स्वेच्छाचारीताले पार्टी सबल हुदैन एमाले सचिव बिष्ट

पोखरा,८ साउन-नेकपा ( एमाले ) गण्डकी प्रदेश कमिटीले कास्की जिल्ला बाट प्रतिनिधित्व गर्ने प्रदेश सचिबालय सदस्य तथा सदस्यहरू संग अन्तरक्रीया बैठक सम्पन्न गरेको छ ।
बैठकमा नेकपा (एमाले) का सचिव एवं गण्डकी प्रदेश कमिटीका इन्चार्ज गोकर्ण बिष्टले नयाँ चुनौती र जिम्मेवारीलाई सामना गर्न यथार्थमा मैदानमा उत्रनु पर्ने भन्दै परिणाम निस्कने गरि पार्टी काममा लाग्न सबै प्रदेश कमिटीका सदस्यहरूलाई आग्रह गर्नुभएको थियो ।
पूर्वि मन्त्री समेत रहनुभएका सचिव बिष्टले एमाले सरकारका योजना र प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधिहरूले गरेका कामको प्रभाबकारी प्रचार संगै सबै नेता तथा कार्यकर्ताहरू अनुशासित र इमान्दार व्यवहार हुनुपर्नेमा जोड दिनुभयो ।
संगठनात्मक अराजकता र स्वेच्छाचारीताले पार्टी सबल हुन नसक्ने बताउदै बिष्टले नेतृत्वदेखि कार्यकर्ता सम्म त्यसको अन्त्य अबको पहिलो शर्त हुने बताउनुभयो ।
अवशरका लागि मात्रै पार्टी खोज्ने प्रवृत्ति घातक भएको हुँदा निहित ब्यक्तिगत स्वार्थ केन्द्रीत हुने गरि काम नगरी देश र जनताको हितमा मात्रै केन्द्रित हुन आफ्नो पार्टीका निर्वाचित जन प्रतिनिधिहरूलाई सचिव बिष्टले आग्रह गर्नुभयो ।
उहाँले पार्टी प्रणालीमा चल्ने हुदा विधि र प्रक्रियाबाटै अनुशासन स्थापित गर्ने उद्घोष गर्नुभयो ।

कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य एवं गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले अब नेतृत्व होस वा कार्यकर्ता सच्चिनुको बिकल्प नभएको बताउनुभयो । पार्टीका विरुद्ध भएका अनर्गल प्रचारलाई परास्त गर्न प्रतिवाद गर्नुपर्ने बताउदै एक भएर लाग्न समेत कार्यक्रताहरुलाई आग्रह गर्नुभयो ।
ताजा

प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
प्रधानमन्त्रीद्वारा राष्ट्रिय पत्रकारिता दिवसको शुभकामना
२०८२ बैशाख २४ गते, बुधबार
धर्मले समाजलाई अनुशासित बनाउँछ: पूर्व मन्त्री अर्याल
२०८२ बैशाख २३ गते, मंगलवार
पूर्वमन्त्री प्रदीप नेपालको निधन
२०८२ बैशाख २३ गते, मंगलवार
‘सरकारले यथाशीघ्र प्राङ्गारिक र जैविक मलको व्यवस्था गर्नेछ’
२०८२ बैशाख २१ गते, आईतवार
प्रधानमन्त्रीसमक्ष राज्यमन्त्री गर्बुजाको सपथ
२०८२ बैशाख २१ गते, आईतवार
चालिसेमा महायज्ञ हुने
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा वालिङमा स्वास्थ्य शिविर
२०८२ बैशाख २० गते, शनिबार
विश्व प्रेस स्वतन्त्रता दिवस २०२५ को महत्व र नारा
२०८२ बैशाख २० गते, शनिबार
यी हुन् सरकारको नीति तथा कार्यक्रममा परेका महत्त्वपूर्ण विषयहरू
२०८२ बैशाख १९ गते, शुक्रबार