वालिङ नगरपालिकामा काेभिड-१९ भ्याक्सिनकाे डिजिटलाइजेशन गरिदै

वालिङ,१ पुस- स्याङ्जाको वालिङ नगरपालिकामा कोडिभ- १९ भ्याक्सिन डिजिटलाइजेशन गरिने भएकाेछ। डिजिटलाइजेशन कार्यमा सहभागी हुने सहज कर्ताहरुकाे लागि आइतबार एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रममा वालिङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख कमलप्रसाद पाण्डेले सहभागिहरुलाई प्रशिक्षण दिनुभएकाे थियाे। सहजकर्तालाई काेभिड-१९ भ्याक्सिन (खोप) लगाएकाहरुको डाटा विद्युतीय माध्यमबाट प्रविष्टिकरण कसरी गर्ने भन्ने विषयमा पाण्डेले प्रयोगात्मक प्रशिक्षण प्रदान गर्नुभएको थियो ।

वालिङ नगरपालिकाको आयोजना युएनडिपिको आर्थिक सहयोग र उज्यालो यात्रा गैर सरकारी संस्थाको सहजीकरणमा संचालित कोभिड-१९ भ्याक्सिन डिजिटलाइजेशन कार्यक्रमकाे लागि नगरपालिकाकाे १४ वटा वडामा रहेका स्वास्थ्य चाैकीमा एक वडामा एक जना सहजकर्ताले डिजिटलाइजेशनकाे कार्य गर्ने गरी ब्यवस्था मिलाइएकाे उज्यालाे यात्राका अध्यक्ष हिमलाल पराजुलीले जानकारी दिनुभयाे ।

कोभिड १९ खोप लगाएकाहरुको तथ्याङक प्रविधिको माध्यममार्फत राख्नका लागि यो कार्यक्रम साेमबार देखि सञ्चालन गरिँदैछ ।

वैदेशिक रोजगारीलगायतका कार्यमा आवश्यक पर्ने कोभिड भ्याक्सिन प्रमाणपत्रका लागि विभिन्न स्थानबाट महङ्गो मूल्यमा निकाल्नुपर्ने बाध्यताको अन्त्य गर्दै नागरिकको कागजपत्र सुरक्षित राख्नका लागि यो कार्यक्रमले टेवा पुग्नेछ । भ्याक्सिन लगाएकाहरुको एकिन तथ्याङ्क कम्प्युटर सफ्वेयरमा हुने भएपछि आवश्यक परेको खण्डमा तुरुन्त र सजिलै उपलब्ध गराउन याे कार्यक्रमले सहयाेग पुर्याउने छ।

ताजा

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

इभी कार आगलागीमा भरतपुरका अमर पराजुलीको मृत्यु

२०८३ भाद्र २६ गते, शुक्रबार

लोमन्थाङ भूकम्पः ३५ घरमा तत्काल बस्न नमिल्ने

२०८३ भाद्र २६ गते, शुक्रबार

आज कुशेऔँसी अर्थात् बाबुको मुख हेर्ने दिन

२०८३ भाद्र २६ गते, शुक्रबार

पार्टी एकताकाे लागि जति झुक्नुपर्नेहाे झुक्छु: सभापति थापा

२०८३ भाद्र २५ गते, बिहीबार

रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न

२०८३ भाद्र २३ गते, मंगलवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal