सन्तुष्ट हुनेगरी न्याय सम्पादन गर्छौः उपाध्यक्ष गुरुङ

वालिङ,१६ असोज- गाउँ समाजमा हुने स-साना झैझगडाका कारण नागरिकहरु जिल्ला धाउनुपर्ने अवस्थालाई स्थानीय पालिकाहरुबाट न्याय सम्पादन हुन थालेपछि सहज बनाएको छ ।
२०७४ को स्थानीय निर्वाचनपछि पालिकाहरुमा नै न्यायिक समिति मार्फत पारिवारिक तथा सामाजिक झैझगडाहरुको सम्पादन हुँदै आएको हो । यसरी स्थानीय स्तरमै मेलमिलापको माध्यमबाट गाउँघरका समस्याहरु समाधान हुने भएपछि नागरिकहरुले पनि सजिलो महशुस गर्ने गरेकाछन् ।
यस्तै स्याङ्जाको फेदीखोला गाउँपालिका बासीहरुका लागि पालिकाको सहजिकरणमा हुने न्यायिक सम्पादनबाट सन्तुष्ट पारेर पठाउने गरेको उपाध्यक्ष देउकुमारी गुरुङले बताउनुभयो । पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गुरुङले पालिकाको सहजिकरणमा भएको कामबाट नागरिकहरु सन्तुष्ट भएर जाने गरेको जानकारी दिनुभयो ।

प्राय गरेर घरायसी झगडा, जग्गा सम्बन्धी साँध संधियारमा हुने झगडा, पारिवारिक बेमेललगायतका समस्या लिएर पालिकाबासी आउने गर्छन् । यसमा दुई पक्षको उपस्थितिमा मेलमिलापको माध्यमबाट समाधान गराएर पठाउने गरेको उपाध्यक्ष गुरुङले बताउनुभयो । हामीले एउटाको जीत र अर्काको हार भन्दा पनि दुबैलाई जीतको अनुभूत गराएर पठाउने गरेकाले पनि गाउँबासीहरुमा सन्तुष्टी दिलाएको उहाँको भनाई छ ।
उपाध्यक्ष गुरुङ्ले भन्नुभयो,“धेरै जसो पारिवारिक वेमेलका समस्याहरु बढि आउने गर्छन्, मेलमिलापको माध्यमबाट समाधान गरेर पठाउने गरेका छौं । जग्गाको साँध सँधियारमा नमिलेका विषयलाई पनि दुबै पक्षको उपस्थितिमा सहमति गराएका छौं, हार र जीत भन्दा पनि दुबैलाई जीतको अनुभूत गराउँदै आएकाले प्राय सन्तुष्ट भएर घर जाने गरेको पाएका छौं ।” यसका साथै सम्वन्ध विच्छेदका मुद्दाहरु पनि आउने गरेका छन्, यसमा पनि सकेसम्म मिलाउने प्रयत्न गर्छौं उहाँले भन्नुभयो यस्तो प्रकृतिका एक दुईवटा मुद्दा जिल्ला अदालत पठाउनु परेको छ, अन्यथा पालिकाबाटै मिलाउदै आएका छौं ।

ताजा

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

बाढी प्रभावित बालबालिकाका लागि चीनद्वारा एक करोड १० लाख सहयोग

२०८३ आश्विन ५ गते, सोमबार

भोटेकोशी बाढीः एक हजार ४३६ शव भेटियो

२०८३ आश्विन ४ गते, आईतवार

रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार

२०८३ आश्विन ४ गते, आईतवार

चापाकाेट नहरमा डुबेर ८२ वर्षीय वृद्धको मृत्यु

२०८३ आश्विन १ गते, बिहीबार

वालिङमा हाइस र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

२०८३ आश्विन १ गते, बिहीबार

ऐतिहासिक बनेको ‘घरपझोङ जलवायु सम्मेलन’

२०८३ भाद्र ३१ गते, बुधबार

आज ऋषि पञ्चमी मनाइँदै 

२०८३ भाद्र ३० गते, मंगलवार

सूर्योदय वोमी लघुवित्तद्वारा भाेटेकाेशी बाढीपीडितका लागि २५ लाख ६५ हजार सहयोग

२०८३ भाद्र २७ गते, शनिबार

चुनौतीका बीच बाल गृह सञ्चालन हुनु प्रशंसनीय : पूर्वमन्त्री गुरुङ

२०८३ भाद्र २७ गते, शनिबार

भोटेकोशी बाढीः फर्किने आशा मरेपछि चारै जनाको अन्तिम संस्कार

२०८३ भाद्र २६ गते, शुक्रबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal