बाढी पहिरोले पुर्याएको क्षतीप्रती एमाले गण्डककीद्वार दुस्ख ब्यक्त,तत्काल राहत र उद्धारमा जुट्न आग्रह

पोखरा,२९ साउन- नेकपा एमाले गण्डकी प्रदेश कमिटीले केहि दिनदेखि लगातार परेको वर्षाको कारण गण्डकी प्रदेश लगायत देशका विभिन्न ठाउँमा जनजीवन प्रभावित भएको भन्दै तत्काल राहत र उदारका काम खटिन आफ्नो पार्टीको विभिन्न तहका कमिटी र जन वर्गीय संगठन र सरोकारवाला सरकारी निकायहरूलाई अपिल गरेको छ ।
सोमबार प्रदेश कमिटीको तर्फबाट एक अपिल जारी गर्दै एमालेले भारी वर्षा पश्चात आएको बाढीले गर्दा मुस्ताङ्गको कागवेनी क्षेत्रका दर्जनौं घरहरु क्षतिग्रस्त भएकाछन् भने करोडौंको भौतिक सम्पत्ति समेत नष्ट भएको छ । बाढी तथा पहिरोले होटल, बैंक, नीजि घरहरु भत्काउनुका साथै कयौं सवारी साधनहरु बगाएको छ भने लोमान्थाङ्ग जाने कंक्रिट पुल पूणर्रुपले क्षतिग्रस्त हुन पुगेको छ । त्यसैगरी वेनी जोमसोम सडक खण्ड पूणर् रुपले अबरुद्ध हुन पुगेको छ, भने म्याग्दीको वैसरी तथा वेनी दर्वाङ्ग खण्डको फापरखेतमा पहिरो गएर सडक अवरुद्ध हुन पुगेको छ । गोरखामा मदन-आश्रित स्मृति प्रतिष्ठानको भवन रहेको स्थानको माथिल्लो माग पूणर्रुपमा क्षतिग्रस्त हुन पुगेको छ । लमजुङ्गमा मध्यपहाडी लोकमार्गका विभिन्न ठाउँमा गएको पहिरोका कारण आवगमन प्रभावित भएको छ । वेसीशहरबाट मनाङ्ग जाने सडक खरखरे पहिरोका कारण जोखिममा परेको छ । जानकारीमा आएको भन्दै विज्ञप्तिमा उद्धार कार्यमा कुनै कसुर बाकी नराख्न आग्रह गरेको छ ।
एमाले गण्डकी प्रदेश उप सचिव तथा प्रचार, प्रकाशन बिभाग प्रमुख रश्मि आचार्यद्वारा हस्ताक्षरीत अपिलमा मनाङ्गको ताल गाउँ संरक्षणको लागि मस्र्याङ्दी नदीमा लगाएको प्लम्बीङ्गबाल भत्किएको छ । गण्डकी प्रदेश र देशभर बाढी पहिरोले पुर्‍याएको क्षति प्रति नेकपा एमाले गण्डकी प्रदेश कमिटी दुःख व्यक्त गर्दछ भनिएको छ । यस विपतको घडीमा राहत तथा उद्धारमा जुट्न स्थानीय सरकार, स्थानीय प्रशासन, नागरिक समाज, पार्टी पंक्ति र आम जनसमुदाय सक्षम पार्टी हार्दिक अपील गर्दछ । बाढी पहिरोका कारण क्षति ग्रस्त भएका सबै स्थानहरुको विवरण शिघ्र संकलन गर्न तथा क्षति पुगेका स्थानहरुमा राहतको घोषणा गर्न नेपाल सरकार र गण्डकी प्रदेश सरकार समक्ष नेकपा एमाले गण्डकी प्रदेश जोडदार माग समेत गरेको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal