विद्यालय खेलाडी उत्पादन गर्ने नर्सरी हो- नगर प्रमुख खाँण
वालिङ,४ पुस- विद्यालय राष्ट्रिय तथा अन्तर्राष्ट्रियरुपमा खेलाडी उत्पादन गर्ने महत्वपूर्ण नर्सरी भएको वालिङ नगरपालिकका प्रमुख कृष्ण खाँडले बताउनु भएको छ । विद्यालयस्तरबाट विद्यार्थीहरुलाई खेल क्षेत्रमा सरिक बनाउन सक्यौं भने राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्न सकिने नगर प्रमुख खाँणकाे भनाइ थियाे। वालिङमा बुधबारदेखि सुरु प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोतिाको उद्घाटन गर्दै नगर प्रमुख खाँणले बालबालिकाहरुलाई सानैदेखि पढाईसँगै उनीहरुको रुचि अनुसारको खेलकुदमा लगाउनु पर्ने बताउनुभयाे ।
राजनीतिक दलहरुले खेल क्षेत्रमा ध्यान दिएर योजनाकासाथ अगाडि बढाउन सके मात्रै खेल र खेलाडीहरुको विकास गर्न सकिने नगर प्रमुख खाँणकाे भनाइ थियाे । नेपाललाई अन्य कुराहरुले परिचित गराए जस्तै खेल र खेलाडीको माध्यमबाट पनि चिनाउन सक्छौं । गत वर्ष वालिङले राष्ट्रिय महिला फुटवल प्रतियोगिता सञ्चालन गर्याे जसले राष्ट्रिय चर्चा पायाे।
वालिङले महिला तथा पुरुष फुटवलमा राष्ट्रियरुपमा योगदान पुर्याएको छ, यसबाट हामीले गर्व गर्नुपर्छ । अहिले पनि वालिङका छोराछोरी काठमाडौको खेलमैदानमा आफ्नो खेल प्रदर्शन गरिरहेकाे भन्दै नगरप्रमुख खाँणले खुसी व्यक्त गर्नुभयाे।


कार्यक्रममा नगर उपप्रमुख कविता तिवारी गैहे«ले गत वर्ष वालिङमा राष्ट्रिय महिला फुटवल प्रतियोगिता सञ्चालन गरेको उल्लेख गर्दै खेलसम्बन्धी प्रतियोगितात्मक कार्यक्रमहरुलाई निरन्तरता दिइने बताउनुभयो । स्मार्टसिटीको कार्यक्रम अन्तर्गत शैक्षिक क्षेत्र महत्वपूर्ण रहेको भन्दै शैक्षिक गुणस्तरसँगै पोशाकलगायतमा सामुदायिक र निजी विद्यालयका विद्यार्थीहरुमा एकरुपता ल्याउने प्रयासमा नगरपालिका रहेको बताउनुभयो ।


प्रतियोगितामा वालिङ नगरपालिका भित्र रहेका सामुदायिक र संस्थागत गरी २६ विद्यालयहरुको सहभागीता रहेकाे छ। प्रतियोगितामा भलिबल, दौड, एथ्लेटिक्स, कबड्डीलगायतका खेलहरु समावेस गरिएको खेल संयोजक दिपेन्द्र खांणले जानकारी दिनुभयो ।



वालिङ नगरपालिकाद्वारा आयोजित प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोतिाको व्यवस्थापन श्री पूर्णामृत भवानी माध्यमिक विद्यालय वालिङ १० ले गरेको छ । आजदेखि सञ्चालित प्रतियोगिता ६ गते शुक्रबार समापन गरिने आयोजकले जनाएको छ।
ताजा
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’
२०८३ भाद्र ३१ गते, बुधबार
आज ऋषि पञ्चमी मनाइँदै
२०८३ भाद्र ३० गते, मंगलवार
सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग
२०८३ भाद्र २७ गते, शनिबार
चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ
२०८३ भाद्र २७ गते, शनिबार
भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार
२०८३ भाद्र २६ गते, शुक्रबार
इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु
२०८३ भाद्र २६ गते, शुक्रबार
लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने
२०८३ भाद्र २६ गते, शुक्रबार
आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन
२०८३ भाद्र २६ गते, शुक्रबार
पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा
२०८३ भाद्र २५ गते, बिहीबार





















