बयरघारी–ठूलीभञ्ज्याङ सडक धमाधम कालोपत्रे
अर्जुन काफ्ले
स्याङ्जा,२३ कात्तिक- भीरकोट नगरपालिकादेखि पर्वतको हुवास बजार जोड्ने बयरघारी, मोहनडाँडा, ठूलीभञ्ज्याङ सडकको कालोपत्रे गर्ने काम धमाधम अगाडि बढेको छ । भीरकोटको नगरपालिकातर्फ १२ किलोमिटर र पर्वततर्फ साढे छ किलोमिटर सडक छ ।
भीरकोट नगरपालिकाले पहिलो चरणमा ८७० मिटर सडक खण्ड कालोपत्रेलाई तीव्रता दिएको हो । भीरकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज ढुङ्गानाले ग्लोबल रुपजेभीले २०७९ चैत्र १२ गते एक वर्षमा काम सक्ने गरी नगरपालिकाको बजेट तीन करोड ८५ लाख ४२१ रुपियाँमा सम्झौता गरेर काम अगाडि बढाएको बताउनुभयो ।
स्याङ्जा पर्वत जोड्ने यो सडक नगरपालिकाको रणनीतिक सडकमध्ये एक भएको ढुङ्गानाले बताउनुभयो । हरेक वर्ष बजेट विनियोजन गरी पालिकाभित्रको १२ किमी सडक कालोपत्रे हुने ढुङ्गानाले बताउनुभयो ।
यसै आर्थिक वर्षमा समेत डेढ करोडको टेण्डर निकालेर काम अगाडि बढाएको छ भने सङ्घीय सरकारबाट ७५ लाख बजेटको बहुवर्षीय टेण्डर अगाडि बढाउने तयारी पालिकाले गरेको छ ।
उहाँले यो सडक पर्वतको दक्षिण भेग पैयुँ, विहादी महाशिला गाउँपालिकाका जनतालाई पोखरा पुग्न सबैभन्दा छोटो बाटो भएको बताउनुभयो ।
यो सडक निर्माणपश्चात् भीरकोटको वडा नम्बर १, ६, ८ र ९ तथा पर्वतका पैयुँ, बिहादी, महाशिला गाउँपालिकाका हजारौँ नागरिक लाभान्वित हुनेछन् ।
अहिले सङ्घीय बजेटमार्फत १९ करोड रुपियाँमा हातेमालो चोक बयरघारी सडक खण्डको काम सुरु भए पनि ठेकेदारको लापरबाहीले कालोपत्रे गर्ने काम अलपत्र परेको बताउनुभयो ।
वडा नं ९ का वडा अध्यक्ष नन्दलाल खनालले ठेकेदारले काम बिचमै छोडेर सम्पर्कविहीन हुँदा त्यतिधेरै रकम फ्रिज भएको बताउनुभयो ।
लुम्दीखोलामा पुल नहुँदा निक्कै सास्ती खेप्नुपरेको बताउँदै खनालले सडक कालोपत्रेसगै विभिन्न खाद्यान्नको बिउ उत्पादन गर्ने, फलफूल, अदुवा लगायतका नगदेवालीहरुको बजारीकरणले कृषकलाई सहज बनाउने बताउनुभयो ।गोेप
ताजा
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
२०८३ असार ३२ गते, बिहीबार
निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय सर्वोच्चद्वारा बदर
२०८३ असार ३० गते, मंगलवार
विश्वकै ठूलो शालिग्राम शिला डुबानमा, पूजाअर्चना बन्द
२०८३ असार ३० गते, मंगलवार
मानवअधिकार एलायन्स स्याङ्जाले मनायाे २७औँ स्थापना दिवस
२०८३ असार २९ गते, सोमबार
वालिङ नगरपालिकाको २०औँ नगरसभाबाट ८९ करोड बढीकाे बजेट पारित
२०८३ असार २८ गते, आईतवार
श्रमजीवी पत्रकारको करार नतोड्न नेपाल पत्रकार महासंघको आग्रह
२०८३ असार २६ गते, शुक्रबार
मापदण्ड विपरीत पशुचौपाया ढुवानी गर्ने व्यक्ति पक्राउ
२०८३ असार २६ गते, शुक्रबार





















