वालिङ नगरपालिकामा काेभिड-१९ भ्याक्सिनकाे डिजिटलाइजेशन गरिदै

वालिङ,१ पुस- स्याङ्जाको वालिङ नगरपालिकामा कोडिभ- १९ भ्याक्सिन डिजिटलाइजेशन गरिने भएकाेछ। डिजिटलाइजेशन कार्यमा सहभागी हुने सहज कर्ताहरुकाे लागि आइतबार एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले सहभागिहरुलाई प्रशिक्षण दिनुभएकाे थियाे। सहजकर्तालाई काेभिड-१९ भ्याक्सिन (खोप) लगाएकाहरुको डाटा विद्युतीय माध्यमबाट प्रविष्टिकरण कसरी गर्ने भन्ने विषयमा पाण्डेले प्रयोगात्मक प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

वालिङ नगरपालिकाको आयोजना युएनडिपिको आर्थिक सहयोग र उज्यालो यात्रा गैर सरकारी संस्थाको सहजीकरणमा संचालित कोभिड-१९ भ्याक्सिन डिजिटलाइजेशन कार्यक्रमकाे लागि नगरपालिकाकाे १४ वटा वडामा रहेका स्वास्थ्य चाैकीमा एक वडामा एक जना सहजकर्ताले डिजिटलाइजेशनकाे कार्य गर्ने गरी ब्यवस्था मिलाइएकाे उज्यालाे यात्राका अध्यक्ष हिमलाल पराजुलीले जानकारी दिनुभयाे ।

कोभिड १९ खोप लगाएकाहरुको तथ्याङक प्रविधिको माध्यममार्फत राख्नका लागि यो कार्यक्रम साेमबार देखि सञ्चालन गरिँदैछ ।

वैदेशिक रोजगारीलगायतका कार्यमा आवश्यक पर्ने कोभिड भ्याक्सिन प्रमाणपत्रका लागि विभिन्न स्थानबाट महङ्गो मूल्यमा निकाल्नुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिकको कागजपत्र सुरक्षित राख्नका लागि यो कार्यक्रमले टेवा पुग्नेछ । भ्याक्सिन लगाएकाहरुको एकिन तथ्याङ्क कम्प्युटर सफ्वेयरमा हुने भएपछि आवश्यक परेको खण्डमा तुरुन्त र सजिलै उपलब्ध गराउन याे कार्यक्रमले सहयाेग पुर्याउने छ।

ताजा

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal