साउनको तेस्रो सोमबार छायाँक्षेत्रमा ३५ हजार भेटी संकलन

फाइल तस्विरः
वालिङ,१५ साउन- स्याङ्जा जिल्लाको प्रसिद्ध ऐतिहासिक मन्दिर छायाँक्षेत्र मन्दिर छाङ्छाङ्दीमा साउनको तेस्रो सोमबार पनि भक्तजनहरुले मन्दिर दर्शन, स्नान तथा पुजापाठ गरेका छन् । साउन महिना शिव भगवानको महिना भएकाले साउन महिनाभर शिवालयहरुमा जाने शिवभगवानको उपासना गर्ने गरिन्छ भने विशेष गरी सोमबार ब्रत बस्ने मन्दिर जाने गरिन्छ ।
जिल्लाकै पवित्र धार्मिक स्थल मानीने छायाँक्षेत्रमा विगतका वर्षहरुमा भन्दा यस वर्ष दर्शन गर्न आउने भक्तजनहरुको संख्या बढेको छायाँक्षेत्र मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पिताम्वर श्रेष्ठले बताउनुभयो ।
साउन महिनामा शिवजीको ब्रत बस्दा मनोकाक्षां पुराहुने धार्मिक जनविश्वासका साथ साउन महिनाभरी चोखो खाएर भगवान शिवको उपासना गर्ने गरिन्छ । यसैबीच मन्दिरमा साउनको तेस्रो सोमबार दर्शन गर्नआउने शर्दालु भक्तजनहरुबाट ३५ हजार २८२ रुपैँया भेटी संकलन भएको छ ।
मन्दिर व्यवस्थापन समितिका सचिव तथा आर्थिक संकलन समिति संयोजक शोभाकान्त पौडेलका अनुसार मन्दिरमा सहयोग रसिदबाट ९ हजार ७३२, भजन मण्डालीबाट १७ हजार, दानपेटिकाबाट ८ हजार र्पािर्कङ ५ हजार ५ सय गरी ३४ हजार २८२ रुपैँया संकलन भएको हो ।
यसरी विभिन्न पर्व विषेशबाट संकलित भेटी तथा रकमले मन्दिर व्यवस्थापन र मन्दिर परिसरमा भौतिक पूर्वाधार निर्माणमा खर्च गर्ने गरिन्छ । छाँयाक्षेत्र मन्दिरको महिमा श्री स्वस्थानी ब्रत कथामा समेत उल्लेख छ । श्रीस्वस्थानी वर्त कथामा भनिए अनुसार भगवान शिवले सतिदेवीको स्वर्गारोहण भएपछि सतीदेवीको मृत शरिर लिएर हिड्ने क्रममा गलेको शरिरको अन्तिम अंग खसेको धार्मिक विश्वासका साथ छायाँक्षेत्र मन्दिरमा विशेष पर्वहरुमा भक्तजनको भिड लाग्ने गर्छ ।

ताजा

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

आज जनैपूर्णिमा पर्व मनाइँदै

२०८३ भाद्र १२ गते, शुक्रबार

सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”

२०८३ भाद्र ११ गते, बिहीबार

भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय

२०८३ भाद्र ११ गते, बिहीबार

बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने

२०८३ भाद्र ११ गते, बिहीबार

मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने

२०८३ भाद्र १० गते, बुधबार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal