कोशीमा मध्यावधि रोक्न विद्रोहीलाई समर्थन : अध्यक्ष ओली
सलिम मिया
बिजुवार,२८ असोज- नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी प्रदेशलाई मध्यावधि निर्वाचनमा जानबाट बचाउन कांग्रेस विद्रोहीलाई समर्थन गरेको बताउनुभएको छ ।
बिजुवारमा एमाले प्युठानद्वारा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व प्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले सो कुरा बताउनुभएको हो । मध्यावधिमा जाँदा देशले ठुलो आर्थिक भार खेप्नुपर्ने देखिएकाले त्यसलाई रोक्न एमालेले त्यस्तो कदम चालेको उहाँको भनाइ छ ।
उहाँले भन्नुभयो, ‘कोशी प्रदेशमा मध्यावधिमा जाने अवस्था थियो । हामी मध्यावधिमा पनि जान तयार थियौँ । तर, एउटा प्रदेशमा मध्यावधि हुँदा धेरै ठुलो खर्च हुन्छ । त्यसबाट जोगाउन यो समर्थन गरेका हौँ ।’
ओलीले अति भएर कोशी प्रदेशमा कांग्रेसका केही सांसदले विद्रोह गरेको उल्लेख गर्नुभयो । कोशी प्रदेशमा एमालेको ४० सिट, कांग्रेसको २९ र माओवादीको ८ सिट रहेको भन्दै केन्द्रमा ३२ सिटका पछिलागेको कांग्रेस कोशीमा पनि ८ सिटका पछि लाग्नुपर्छ भनेर विद्रोह भएको भनेपछि कांग्रेसकै केही सांसदले विद्रोह गरेको उहाँको भनाइ छ ।
ओलीले २०८४ को निर्वाचनमा हरेक वडादेखि केन्द्रसम्म ५० प्लस ल्याउने अभियानसहित अघि बढ्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो । ‘हरेक वडाबाट एमाले एक्लैले ५१ प्रतिशतभन्दा बढी ल्याउनुपर्छ । नेकपा (एमाले) ले आफ्नै शक्ति निर्माण गर्नुको विकल्प नरहेको उहाँले बताउनुभयो ।
ओलीले भन्नुभयो, ‘जनताको शक्ति निर्माण गर्नुपर्छ । विभिन्न जनविरोधीसँग मिलेर होइन परिवर्तनकामी शक्तिसँग मिलेर अघि बढ्नुपर्छ ।’ सुशासन विरोधी शक्तिहरूसँग मिलेर सुशासन ल्याउन नसकिने उहाँको भनाइ छ ।
‘भ्रष्ट तत्त्वसँग मिलेर सदाचारी शासन चलाउन सकिन्न । त्यसैले हरेक ठाउँबाट एमालेलाई एकल बहुमत चाहिएको छ’ अध्यक्ष ओलीले भन्नुभयो, ‘हरेक पालिकाबाट, वडाबाट, प्रदेशबाट, केन्द्रबाट सबैतिरबाट एमालेले एकल बहुमत प्राप्त गर्नुपर्छ । त्यसका लागि सबै साथीहरू एक ताल एक लयसाथ अघि बढ्नुपर्छ ।’
‘एमालेका नीति, निर्णयमा एकै ताल, एकै सुरमा हिँड्नुपर्छ’ अध्यक्ष ओलीले भन्नुभयो, ‘अराजकता स्वच्छाचारिता लोकतन्त्र होइन । देशका लागि, जनताका लागि जानेर बुझेर सकारात्मक सोचका साथ सबै लाग्नुपर्छ ।’
उहाँले युवा पुस्तालाई अघि बढाउने एमालेको नीति भएको भन्दै नदीले कुनै पनि भँगालो मिसिएपछि भेदभाव नगर्ने बताउनुभयो । कोशी प्रदेशमा कांग्रेसका शेखर कोइराला समूहका ८ जनाले विद्रोह गरेर एमालेका सांसदको समेतको समर्थनमा केदार कार्की मुख्यमन्त्री हुनुभएको हो।
ताजा
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
रेडियो स्याङ्जाको १८औँ वार्षिकोत्सव सम्पन्न
२०८३ भाद्र २३ गते, मंगलवार
स्याङ्जामा साधु मृत फेला
२०८३ भाद्र २२ गते, सोमबार
स्याङ्जामा भाेटेकाेशी बाढीमा परि सम्पर्कविहीन भएका परिवारकाे डीएनए नमुना सङ्कलन
२०८३ भाद्र २२ गते, सोमबार
नेकपा एमाले वालिङ नगर कमिटीद्वारा पूर्व जनप्रतिनिधि एवं उम्मेदवारलाई सम्मान
२०८३ भाद्र २१ गते, आईतवार
स्याङ्जामा दुई सवारी साधन एक आपसमा ठक्कर खादा युवककाे मृत्यु
२०८३ भाद्र १९ गते, शुक्रबार
चापाकाेट नगरपालिका एकका वडा अध्यक्ष वाेस्तीलाई माेविल छ्यापेकाे आराेपमा वडा सदस्य सन्ताेष थापा पक्राउ
२०८३ भाद्र १७ गते, बुधबार
आँखैअघि साथीहरू बगे, ओढारमा बित्यो रात
२०८३ भाद्र १५ गते, सोमबार
सुरुङभित्र खोजी तीव्र, वैकल्पिक मार्ग खोलिँदै
२०८३ भाद्र १५ गते, सोमबार
‘हिमाली सुनामी’ नामकरण गर्न विज्ञको सुझाव
२०८३ भाद्र १५ गते, सोमबार





















