आखाँ पाक्ने रोगको जोखिम कम गर्न वालिङका विद्यालय ४ दिन बन्द हुने
वालिङ,२५ साउन- वालिङ नगरपालिकाका विभिन्न विद्यालयहरुमा आँखा पाक्ने रोग देखिएपछि नगरभित्रका विद्यालयहरु ४ दिनसम्म बन्द गरिनेभएको छ ।
आँखा पाक्ने रोग संक्रामक भएकाले एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने हुँदा ४ दिनसम्म विद्यालय बन्द गरिएको नगरपालिकाले जनाएको छ ।
वालिङ नगरपालिकाले एक सूचना प्रकाशित गरी नगरभित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरु ४ दिनसम बन्द रहने जनाएको हो । यो रोग संक्रमक रहेकाले धेरै मानिसहरुको भिडभाडमा सजिलै सर्न सक्ने र धेरै संख्यामा यसको संक्रमण हुने भएकाले ४ दिन वालिङका विद्यालय बन्द गरिएको नगरप्रमुख कृष्ण खाँणले जानकारी दिनुभयो ।
यो विदा अन्य विदाबाट कट्टी गरिने भएकाले विद्यार्थीको पठनपाठनमा कुनै असर नर्गर्ने प्रमुख खाँणको भनाई छ ।
यो ४ दिनको विदा विद्यालयहरुले आफ्नो वर्षे, हिउँदे, स्थानीय विदाबाट कट्टी गर्नुपर्नेछ । साउन २९ गते सोमबार सम्म विद्यालय बन्द रहने भएकाले अभिभावकहरुलाई सुरक्षित रहन आग्रह गरेको हो ।
नगरपालिका प्रमुख प्रशासकिय अधिकृत तेजराज शर्माद्वारा जारी सूचनामा यस विदाको अवधिमा विद्यार्थीलाई सुरक्षित रुपमा घरमै रहन अनुरोध गरिएको छ ।

ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















