स्वधर्म

खुमकान्त अर्याल
साधारण अर्थमा स्वधर्म भनेको हामीले परम्परागत रुपमा मानी आएको धर्मलाई बुज्ने गरिन्छ । अझ फराकिलो अर्थमा स्वधर्म भनेको मानिसको आँफनो शरीर र मनले धारण गर्ने सरल जीवन शैली हो ।
स्वधर्मको साधन, शरीर भएकोले यसको परिचालन मनको स्तरबाट हुन्छ । आफ्नो शरीरको रक्षा, आफु आश्रित परिवारको भरण पोषण र संरक्षण पहिलो कर्तव्य हो । यो कर्तव्य निर्वाह गर्दा अत्यन्त सामान्य र सरल ढंगले गर,उपलव्ध प्रकृतिका श्रोतहरुको समुचित प्रयोग गर,सके सम्म वरिपरि उपलव्ध कम भन्दा कम वस्तुवाट आफ्नो निर्वाह गर,आफनो निर्वाहको लागि अरुको भर सकेसम्म नपर बरु अरुको पनि सेवा गर । आफना इष्ट देवको महिमाको स्मरण र पँुजा गर । तिम्रो शरीर प्रकृतिको महान वर्दान हो । तिमी भित्र अपार शक्ति र बुुद्धि निहित छ । यसको विकास गर,यो विकास तव मात्र सम्भव हुन्छ जवसम्म तिमी भोग र संग्रहमा लिप्त हुने छैनौ, यो नै स्वधर्मको सार हो ।
स्वधर्ममा अभ्यस्त मानिस कहिल्यै दुःखी हुदैन किन भने प्राप्त वस्तु तथा अवसर प्रकृति र अस्तित्वको देनहो, पाऊँदा पनि ठीकै छ र गुम्दा पनि ठीकै । स्वधर्ममा स्वाधीनताको स्वाद पनि अन्तर निहीत छ किन भने आफ्नो पुरुषार्थमा कम भन्दा कम वस्तु वाट निर्वाह गर्ने हुदा अरुको मुख ताक्न परेन । सवै जीव र प्राणिहरु प्रकृतिका समान सदस्य हुन् म पनि एक सदस्य मात्र हु, मेरो जति हक छ निकटमा रहेका सबै जीवहरुको उत्तिकै हक भएको स्वीकार गर्न स्वधर्मले प्रशिक्षित गर्दछ । मेरो शरीर मेरो परिवार मेरो लागि जति प्रिय छन् अरुका लागि पनि त्यस्तै हो भन्ने बुझाई यसको विशेषता नै हो ।
भोक रोग र शोकबाट म जति प्रताडित छु अरु पनि त्यहि पिडाबाट ग्रस्त हुन सक्ने प्रति सचेत गर्दछ । आफ्नो प्राकृतिक हकको उपभोग गर्दा अरु कसैको भाग खोसिएको छ कि भनीकन विचार गर्नु स्वधर्मको मर्म भित्रै पर्दछ । प्रकृतिका सास्वत नियमहरुलाई स्वीकार गर्दै आफ्नो जीवनको संचालन गर्न सके सम्म अरुको पनि जीवन संचालनमा सहयोगी हुदै अगाडी वढाएर आँफु रहेको परिवार र समाजमा प्रेम र शान्तिको संचरण गर्नु, मानव जीवनका लागि अझ बढि उपयोगी नयाँ दर्शनको विकास गरि सभ्यताको उचाईमा पुग्ने लक्ष्य राख्नु स्वधर्म हो । स्वधर्मीले स्वयंको क्षमतामा,अरुको कृपा भन्दा पनि आफ्नो पुरुषार्थमा,आफ्नो आन्तरिक पवित्रतामा, जीवनको सत्य भेटिने विश्वास गर्दछन साथै जीवन दाताको स्मरण गर्दछन ।
स्वधर्मले आफनो परम्परा संस्कृति र पहिचानको रक्षा गर्दै ंकर्मका लागि प्रेरणा दिन्छ र महत्वाकाँक्षाबाट बच्न सचेत गर्दछ । स्वधर्ममा आश्रित मानिसको मन अत्यन्त निर्मल हुन्छ अनि आफना इस्टदेवबाट पनि उनको प्रगतिका लागि भरपुर मद्धत प्राप्त हुन्छ । उनको जीवन हर प्रकारले सम्पन्न हुन्छ । तर स्वधर्मको बाटो छोडेपछि भने मानिसमा संधर्ष, अस्वस्थ प्रतिस्पर्धा, षडयन्त्र, घात प्रतिघात, वैमनश्य र शत्रुताले घेर्न थाल्छ र अन्ततः मानिस विनाश र पतनको अवस्थामा पुग्दछ । अहिले समाजमा देखिएको जुन अवस्था छ, यो स्वधर्मको पालनमा कमी भएको कारणले हो ।
स्वधर्मको माध्यमबाट नै आफ्नो जीवनलाई चेतनाको उच्चतामा पुर्याउन सकिने दृष्टान्त सबै धर्मका वोध कथाहरुमा पाईन्छ । स्वधर्मको धारणनै पाप रहित, द्यवेस रहित, अस्वस्थ प्रतिस्पर्धा रहित शान्त समाजको जग हो ।
यसैले स्वधर्मको धारण गरांै, आफ्नो र सबैको उन्नतीको मार्ग निश्चित गरौं । ( शिवपुरी वावाको शिद्धान्त छ ,पहिला शरीरको रक्षा, दोश्रो निर्वाहको लागि काम र बचेको समय प्रभुको स्मरण , यो लेख पनि यो विचार संग नजिकको सम्वन्ध राख्दछ ।लेखक अर्याल वालिङ ६ निवासी हुनुहन्छ ।
ताजा

महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
महिलाहरुलाई आधारशिला तालिम
२०८२ बैशाख ११ गते, बिहीबार
पुतलीबजार पूर्ण खोप पालिका घोषणा
२०८२ बैशाख ११ गते, बिहीबार
उत्पादन बढाउन आधुनिक खोर निर्माण
२०८२ बैशाख ११ गते, बिहीबार
वालिङमा तीन पत्रकार सामानित
२०८२ बैशाख ६ गते, शनिबार
शिक्षकलाई विद्यालय फर्काउ
२०८२ बैशाख २ गते, मंगलवार
स्थानीय तहको सेवा प्रवाहमा प्रश्न
२०८१ चैत्र ३१ गते, आईतवार
महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण
२०८१ चैत्र ३१ गते, आईतवार
सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल
२०८१ चैत्र ३० गते, शनिबार
वरिष्ठ पत्रकार भैरव रिसालको निधन
२०८१ चैत्र २५ गते, सोमबार