सन्तुष्ट हुनेगरी न्याय सम्पादन गर्छौः उपाध्यक्ष गुरुङ

वालिङ,१६ असोज- गाउँ समाजमा हुने स-साना झैझगडाका कारण नागरिकहरु जिल्ला धाउनुपर्ने अवस्थालाई स्थानीय पालिकाहरुबाट न्याय सम्पादन हुन थालेपछि सहज बनाएको छ ।
२०७४ को स्थानीय निर्वाचनपछि पालिकाहरुमा नै न्यायिक समिति मार्फत पारिवारिक तथा सामाजिक झैझगडाहरुको सम्पादन हुँदै आएको हो । यसरी स्थानीय स्तरमै मेलमिलापको माध्यमबाट गाउँघरका समस्याहरु समाधान हुने भएपछि नागरिकहरुले पनि सजिलो महशुस गर्ने गरेकाछन् ।
यस्तै स्याङ्जाको फेदीखोला गाउँपालिका बासीहरुका लागि पालिकाको सहजिकरणमा हुने न्यायिक सम्पादनबाट सन्तुष्ट पारेर पठाउने गरेको उपाध्यक्ष देउकुमारी गुरुङले बताउनुभयो । पालिका उपाध्यक्ष तथा न्यायिक समिति संयोजक गुरुङले पालिकाको सहजिकरणमा भएको कामबाट नागरिकहरु सन्तुष्ट भएर जाने गरेको जानकारी दिनुभयो ।

प्राय गरेर घरायसी झगडा, जग्गा सम्बन्धी साँध संधियारमा हुने झगडा, पारिवारिक बेमेललगायतका समस्या लिएर पालिकाबासी आउने गर्छन् । यसमा दुई पक्षको उपस्थितिमा मेलमिलापको माध्यमबाट समाधान गराएर पठाउने गरेको उपाध्यक्ष गुरुङले बताउनुभयो । हामीले एउटाको जीत र अर्काको हार भन्दा पनि दुबैलाई जीतको अनुभूत गराएर पठाउने गरेकाले पनि गाउँबासीहरुमा सन्तुष्टी दिलाएको उहाँको भनाई छ ।
उपाध्यक्ष गुरुङ्ले भन्नुभयो,“धेरै जसो पारिवारिक वेमेलका समस्याहरु बढि आउने गर्छन्, मेलमिलापको माध्यमबाट समाधान गरेर पठाउने गरेका छौं । जग्गाको साँध सँधियारमा नमिलेका विषयलाई पनि दुबै पक्षको उपस्थितिमा सहमति गराएका छौं, हार र जीत भन्दा पनि दुबैलाई जीतको अनुभूत गराउँदै आएकाले प्राय सन्तुष्ट भएर घर जाने गरेको पाएका छौं ।” यसका साथै सम्वन्ध विच्छेदका मुद्दाहरु पनि आउने गरेका छन्, यसमा पनि सकेसम्म मिलाउने प्रयत्न गर्छौं उहाँले भन्नुभयो यस्तो प्रकृतिका एक दुईवटा मुद्दा जिल्ला अदालत पठाउनु परेको छ, अन्यथा पालिकाबाटै मिलाउदै आएका छौं ।

ताजा

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश पाण्डे

२०८१ चैत्र १२ गते, मंगलवार

प्रेस चाैतारी: अबकाे गन्तव्य

२०८१ चैत्र १० गते, आईतवार

वालिङ बहुमुखी क्याम्पस स्ववियु निर्वाचनमा नेविसंघका निरज अध्यक्ष र अनेरास्ववियुकी विना सचिवमा निर्वाचित

२०८१ चैत्र ६ गते, बुधबार

वालिङ १२ गाेहाेदी बाख्रा फममा आगाेलागी

२०८१ चैत्र ५ गते, मंगलवार

प्रथम पिंक सिटी महोत्सव सम्पन्न

२०८१ चैत्र ३ गते, आईतवार

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी

२०८१ चैत्र १ गते, शुक्रबार

पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने

२०८१ चैत्र १ गते, शुक्रबार

वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली

२०८१ चैत्र १ गते, शुक्रबार

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान  नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान

२०८१ फाल्गुन २९ गते, बिहीबार

प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित

२०८१ फाल्गुन २८ गते, बुधबार

2022 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal