गल्याङ चेम्बरको दोस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा अर्जुन रानाभाट

गल्याङ,२९ साउन- गल्याङ चेम्बर अफ कमर्सको साधारणसभा तथा दोस्रो अधिवेशन सम्पन्न भएको छ ।

अधिवेशनको उद्घाटन गर्दै गल्याङ नगरपालिका प्रमुख गुरुप्रसाद भट्टराईले गल्याङलाई विकासको गति दिन स्थानीय सरकार लागि परेको बताउनुभयो । उहाँले स्याङ्जाको पिछडिएको क्षेत्रको रुपमा गल्याङ नगरपालिका रहेको भन्दै यसलाई उकास्न सबैको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो । नगरप्रमुख भट्टराईले गल्याङलाई जोड्ने मुख्य शाखा बाटोहरु आफ्नो कार्यकालसम्मा कालोपत्रे हुने बताउनुभयो । पुराना कामहरुलाई निरन्तरता दिदै विकासका लागि सबै एकाकार हुनुपर्ने भन्दै नगरप्रमुख भट्टराईले कृषि उत्पादनलाई जोड दिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा निवर्तमान नगरप्रमुख भुपराज अधिकारीले सानो कामबाट विकासको काम थाल्नुपर्ने बताउनुभयो । आफ्नो कार्यकालमा भएको कामको स्मरण गर्दै उहाँले कृषि उत्पादनलाई नै जोड दिन चेम्बर अफ कमर्सलाई आग्रह गर्नुभयो । अधिकारीले गल्याङ क्षेत्रको हितका लागि उद्योग वाणिज्य संघ र चेम्बर मिलेर काम गर्न सुझाब दिनुभयो ।

यसै बिच, गल्याङ चेम्बर अफ कमर्सको साधारणसभा तथा दोस्रो अधिवेशनले बरिष्ठ उपाध्यक्ष अर्जुन रानाभाटको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति सर्बसम्मत गठन गरेको छ ।
संस्थाको बरिष्ठ उपाध्यक्षमा रुमलाल कँडेल, प्रथम उपाध्यक्षमा कुमार श्रेष्ठ तथा उपाध्यक्षमा दलबहादुर सिंजाली चयन हुनु भएको छ । महासचिवमा हिमलाल भण्डारी, सचिवमा सुमित्रा खड्का, सहसचिवमा रमेशकुमार अधिकारी, कोषाध्यक्षमा कृष्णकुमारी राना र सहकोषाध्यक्षमा सुनिल विक चयन हुनुभएको छ ।
सदस्यहरुमा दुर्गाप्रसाद कर्माचार्य, दिपकप्रसाद अधिकारी, कमल रानाभाट, पुरुषोत्तम बस्याल, शम्भुनारायण अधिकारी, लालकुमारी गुरुङ, रजिन खान, शंकर श्रेष्ठ, गोपाल अधिकारी, जमुना थापा, सविता राना र शिब भट्टराई चयन हुनुभएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal