अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा वालिङमा पढाइ मेला

वालिङ,२२ भदौ-अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा वालिङ पढाइ मेला सम्पन्न भएको छ । रुम टु रिड र सूर्योदय क्लबको आयोजनामा सञ्चालन भएको पढाइ मेलामा करिव एक हजार जना विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागि विद्यार्थीहरुले प्रदर्शनीमा राखिएका पुस्तकहरु अध्ययन गर्नुका साथै पढाइ र यसको महत्वका बारे आफ्ना अनुभवहरु समेत साटासाट गरेका थिए ।

पुस्तक अध्ययनका साथै कक्षा एक देखि पाँच सम्म कोर्सको पढाइ भन्दा अन्य २५०० बाल पुस्तक अध्ययन गर्ने राष्ट्रिय माध्यमिक विद्यालय वालिङकी छात्रा लुवीना लामालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा दहथुम माध्यमिक विद्यालय भीरकोट बाट समेत सहभागी भई ५ जना विद्यार्थीहरुले बालकथा वाचन गरेका थिए । कार्यक्रममा १५ जना बालबालिकाले बाल कथा वाचन गरेका थिए ।
पुस्तक पढ्ने र पढाउने कार्य पवित्र कार्य भएको र पुस्तक पढ्ने मेलाले यहाँको समुदायमा पुस्तक पढ्ने संस्कृतिमा टेवा पुग्ने स्थानीय शिव उप्रेतीले बताउनुभयो ।

मेलामा विभिन्न शीर्षकका बालकथाका पुस्तक तथा कार्डहरु प्रदर्शन गरी सहभागि सबैलाई निशुल्क रुपमा पढ्न पाउने व्यवस्था गरिएको र करिव ९०० बाल कथाका कार्डहरु निशुल्क वितरण गरिएको रुम टु रिडका बरिष्ठ कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले जानकारी गराउनुभयो ।
पठन मेला कार्यक्रमले पढौँ पढौँ लाग्ने यस्ता बालसाहित्यका पुस्तकहरु पनि हुन्छन् र कोर्सभन्दा अन्य पुस्तकहरुले ज्ञानको क्षेत्र फराकिलो हुने वालिङ नगरपालिकाकी शिक्षा शाखा अधिकृत दुर्गा कुमारी न्यौपानेले बताउनुभयो ।

यस्ता खालका अभियानहरुले सामुदायमा पुस्तकालयको महत्व, पढाइको महत्वको विषयमा निरन्तर जागरुकता बढाउने भएकोले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताउनुभयो ।

ताजा

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

सुन्तलाको राजधानी स्याङ्जामा, सुन्तलाको बोक्राबाट सौन्दर्य सामग्री उत्पादन

२०८३ असार २० गते, शनिबार

फेदिखाेला गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १९ गते, शुक्रबार

भिमादमा जीवन उपयोगी सीप तालिम सम्पन्न

२०८३ असार १९ गते, शुक्रबार

बिरुवा गाउँपालिकालाई राष्ट्रिय सम्मान

२०८३ असार १८ गते, बिहीबार

कास्की जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

२०८३ असार १८ गते, बिहीबार

व्यापार ब्यावसाय प्रवर्द्धनका लागि मेराे उम्मेदवारी: पराजुली

२०८३ असार १८ गते, बिहीबार

वालिङमा शिक्षक मेन्टरिङ तालिम सम्पन्न

२०८३ असार १७ गते, बुधबार

वालिङ उद्याेग वाणिज्य संघकाे अध्यक्षमा अनुपमा ढुङ्गाना निर्विराेध निर्वाचित

२०८३ असार १६ गते, मंगलवार

२३ओैँ धान दिवस असार १५ मा कृषक सम्मानित(फाेटाे फिचर)

२०८३ असार १५ गते, सोमबार

मनसुन सक्रिय : भारी वर्षा, बाढी–पहिरोको जोखिम बढेकाले सतर्क रहन प्राधिकरणको आग्रह

२०८३ असार १५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal