वालिङमा खुला छन्दोवद्ध कविता वाचन प्रतियोगिता


गोपाल जिटी
वालिङ,२९ असार-वालिङमा खुला छन्दोवद्ध कविता वाचन प्रतियोगिता गरिएको छ । २१० औं भानु जयन्तीका अवसरमा भेषजराज साहित्य प्रतिष्ठान र वालिङ बहुमुखी क्याम्पसको संयुक्त आयोजनामा शुक्रबार खुला छन्दोवद्ध कविता वाचन प्रतियोगिता गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै विन्दवासिनी संस्कृत विद्यापीठ पोखराका प्राचार्य प्रा. डा..जगनाथ रेग्मीले आदिकवि भानुभक्तको बारेमा हामीले जति वणर्न गरेपनि कमै हुने बताउनुभयो । नेपाली साहित्यमा भानुभक्तको योगदान अतुलनीय रहेको उहाँले औंल्याउनुभयो । भानुभक्तलाई बास्तविकरुपमा सम्झने भनेको यस्तै साहित्यिक कार्यक्रम गरेर हो भन्दै प्रा. डा. रेग्मीले छन्दोवद्ध कविता वाचन प्रतियोगिताको प्रशंसा गर्नुभयो । विद्यार्थीहरुमा पनि यस्ता कार्यक्रमले साहित्यिक सचेतनाको विकास गर्छ र समाज रुपान्तरणमा टेवा पुग्छ । कविता लेखन तथा वाचन कार्यक्रमको आयोजनाले नेपाली साहित्यको प्रवद्र्धन हुने उहाँको भनाई छ ।

प्रतियोगितामा धेरैजसो वालिङ स्थित विभिन्न विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको थियो । कार्यक्रममा ३४ जनाको सहभागिता रहेको थियो ।
प्रतियोगितामा फिस्टेल एकेडेमी पोखराकि सदिक्षा रानाभाटले प्रथम स्थान हासिल गरिन् भने गल्याङ ११ कि बसन्ती अधिकारीले द्वितीय भइन् । यसैगरी भीरकोट २ कि समिक्षा राना तृतीय र गल्याङ २ का दिपक तिवारी तथा पाल्पा रामपुरका विनिता पाठकले सान्त्वना स्थान हाँसिल गरे । कार्यक्रममा विभिन्न स्थान हाँसिल गर्नेहरुले नगदसहित प्रमाणपत्र प्राप्त गरेका छन् ।
कार्यक्रममा भेषजराज साहित्य प्रतिष्ठानको काव्य विमर्श एवम् नियमित रचना वाचनको ६२ औं शृङ्खला अन्तरगत कवि तथा साहित्यकारहरुले आ-आफ्ना सिर्जना वाचन गरेका थिए ।
प्रतियोगिताका लागि प्रथम पुरस्कार प्रायोजन शैक्षिक पोशाक बगैंचाले र द्वितीय पुरस्कारको प्रायोजन श्री पूणर्ामृत भवानी माविले गरेको थियो । यसैगरी तृतीय पुरस्कारको प्रायोजन पीसजोन इन्टिग्रेटेड एजुकेशन एकेडेमीले र सान्त्वना सिद्धार्थ डेण्टल क्लिनिक वालिङले गरेका थिए ।

ताजा

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

स्याङ्जामा ७९ प्रतिशत बजेट खर्च

२०८२ असार २७ गते, शुक्रबार

बुद्धको प्रतिमा र राताम्मे पहाड

२०८२ असार २५ गते, बुधबार

स्याङ्जाका चार उत्कृष्ट कृषक सम्मानित

२०८२ असार २५ गते, बुधबार

मुस्ताङमा दुई पक्कि पुल सहि छ पुलमा क्षती

२०८२ असार २४ गते, मंगलवार

बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगायो, ठुलो जनधनको क्षति भएको आशङ्का

२०८२ असार २४ गते, मंगलवार

कालीगण्डकीमा व्यावसायिक अकबरे खुर्सानीखेती

२०८२ असार २० गते, शुक्रबार

मेची महाकाली मिडिया साेसाइटी द्वारा आयाेजित जलवायु संवाद

२०८२ असार २० गते, शुक्रबार

भीरकोटमा उत्कृष्ट कृषक सम्मानित

२०८२ असार १९ गते, बिहीबार

विश्वकै ठुलो शालिग्राम शिला एक महिनादेखि डुबानमा

२०८२ असार १९ गते, बिहीबार

घरेलु हिंसाका घटनामा वृद्धि : इन्सेक

२०८२ असार १८ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal