स्क्रब टाइफस देखिएपछि विद्यालय बन्द
स्याङ्जा,१२असोज–अर्जुनचौपारी गाउँपालिका–६, दरौमा रहेको दरौ माध्यमिक विद्यालयमा स्क्रब टाइफस रोग देखिएपछि विद्यालय बन्द गरिएको छ। विद्यालयमा अध्ययनरत विद्यार्थीमा उक्त रोग देखिएपछि दुई दिन विद्यालय बन्द गरिएको हो । विद्यालयका शिक्षक दुर्गाबहादुर रोकाले पठनपाठन भइरहेको समयमा विद्यार्थीमा एक्कासि उच्च ज्वरो आउने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने र बान्ता हुने लक्षण देखिएपछि विद्यालय बन्द गरिएको बताउनुभयो ।
लक्षण देखिएका विद्यार्थीलाई उपचारार्थ जिल्ला अस्पताल स्याङ्जामा परीक्षण गर्दा स्क्रब टाइफस भएको पुष्टि भएको हो। अस्पतालमा भर्ना भएका २८ विद्यार्थीमध्ये अधिकांशमा स्क्रब टाइफस देखिएको रोकाले बताउनुभयो । लक्षण देखिएका ३० विद्यार्थीको दरौ स्वास्थ्य चौकीमा जिल्ला अस्पतालको स्वास्थ्य टोलीले ल्याब परीक्षण गर्दा उनीहरूमा भने पुष्टि नभएको रोकाले बताउनुभयो । विद्यालयमा अध्ययनरत कक्षा ६ देखि ११ का विद्यार्थी र चार शिक्षकमा लक्षण देखिएको छ । साना कक्षाका विद्यार्थीमा देखिएको छैन । अर्जुनचौपारीका स्वास्थ्य प्रमुख ईश्वर केसीले मुसामा देखिने किर्नाजस्तो किराबाट मानिसमा सर्ने यो रोग मानिसबाट मानिसमा भने नसर्ने बताउनुभयो । यो रोग ‘माइट’ मा पाइने ‘ओरेन्सिया सुसुगामुसी’ भन्ने जीवाणुबाट लाग्ने बताउँदै केसीले ‘माइट’ प्रायः झाडी, खेतबारी, वनजङ्गल तथा फोहोर हुने ठाउँमा देखिने बताउनुभयो ।स्रोतःगोप
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















