स्याङ्जामा ८५ प्रतिशत रोपाइँ
वालिङ,१६ साउन- स्याङ्जामा धान उत्पादन हुने कुल क्षेत्रफल मध्ये ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । साउन १५ आईपुग्दा जिल्लाको १८ हजार हेक्टर क्षेत्रफल मध्ये ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको हो । यो समाचार त्यार पार्दा सम्म ८५ प्रतिशत रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यस वर्ष समयमै प्रर्याप्त मात्रामा वर्षा नहुँदा धान रोपाइँ हुने जमिन मध्ये कम जमिनमा रोपाइँ हुने कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्लो समय जनशक्ति नहुँनु, बसाईसराई, प्रर्याप्त वर्षा नहुँनुका कारण जिल्लामा गतवर्ष भन्दा यसवर्ष कम क्षेत्रफलमा रोपाइँ हुने कृषि ज्ञान केन्द्रका प्रमुख विनोद हमालले बताउनभुयो ।
ज्ञान केन्द्रका प्रमुख हमालले भन्नुभयो, “गत वर्ष ९८ प्रतिशत रोपाइँ भएको थियो । यस वर्ष भने धान खेती हुने भुभाग मध्ये ९५ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरेका छौँ ।” माथिल्लो भागहरुमा छिटै रोपाइँ गर्नुपर्ने भएपनि यस वर्ष समयमै वर्षा नहुदा केहि जमिन बाँझै रहेका छन् । वर्षेनि रोपाइँको क्षेत्रफल घट्दै गएको छ । बढ्दो शहरीकरण, युवाहरु वैदेशिक रोजगारीमा जानु, मौसम प्रतिकुलत लगायतका विविध कारणले खाद्यात्त उत्पादन अनुपात घद्टो क्रममा रहेको देखिन्छ ।
११ पालिका रहेको जिल्लामा हरिनास गाउँपालिकामा रोपाइँ सकिएको छ । हरिनासमा यस वर्ष ९५ प्रतिशत रोपाइँ भएको छ भने सबै भन्दा कम कालीगण्डकीमा ६५ प्रतिशत रोपाइँ भएको छ । अवको एक सातामा सबै स्थानमा रोपाइँ लागि तयारी अवस्थामा रहेका खेत तथा व्याडहरु रोपेर सकिने अनुमान ज्ञान केन्द्रको छ ।
जिल्लामा १६ हजार क्षेत्रफलमा वर्षे धान र २ हजार क्षेत्रफलमा चैते धान गरी १८ हजार क्षेत्रफलमा धान खेती गर्न सकिन्छ ।
विभिन्न हाईब्रिट जातका धानहरु बजारमा भित्रिए पनि स्याङ्जाका कृषकहरुले उन्ननत जातको धान नै लगाउने गरेका छन् । हाईब्रिटमा छिटै रोग किराले आक्रमण गर्ने भएकाले कृषकहरु उन्नत जातका धानमा आर्कषित छन् । सावित्रि, सुनौलो सुगन्धलगायतका उन्नत जातका धान नै स्याङ्जाका किसानले लगाउँदै आएको केन्द्रका प्रमुख हमालले बताउनुभयो ।
उन्नत जातको धानका लागि जिल्लामा १५ वटा बिउ उत्पादन गर्ने समुह छन् । ती समुहले उत्पादन गरेका उन्नत जातका धान जिल्लामा पुगेर पनि अन्य जिल्लामा निर्यात भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । जिल्लामा अझै पनि १२ प्रतिशत क्षेत्रफलमा परम्परागत गुडुला, जर्नेलीलगायतका धान रोप्ने गरेका छन भने १५ प्रतिशत हाईब्रिट लगाउने गरेकाछन् ।
स्याङ्जाको आँधीखोला किनार, कालीगण्डकी नदी किनार, ज्याग्दीखोला किनार, चापाकोट टार, रत्नपुर, कुवाकोट , गल्याङ, सेतीदोभान फाँटहरु र बिरुवा फाँटहरु धान खेतीका उर्वर क्षेत्र हुन। यहाँ तराईंका फाँटमा झैं धान उत्पादन हुन्छन् । यसै गरी, दहथुम, स्वरेक, खिलुङ, पुतलीबजार नगरपालिका, वालिङ नगरपालिका, चापाकोट, रत्नपुर, मल्यांकोट, चिन्नेवास, सेतीदोभान, बिरुवा, बिर्घा, अर्जुनचौपारी, राङभाङ, तुलसीभन्ज्याङ, जगतभन्ज्याङ धान उत्पादन हुने प्रमुख क्षेत्रहरु हुन ।
ताजा
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
आज जनैपूर्णिमा पर्व मनाइँदै
२०८३ भाद्र १२ गते, शुक्रबार
सम्पादकीय : “विपद्मा सक्दो सहयोग गरौँ”
२०८३ भाद्र ११ गते, बिहीबार
भोटेकोशी बाढीः ३३ देशका ६४४ पर्यटक सम्पर्कविहीन
२०८३ भाद्र ११ गते, बिहीबार
नेपालका दुई नदीको दोभानमा ‘ताल’ निर्माण, ३ दिनभित्र फुट्ने जोखिमः चिनियाँ जलस्रोत मन्त्रालय
२०८३ भाद्र ११ गते, बिहीबार
बाढीपीडित घाइतेको नेपाल मेडिकल कलेजले निःशुल्क उपचार गर्ने
२०८३ भाद्र ११ गते, बिहीबार
मन्त्रिपरिषद् बैठक: जनधनको क्षतिप्रति दुःख व्यक्त, प्रभावितको उद्धार, उपचार तथा पुनःस्थापनामा तत्काल कदम चालिने
२०८३ भाद्र १० गते, बुधबार
गोपनीयताको हक कायम गर
२०८३ भाद्र ९ गते, मंगलवार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार





















