अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा वालिङमा पढाइ मेला
वालिङ,२२ भदौ-अन्तराष्ट्रिय साक्षरता दिवसको अवसरमा वालिङ पढाइ मेला सम्पन्न भएको छ । रुम टु रिड र सूर्योदय क्लबको आयोजनामा सञ्चालन भएको पढाइ मेलामा करिव एक हजार जना विद्यार्थीको सहभागिता रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागि विद्यार्थीहरुले प्रदर्शनीमा राखिएका पुस्तकहरु अध्ययन गर्नुका साथै पढाइ र यसको महत्वका बारे आफ्ना अनुभवहरु समेत साटासाट गरेका थिए ।

पुस्तक अध्ययनका साथै कक्षा एक देखि पाँच सम्म कोर्सको पढाइ भन्दा अन्य २५०० बाल पुस्तक अध्ययन गर्ने राष्ट्रिय माध्यमिक विद्यालय वालिङकी छात्रा लुवीना लामालाई सम्मान समेत गरिएको थियो ।
कार्यक्रममा दहथुम माध्यमिक विद्यालय भीरकोट बाट समेत सहभागी भई ५ जना विद्यार्थीहरुले बालकथा वाचन गरेका थिए । कार्यक्रममा १५ जना बालबालिकाले बाल कथा वाचन गरेका थिए ।
पुस्तक पढ्ने र पढाउने कार्य पवित्र कार्य भएको र पुस्तक पढ्ने मेलाले यहाँको समुदायमा पुस्तक पढ्ने संस्कृतिमा टेवा पुग्ने स्थानीय शिव उप्रेतीले बताउनुभयो ।

मेलामा विभिन्न शीर्षकका बालकथाका पुस्तक तथा कार्डहरु प्रदर्शन गरी सहभागि सबैलाई निशुल्क रुपमा पढ्न पाउने व्यवस्था गरिएको र करिव ९०० बाल कथाका कार्डहरु निशुल्क वितरण गरिएको रुम टु रिडका बरिष्ठ कार्यक्रम अधिकृत ओम कुमार श्रेष्ठले जानकारी गराउनुभयो ।
पठन मेला कार्यक्रमले पढौँ पढौँ लाग्ने यस्ता बालसाहित्यका पुस्तकहरु पनि हुन्छन् र कोर्सभन्दा अन्य पुस्तकहरुले ज्ञानको क्षेत्र फराकिलो हुने वालिङ नगरपालिकाकी शिक्षा शाखा अधिकृत दुर्गा कुमारी न्यौपानेले बताउनुभयो ।

यस्ता खालका अभियानहरुले सामुदायमा पुस्तकालयको महत्व, पढाइको महत्वको विषयमा निरन्तर जागरुकता बढाउने भएकोले आगामी दिनमा पनि यस्ता कार्यक्रमहरु आयोजना गर्दै जाने सूर्योदय क्लबका अध्यक्ष अनन्त कुमार श्रेष्ठले बताउनुभयो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















