वालिङमा शान्ति र्‍याली

गोपाल जिटी
वालिङ,४असोज-वालिङमा शान्ति र्‍याली गरिएको छ । आत्मज्ञान प्रचार संघ वालिङले विश्व शान्ति दिवसका अवसरमा बिहीबार र्‍यालीको आयोजना गरेको हो ।
संघको वालिङ केन्द्रले भूम्रे, भकुण्डे, मिर्दी, रामबाच्छालगायत वालिङका मुख्य बजारहरुमा शान्ति सम्बन्धी भनाइ लेखिएका प्लेकार्डसहित र्‍याली निकालेको थियो । जुन शान्ति हामीभित्र छ त्यो सम्भव छ, सबै मानिसको हृदयमा शान्ति छ, शान्ति शब्द मात्र होइन अनुभव गर्ने चीज हो, मानिसले खोजेको शान्ति प्रत्येक मानिस भित्र छ, जुन सम्भव छ लगाएत शान्ति सम्बन्धी भनाइहरु प्लेकार्डमा उल्लेख गरिएको थियो ।
शान्ति र्‍यालीमा छाङ्छाङ्दी, भीरकोटको बयरघारी र बगरे बजार, जिल्ला सदरमुकाम स्याङ्जालगाएतका केन्द्रको समेत सहभागिता रहेको संघको वालिङ केन्द्रका र्‍याली संयोजक चेत बहादुर थापाले जानकारी दिनुभयो । संयोजक थापाले हामी शान्ति चाहन्छौं, शान्ति हामी भित्रै छ जुन सम्भव छ भन्ने सचेतना फैलाउने उद्देश्यले विश्व शान्ति दिवसका अवसरमा र्‍यालीको आयोजना गरिएको बताउनुभयो ।

हरेक वर्ष सेप्टेम्बर २१ तारिखका दिन विश्व शान्ति दिवस मनाउने गरिन्छ । यो दिवस सन् १९८२ सेप्टेम्बर २१ देखि मनाउन शुरु गरिएको हो । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८१ मा विश्वका सबै देश र नागरिकमा शान्तिको कामनासहित अन्तर्राष्ट्रिय शान्ति दिवस मनाउने प्रस्ताव पारित गरेसँगै अन्तर्राष्ट्रिय रूपमा शान्ति दिवस मनाउन थालिएको हो । नेपालमा २०६५ सालदेखि यो दिवस मनाउन सुरु गरिएको हो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal