वालिङमा प्रिमियर सेक्युरिटिज कम्पनीको कार्यालय उद्घाटन


वालिङ,२२ भदौ- वालिङमा प्रिमियर सेक्यूरिटिज कम्पनी लिमिटेडको कार्यालय उद्घाटन भएको छ । छरिएर रहेको पूँजीलाई धितोपत्रमा लगानी गराई देशमा उद्यमशीलता विकास गर्ने उद्देश्यले स्थापना भएको प्रिमियर सेक्यूरिटिज कम्पनी लिमिटेडले शुक्रबार वालिङमा शाखा कार्यालय स्टक ब्रोकर नं ३२ को विधिवत समुद्घाटन गरेको हो ।
विगत केही महिनादेखि सेवा सुचारु गर्दै आएको कम्पनीको शाखा कार्यालय शुक्रबार उद्घाटन गरिएको हो ।

शाखा कार्यालयको उद्घाटन गर्दै गण्डकी प्रदेशसभा सदस्य भोजराज आर्यालले वालिङमा शेयरमार्केट सम्बन्धि कारोबार गर्ने कार्यालयको स्थापना हुनुले यस क्षेत्रका जनताहरुले शेयरमार्केट सम्बन्धि कारोबार गर्न सहजता आउने बताउदै यस क्षेत्रमा शाखा कार्यालयको स्थापना गरेकोमा प्रिमियर सेक्युरिटिज कम्पनी लिमिटेडलाई धन्यवाद दिदै सक्दो सहयोग गर्ने बताउनुभयो । विदेशमा कमाएर ल्याएको पैसा स्वदेशमा आएर कृषिक्षेत्रमा लगानी गरेका कतिपय युवाहरु बैंक वित्तीय संस्थाको कर्जा तिर्न नसकेर आत्महत्या गरेका घटना भएको औंल्याउँदै प्रदेशसभा सदस्य अर्यालले सोंच विचार गरेर लगानी बढाउनुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा कम्पनीका सञ्चालक सन्तोष कुमार श्रेष्ठले वालिङमा स्थापित कार्यालयबाट शेयर कारोवारका साथै डिम्याट खाता सञ्चालन तथा घरमै बसेर पनि अनलाइन कारोवार गर्न सकिने जानकारी गराउनुभयो ।

कार्यक्रममा वालिङ नगरपालिका ८ का वडा अध्यक्ष दामोदर तिवारी, वालिङ उद्योग वाणिज्य संघका उपाध्यक्ष खगेन्द्र प्रसाद अर्याल, बैंक्रस संघ वालिङका अध्यक्ष उज्वल श्रेष्ठ लगायतले बोल्नुभएको थियो । दिपक पौडेलको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रम कम्पनीका अध्यक्ष रबिन्द्र प्रधानको अध्यक्षता र वालिङ शाखाका प्रमुख सुर्य खनालको सञ्चालनमा सम्पन्न भएको थियो ।

ताजा

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

नवौं वालिङ महोत्सवको आय–व्यय सार्वजनिक 

२०८३ जेष्ठ २४ गते, आईतवार

पत्रकार महासंघ स्याङ्जाको १५औं साधारण सभा सम्पन्न,पूर्व अध्यक्षत्रय सम्मानित

२०८३ जेष्ठ २४ गते, आईतवार

भारतीय बाबू र नेपाली आमाबाट जन्मिएका चापाकाेटका कँडेललाई प्रशासनले घरमै पुगेर दियाे नागरिकता

२०८३ जेष्ठ १९ गते, मंगलवार

शङ्करबेली सिमसारमा पर्यटकको बढ्दो आकर्षण

२०८३ जेष्ठ १५ गते, शुक्रबार

आगामी आर्थिक वर्षका लागि २१ खर्ब २४ अर्ब ३४ करोड बजेट विनियोजन

२०८३ जेष्ठ १५ गते, शुक्रबार

नवनियुक्त प्रधानन्यायाधीश डा शर्माद्वारा शपथ ग्रहण

२०८३ जेष्ठ ५ गते, मंगलवार

दुर्गा प्रसाईं थप तीन दिन प्रहरी नियन्त्रणमा

२०८३ जेष्ठ ५ गते, मंगलवार

नयाँ आइटी पाठ्यक्रम तयार हुँदै

२०८३ जेष्ठ ५ गते, मंगलवार

फेदीखोला गाउँपालिकाका विद्यार्थीले बनाए च्याट जीपीटी जस्तै च्याटबोट ‘ज्योया’

२०८३ जेष्ठ ३ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal