माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु


वालिङ,२२ भदौ- करेन्ट लागेर एक युवकको मृत्युभएको छ । वालिङ नगरपालिका ६ आमडाली बस्ने ३६ वर्षिय यम बहादुर थापाको माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु भएको छ ।
रसखोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा करेन्ट लागेर थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
गए राति २ः१० बजेको समयमा करेन्ट लागेर मृत अवस्थामा रहेको भन्ने खबर पाएपछि घटना स्थलमा पुगेको प्रहरीले जनाएको छ ।

प्रहरीले माछा मार्न गएका स्याङ्जा वालिङ ६ थापाडाँडा बस्ने ३६ वर्षिय तिल बहादुर थापा क्षेत्री, पाल्पा रामपुर १० का ३७ वर्षिय दिपेन्द्र अधिकारी,पर्वत पैयु गाउँपालिका घर भई हाल स्याङ्जा वालिङ ६ स्थित तारादेवी ब्लक उद्योगमा काम गर्ने २० वर्षिय अनिल चौधरी,कन्चनपुर बेलौरी नगरपालिका ६ घर भई ब्लक उद्योगमा काम गर्ने ६० वर्षिय बलदेव रानालाई माछा मार्न प्रयोग हुने तार, रड र बांसको भाटा सहित नियन्त्रणमा लिएर अनुसन्धान प्रकिया अगाडी बढाएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिनुभयो ।

ताजा

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

महिलाहरुलाई आधारशिला तालिम

२०८२ बैशाख ११ गते, बिहीबार

पुतलीबजार पूर्ण खोप पालिका घोषणा

२०८२ बैशाख ११ गते, बिहीबार

उत्पादन बढाउन आधुनिक खोर निर्माण

२०८२ बैशाख ११ गते, बिहीबार

वालिङमा तीन पत्रकार सामानित

२०८२ बैशाख ६ गते, शनिबार

शिक्षकलाई विद्यालय फर्काउ

२०८२ बैशाख २ गते, मंगलवार

स्थानीय तहको सेवा प्रवाहमा प्रश्न

२०८१ चैत्र ३१ गते, आईतवार

महिलालाई उत्पादनमा जोड्न बाख्रा वितरण

२०८१ चैत्र ३१ गते, आईतवार

सिद्धार्थ राजमार्गकाे स्तरउन्नती हुन्छः अर्थमन्त्री पाैडेल

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

२०८१ चैत्र २५ गते, सोमबार

बाह्रविशे मेला सम्पन्न, दर्शककाे उत्साहाजनक सहभागिता

२०८१ चैत्र २४ गते, आईतवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal