बाढी पहिरोले पुर्याएको क्षतीप्रती एमाले गण्डककीद्वार दुस्ख ब्यक्त,तत्काल राहत र उद्धारमा जुट्न आग्रह

पोखरा,२९ साउन- नेकपा एमाले गण्डकी प्रदेश कमिटीले केहि दिनदेखि लगातार परेको वर्षाको कारण गण्डकी प्रदेश लगायत देशका विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको भन्दै तत्काल राहत र उदारका काम खटिन आफ्नो पार्टीको विभिन्न तहका कमिटी र जन वर्गीय संगठन र सरोकारवाला सरकारी निकायहरूलाई अपिल गरेको छ ।
सोमबार प्रदेश कमिटीको तर्फबाट एक अपिल जारी गर्दै एमालेले भारी वर्षा पश्चात आएको बाढीले गर्दा मुस्ताङ्गको कागवेनी क्षेत्रका दर्जनौं घरहरु क्षतिग्रस्त भएकाछन् भने करोडौंको भौतिक सम्पत्ति समेत नष्ट भएको छ । बाढी तथा पहिरोले होटल, बैंक, नीजि घरहरु भत्काउनुका साथै कयौं सवारी साधनहरु बगाएको छ भने लोमान्थाङ्ग जाने कंक्रिट पुल पूणर्रुपले क्षतिग्रस्त हुन पुगेको छ । त्यसैगरी वेनी जोमसोम सडक खण्ड पूणर् रुपले अबरुद्ध हुन पुगेको छ, भने म्याग्दीको वैसरी तथा वेनी दर्वाङ्ग खण्डको फापरखेतमा पहिरो गएर सडक अवरुद्ध हुन पुगेको छ । गोरखामा मदन-आश्रित स्मृति प्रतिष्ठानको भवन रहेको स्थानको माथिल्लो माग पूणर्रुपमा क्षतिग्रस्त हुन पुगेको छ । लमजुङ्गमा मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा गएको पहिरोका कारण आवगमन प्रभावित भएको छ । वेसीशहरबाट मनाङ्ग जाने सडक खरखरे पहिरोका कारण जोखिममा परेको छ । जानकारीमा आएको भन्दै विज्ञप्तिमा उद्धार कार्यमा कुनै कसुर बाकी नराख्न आग्रह गरेको छ ।
एमाले गण्डकी प्रदेश उप सचिव तथा प्रचार, प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यद्वारा हस्ताक्षरीत अपिलमा मनाङ्गको ताल गाउँ संरक्षणको लागि मस्र्याङ्दी नदीमा लगाएको प्लम्बीङ्गबाल भत्किएको छ । गण्डकी प्रदेश र देशभर बाढी पहिरोले पुर्‍याएको क्षति प्रति नेकपा एमाले गण्डकी प्रदेश कमिटी दुःख व्यक्त गर्दछ भनिएको छ । यस विपतको घडीमा राहत तथा उद्धारमा जुट्न स्थानीय सरकार, स्थानीय प्रशासन, नागरिक समाज, पार्टी पंक्ति र आम जनसमुदाय सक्षम पार्टी हार्दिक अपील गर्दछ । बाढी पहिरोका कारण क्षति ग्रस्त भएका सबै स्थानहरुको विवरण शिघ्र संकलन गर्न तथा क्षति पुगेका स्थानहरुमा राहतको घोषणा गर्न नेपाल सरकार र गण्डकी प्रदेश सरकार समक्ष नेकपा एमाले गण्डकी प्रदेश जोडदार माग समेत गरेको छ ।

ताजा

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

जन्मदिनकाे अवशरमा अमोर सेवा बालगृहलाई फ्रिज सहयोग

२०८३ श्रावण २४ गते, आईतवार

कञ्चन पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय सारु र जिटी सम्मानित

२०८३ श्रावण २१ गते, बिहीबार

बिरुवा गाउँपालिकाको सार्वजनिक सुनुवाइ सम्पन्न

२०८३ श्रावण २१ गते, बिहीबार

स्याङ्जामा सामाजिक सद्भाव र्‍याली

२०८३ श्रावण १७ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal