मुख्यमन्त्री कार्कीद्वारा पद तथा गोपनीयताको शपथ
शशिधर पराजुली
विराटनगर,२८ असोज- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित समारोहमा प्रदेश प्रमुख परशुराम खापुङले मुख्यमन्त्री कार्कीलाई शपथ गराउनुभयो ।
गठबन्धन दलहरूबिच भएको सहमति अस्वीकार गर्दै कार्की नेकपा (एमाले) को सहयोगमा शनिबार संविधानको धारा १६८ (५) अन्तर्गत मुख्यमन्त्री नियुक्त हुनुभएको हो ।
नेपाली कांग्रेसको संस्थागत निर्णयविरुद्ध उभिँदै मुख्यमन्त्री बन्नुभएका कार्कीले आज सानो आकारको मन्त्रिपरिषद् गठन गर्नुभएको छ । उहाँले एमाले र काँग्रेस डा. शेखर कोइराला समूहबाट एक–एक जना मन्त्री नियुक्त गरी मन्त्रिपरिषद् गठन गर्नुभएको हो ।
मुख्यमन्त्री कार्कीलाई मुख्यमन्त्री बनाउन विशेष भूमिका निर्वाह गर्नुभएका इलामका सांसद शमसेर राईलाई आफ्नो समूहबाट मन्त्री नियुक्त गर्नुभएको छ भने सहयोगी दल एमालेबाट पूर्व कृषिमन्त्री समेत भइसक्नुभएका इलामकै सांसद तथा एमाले संसदीय दलका उपनेता राम रानामगरलाई मन्त्रिपरिषद्मा समावेश गर्नुभएको छ ।
नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख खापुङले पद तथा गोपनीयताको शपथ गराउनुभयो । केन्द्रीय सत्ता गठबन्धन र आफ्नै पार्टी काँग्रेसको निर्णय नमानेर काँग्रेस नेता डा. कोइराला समूहबाट मुख्यमन्त्री बनेपछि शनिबार मात्र प्रधानमन्त्री प्रचण्ड, काँग्रेस सभापति शेरबहादुर देउवा र डा. कोइरालाबिच सत्ता गठबन्धनलाई बलियो बनाउने भन्दै लिखित समझदारी बनेको थियो ।
तर, आइतबार मन्त्रिपरिषद् विस्तार गर्न गठबन्धन दलसँग डा. शेखर कोइरालाले गर्नुभएको सहमति पनि पालना भएको देखिएको छैन । एमाले संसदीय दलका नेता हिक्मतकुमार कार्कीले अहिले कोशीमा सर्वदलीय सरकारको आवश्यकता नभएको भन्दै अन्य दलबाट मन्त्री नियुक्त गरे एमाले सरकारमा सहभागी नहुने सन्देश दिएपछि कार्कीले गठबन्धन दललाई सरकारमा समावेश नगर्नुभएको बुझिएको छ ।स्रोतःगोप
ताजा
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै
२०८३ श्रावण ९ गते, शनिबार
आज हरिशयनी एकादशी: तुलसीको बिरुवा राेपीदै
२०८३ श्रावण ९ गते, शनिबार
अकला देवी मन्दिरमा चाेरी गरेर भाग्दै गर्दा स्थानियले समातेर लगाए प्रहरीकाे जिम्म
२०८३ श्रावण ८ गते, शुक्रबार
धुर्कोट ग्रेटवाल निर्माण
२०८३ श्रावण ६ गते, बुधबार
हस्तकलामार्फत रोजगारी सिर्जना गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
२०८३ श्रावण ६ गते, बुधबार
टेलरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
२०८३ श्रावण ५ गते, मंगलवार
स्पेनले जित्यो विश्वकपको उपाधि
२०८३ श्रावण ४ गते, सोमबार
सिद्धार्थ राजमार्गबाट नियन्त्रित लागूऔषधसहित दुई जना पक्राउ
२०८३ असार ३२ गते, बिहीबार
पहिरोमा पुरिँदा ६५ वर्षीय धनबहादुरको मृत्यु
२०८३ असार ३२ गते, बिहीबार
निजी मिडियालाई सरकारी विपज्ञापन प्रतिबन्ध लगाउने सरकारकाे निर्णय सर्वोच्चद्वारा बदर
२०८३ असार ३० गते, मंगलवार





















