लेक लागेका बिरामीको उपचार मुक्तिनाथमै

अमृतप्रसाद पौडेल
म्याग्दी,४ असोज- मुस्ताङ जिल्लाको प्रसिद्ध तीर्थस्थल मुक्तिनाथ मन्दिरमा दर्शन गर्न आउने भक्तजनलाई लेक लागेमा त्यहीँ नै उपचार गर्ने व्यवस्था गरिएको छ।
हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुस्ताङको वारागुङ मुक्तिक्षेत्र–१, मुक्तिनाथ मन्दिरमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ (मुक्तिनाथ स्वास्थ्य सेवाश्रम अस्पताल) स्थापना भएपछि भक्तजनलाई सहज भएको छ। मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकलाई समस्या भएमा आकस्मिक उपचार गर्न सहज भएको छ। गत पुस महिनादेखि मुक्तिनाथ मन्दिरमा सेवाश्रम स्थापना गरिएको हो।
मुक्तिनाथमा दर्शनका लागि हरेक वर्ष लाखौँको सङ्ख्यामा धार्मिक पर्यटक आउने गरेका छन्। मुक्तिनाथ मन्दिर तीन हजार आठ सय मिटरभन्दा धेरै उचाइमा छ। वारागुङ मुक्तिक्षेत्र गाउँपालिका झारकोट स्वास्थ्य चौकीका सिनियर अहेव सुवास अधिकारीले यहाँ आउँदा कति लेक लागेर बिरामी हुने र कतिपयको मृत्युसमेत हुने गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर (मुक्तिनाथ स्वास्थ्य सेवाश्रम) स्थापनाका लागि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका र मुस्ताङ अस्पतालले संयुक्त रूपमा पहल गरेका थिए।”
डाक्टर विशाल तिवारीले समुद्री सतहलगायतका बेँसीबाट अग्लो उचाइमा पुग्ने धार्मिक पर्यटकलाई हाइअल्टिच्युड लाग्ने सम्भावना धेरै हुने भएकाले त्यस क्षेत्रमा सेवा सुरु गरिएको जानकारी दिनुभयो। तिवारी मुस्ताङ अस्पतालमा निमित्त मेडिकल सुपरिन्टेन्डेन्टका रूपमा कार्यरत रहँदा उक्त सेन्टर स्थापना गर्नुभएको थियो। तिवारी भन्नुहुन्छ, “तल्लो क्षेत्रबाट मुक्तिनाथ दर्शन तथा पुजा अर्चनाका लागि आउने धार्मिक पर्यटकलाई धेरै नै हाइअल्टिच्युडको समस्या हुने गर्दा उपचारका लागि केन्द्र स्थापना गरिएको हो।” हालसालै लमजुङ अस्पतालमा सरुवा भएर जानुभएका तिवारीकै अग्रसरतामा गएको पुसदेखि उक्त सेवा सुरु भएको थियो।
उच्च हिमाली क्षेत्रमा रहेको उक्त मन्दिरमा दर्शन गर्न तल्लो भेगका पहाड, तराई एवं भारतीय समुद्री तटका नागरिक एकैचोटि हतार हतार गरी मुक्तिनाथ जाँदा लेक लाग्ने तिवारीको बुझाइ छ। हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा खटिनुभएका हेल्थ असिस्टेन्ट तिलप्रसाद बुढामगरले मासिक रूपमा सरदर एक सयभन्दा धेरै बिरामीको उपचार गर्ने गरेको जानकारी दिनुभयो।
जिल्ला अस्पताल मुस्ताङले सुरु गरेको उक्त सेन्टरलाई वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाले चालु आर्थिक वर्षमा पाँच लाख रुपियाँ बजेट विनियोजन गरेको जनाएको छ। मुस्ताङ अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. तेजस नेपालले प्रदेश सरकारबाट पनि मुक्तिनाथ हाइअल्टिच्युड उपचार केन्द्रका लागि भनेर मुस्ताङ अस्पतालमा १० लाख रुपियाँ बजेट आएको जानकारी दिनुभयो। बुढामगरलाई मुस्ताङ अस्पतालले करारमा मुक्तिनाथ हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टरमा खटाएको पनि उहाँको भनाइ छ। मुक्तिनाथ स्वास्थ्य सेवाश्रमका लागि मुस्ताङ अस्पतालले जनशक्तिका साथै अक्सिजन सिलिन्डरसहित औषधि व्यवस्था गरेको छ।गोप
ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार