स्याङ्जाबाट ९ ओटा बसमा आन्दोलनमा सहभागि हुन काठमाडौं जादै शिक्षक


वालिङ,२असोज-शिक्षक महासंघको नेतृत्वमा बुधबारदेखि काठमाडौंमा हुने आन्दोलनमा सहभागि हुन स्याङ्जाबाट ९ ओटा बसमा ४ सय बढि शिक्षकहरु रात्रीबस चढेर काठमाडौंको यात्रामा निस्किएकाछन् ।
गत भदौ २७ गते नेपाल सरकारले संसदमा दर्ता गरेको विधेकलाई लिएर असन्तुष्टि जनाउदै आएका शिक्षकहरु विद्यालयको पठनपाठनलाई अनिस्चितकालिन रुपमा बन्द गरेर यही असोज ३ गतेदेखि हुने काठमाडौं केन्द्रित आन्दोलनको लागि जिल्लाको ११ ओटै पालिकाबाट शिक्षकहरु रात्रीबस चढेर काठमाडौंको यात्रामा निस्किएका हुन ।

नेपाल शिक्षक महासंघ स्याङ्जाका सचिव लोकबहादुर गुरुङले संविधानको पालना गर्दै आफ्नो हकहित र अधिकारको लागि शिक्षकहरु आन्दोलित भएको बताउदै आफुहरुको आन्दोलन संविधान भित्र रहेर हुने भएकोले सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो । जिल्लाका सबै शिक्षकहरुबाट खर्च जुटाएर आफ्नो हकअधिकार प्राप्तिको लागि रात्रीबस चढेर बाध्यताले काठमाडौं जानुपरेको बताउदै सबैलाई आआफ्नो ठाउँबाट यो आन्दोलाई सहयोग गर्न आग्रह समेत गर्नुभयो । जिल्लाका केही पालिकाहरुले अनौपचारिक रुपमा सहयोग गरेको र केही पालिकाबाट असहयोग भएको भन्दै रहरले नभइ बाध्यताले गर्नुपरेको आन्दोलनमा सबैलाई सहयोग गर्न आग्रह गर्नुभयो ।
संसदमा दर्ता भएको विधेकमा शिक्षकहरुलाई अपमान गरिएको भन्दै देशैभरबाट शिक्षकहरु असोज ३ गते देखि काठमाडौंमा हुने आन्दोलनमा सहमागि हुन रात्री बस चढेर काठमाडौंको यात्रामा निस्किएकाछन् । आज सरकारले आन्दोलनरत शिक्षकहरुलाई वार्तामा आउन गरेको आवहानलाई अविस्कार गर्दै आन्दोलनका माध्यामबाटै आफ्ना मागहरु पुरा गराउने शिक्षकहरुको साझा संस्था नेपाल शिक्षक महासंघले जनाएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal