित औद्योगिक ग्राममा सञ्चालन भएको प्रतियोगितामा पूर्णामृतले ६ स्वर्ण पदकसहित प्रथम उपाधी जितन सफल भएकाे हो । पूर्णामृत माविले ६ स्वर्ण ५ रजत र २ काश्य पदक सहित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उपाधि जितेको हो । प्रतियोगितामा लक्ष्मी माविले ६ स्वर्ण ४ रजत र ३ काश्य पदक सहित द्वितीय स्थान हासिल गरेको छ । त्यस्तै बालविद्या आवासीय माविले ५ स्वर्ण  ३ रजत र २ काश्य पदक सहित तृतीय स्थान हासिल गरेको छ । महेन्द्र माविले  ४ स्वर्ण र १ काश्य पदक सहित सान्त्वना स्थान हासिल गरेको छ । प्रतियोगितामा माझकोट माविले २ स्वर्ण,१ रजत र ३ काश्य पदक प्राप्त गर्दै पाँचौ स्थान प्रप्त गरेकाे छ भने नेपाल आदर्श आवासीय माविले १ स्वर्ण ४ रजत र ३ काश्य पदक सहित छैटाै स्थान प्राप्त गरेकाे छ। 

प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँणले विद्यार्थीहरुलाई खेलको माध्यमबाट नगर र राष्ट्रको नाम राख्ने गरी खेल्न आग्रह गर्नुभयो । नगर प्रमुख खाँणले खेल गतिविधिले आपसी भाइचाराको विकास,शारीरिक तन्दरुस्तीको साथै आफूभित्रको क्षमता पहिचान गर्न सकिने बताउनुभयो ।

समापन समारोहमा नगर उपप्रमुख कविता तिवारीले आगामी दिनहरुमा नगरपालिकाले प्रतियोगितात्मक कार्यक्रमहरु सञ्चालन गर्दै खेलाडीहरुलाई अनुभवको विकासमा टेवा पुग्ने खालका कार्यक्रमहरु गरिने बताउनुभयाे। पुस ४ गतेदेखि सुरु भएको प्रतियोगितामा एथ्लेटिक्स,कबड्डी,भलिबल, ज्याभलिन थ्रो,शटपुट थ्रो लगायतका खेलहरु सञ्चालन गरिएकाे थियाे।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal