सूर्योदय बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न

रमेश गोदार
स्याङ्जा,२८असोज- सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
सहकारीका ५ वटै सेवा केन्द्रका साधारण सभा सम्पन्न भएका हुन् । बाड्खोला र स्याङ्जा सेवा केन्द्रको साधारण सभाको बाड्खोलामा उद्घाटन गर्दै प्रतिनिधिसभा सदस्य राजु थापाले सहकारीले समाजिक क्षेत्रमा पुरयाएको योगदानको चर्चा गर्दै अब महिला नेतृत्व आवश्यकता भएको बताउनु भयो । उहाँले सहकारीका माध्यमबाट समाज, जिल्ला र देश विकासका निम्ति सहकारीमा एकाकार भई उत्पादनमूलक कार्यमा लाग्नुपर्नेमा जोड दिनुभयो । सांसद थापाले कृषि प्रधान मूलकमा कृषि उपजहरु पनि ठूलो परिमाणमा आयत भएकोमा दुख व्यक्त गर्दै सहकारीहरुसँग मिलेर तीनै तहका सरकारले खाली जग्गामा उत्पादनमुखी कार्यक्रम संचालन गरि आत्मनिर्भर तर्फ अग्रसर बनाउँन अनुरोध गर्नुभयो ।
कार्यक्रममा संस्थाका संरक्षक अनन्तकुमार श्रेष्ठ, पुतलीबजार नगरप्रमुख तुलसीराम रेग्मी, जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष रविन्द्रप्रसाद श्रेष्ठ, शिवशक्ति सहकारीका अध्यक्ष महेन्द्र रेग्मी, शिशु निकेतन आवासिय माविका प्रिन्सिपल मनोज मल्ल, गैर सरकारी संस्था महासंघका अध्यक्ष गोविन्द शर्मा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । सभाले संस्थाका अध्यक्ष हुमबहादुर कुमालले प्रस्तुत गरेको संस्थाको बार्षिक प्रतिवेदन, कोषाध्यक्ष राममाया अधिकारी गोदारले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन तथा आगामी योजना, लेखा सुवरिवेक्षण समितिका संयोजक शालिकराम शर्माले प्रस्तुत गरेको लेखा समितिको प्रतिवेदन पारित गरेको छ ।
सभाले सहकारीको केन्द्रिय समितिमा रिक्त सचिव पदमा मिरा मल्ल, सदस्यहरुमा अशोक शर्मा र इश्वरी ढकाललाई सदस्य एंव लेखा सुपरिवेक्षण समितिको सदस्यमा बाबुराम ढकाललाई निर्वाचित गरेको छ ।
कार्यक्रममा सहकारीका अध्यक्ष हुमबहादुर कुमालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष दिर्घनारायण शर्माले स्वागत एवं सहकारीका मिरा मल्लले कार्यक्रम संचालन गर्नुभएको थियो । साथै सहकारीको जुग्ले सेवा केन्द्रको साधारण सभाको उदघाटन गर्दै आँधिखोला गाउँपालिका अध्यक्ष विश्वनाथ पौडेलले सहकारीले स-सना पुँजीलाई जम्मा गरि सदस्यहरुलाई बचतको महत्व सिकाएको बताउनु भयो । सहकारी राज्यको तनी खम्बे अर्थनीति भित्र भएको भन्दै सहकारीले ग्रामिण क्षेत्रलाई समेटेर सदस्यहरुलाई बचत तथा ऋणको सेवा प्रवाह गरेकोमा धन्यवाद दिनुभयो ।
कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष सिता थापा, केन्द्रिय संचालक सदस्य ओम प्रकाश सापकोटा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । जुग्ले सेवाकेन्द्रका संयोजक नन्दलाल शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सदस्य अस्मिता सापकोटाले स्वागत एवं सचिव जिवन लामिछानेले संचालन गर्नुभएको थियो । साथै सहकारीको विरुवा सेवा केन्द्रको विरुवामा र साँखर सेवा केन्द्रको साखरमा साधारण सभा सम्पन्न भएको सहकारीले जानकारी दिएको छ । सबै सभाहरुमा संस्थाका नियमित मासिक बचत, बाल बचत, जेष्ठ नागरिक बचत, असल सेवाग्राही एंवम सदस्यहरुका एकाघर परिवारका सदस्यहरुवाट एस ई ई देखि स्नातकोत्तर सम्म सर्वोत्कृष्ठ अङ्क ल्याई उत्तीणर् हुने विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । २०५६ सालमा स्थापना भई २०५७ सालमा दर्ता भएको सहकारीको शेयर पूँजी ७ करोड ५३ लाख २८ हजार एक सय र २ हजार २दुई सय ३९ जना बालसदस्य सहित १२ हजार आठ सय ४१ जना शेयर सदस्य रहेका छन् ।

ताजा

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

आज बाह्रविशे मेला, तयारी पुरा

२०८१ चैत्र २४ गते, आईतवार

गह्राैसुर मन्दिरमा दर्शनकाे लागि लाम्वद्ध भक्तजन

२०८१ चैत्र २३ गते, शनिबार

ग्रामीण स्वावलम्बन साना किसान कृषि सहकारी, गण्डकी प्रदेश मै उत्कृष्ठ घोषणा

२०८१ चैत्र २३ गते, शनिबार

परम्परा जाेगाउन बाह्रविशे मेला

२०८१ चैत्र २२ गते, शुक्रबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal