वालिङमा शान्ति र्याली
गोपाल जिटी
वालिङ,४असोज-वालिङमा शान्ति र्याली गरिएको छ । आत्मज्ञान प्रचार संघ वालिङले विश्व शान्ति दिवसका अवसरमा बिहीबार र्यालीको आयोजना गरेको हो ।
संघको वालिङ केन्द्रले भूम्रे, भकुण्डे, मिर्दी, रामबाच्छालगायत वालिङका मुख्य बजारहरुमा शान्ति सम्बन्धी भनाइ लेखिएका प्लेकार्डसहित र्याली निकालेको थियो । जुन शान्ति हामीभित्र छ त्यो सम्भव छ, सबै मानिसको हृदयमा शान्ति छ, शान्ति शब्द मात्र होइन अनुभव गर्ने चीज हो, मानिसले खोजेको शान्ति प्रत्येक मानिस भित्र छ, जुन सम्भव छ लगाएत शान्ति सम्बन्धी भनाइहरु प्लेकार्डमा उल्लेख गरिएको थियो ।
शान्ति र्यालीमा छाङ्छाङ्दी, भीरकोटको बयरघारी र बगरे बजार, जिल्ला सदरमुकाम स्याङ्जालगाएतका केन्द्रको समेत सहभागिता रहेको संघको वालिङ केन्द्रका र्याली संयोजक चेत बहादुर थापाले जानकारी दिनुभयो । संयोजक थापाले हामी शान्ति चाहन्छौं, शान्ति हामी भित्रै छ जुन सम्भव छ भन्ने सचेतना फैलाउने उद्देश्यले विश्व शान्ति दिवसका अवसरमा र्यालीको आयोजना गरिएको बताउनुभयो ।
हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसँगै अन्तर्राष्ट्रिय रूपमा शान्ति दिवस मनाउन थालिएको हो । नेपालमा २०६५ सालदेखि यो दिवस मनाउन सुरु गरिएको हो ।
ताजा
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार
पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे
२०८३ श्रावण २५ गते, सोमबार
जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग
२०८३ श्रावण २४ गते, आईतवार
कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित
२०८३ श्रावण २१ गते, बिहीबार





















