एनआरएनए अमेरिकाको अध्यक्ष पदका उम्मेदवार डिलु राम पराजुलीद्वारा चुनावी अभियानलाई तिब्रता

स्याङ्जा(वालिङ),१५असार-गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाको आगामी कार्यकालका २०२३-२५ लागि अध्यक्ष पदको उम्मेदवारी दर्ता गरेर चुनावी अभियानमा लाग्नु भएका डिलु राम पराजुलीले आफ्नो चुनावी अभियानको प्रचारप्रसारलाई तिब्र पार्नुभएको छ ।

अमेरिकाको केन्टकीमा बस्दै आउनुभएका पराजुली एनआरएनए अमेरिकाको उपाध्यक्ष समेत हुनुहुन्छ ।
अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएसँगै पराजुली अमेरिकाको विभिन्न राज्यहरुमा पुगेर आफ्नो चुनावी अभियानका साथै भेटघाटलाई तिब्रपार्नुभएको हो । स्पस्टरुपमा आफ्ना कुरा राख्ने पराजुली अमेरिकामा बस्दै आएका नेपालीहरुको हितका लागि आफुले अध्यक्षको उम्मेदवारी दिएर चुनावी अभियानमा लागेको बताउनुभयो ।

एनआरएनए अमेरिका निर्वाचन आयोगले जुलाई १७ र १८ गतेको दिनलाई मतदानको दिन तोकेको छ । सो दिनमा गैरआवासीय नेपालीहरुको हितका पक्षमा काम गर्न आफ्नो पक्षमा मतदान गर्न समेत अध्यक्ष पदका उमेदवार पराजुलीले सम्पूणर् गैरआवासीय नेपाली संघमा आवद्ध हुनुभएका मतदाताहरुलाई आवहान गर्नुभएको छ ।
अमेरिकाम रहेका सबै नेपालीहरुको आम चासो र सरोकारलाई सम्बोधन गर्नुका साथै संस्थालाई व्यवस्थित गराउदै आगडी बढ्नको लागि आफुले उम्मेदवारी दिएको पराजुलीको भनाइ छ ।

जन्म भूमी नेपालबाट कर्म भूमी अमेरिका आएका पहिलो पुस्ता र अमेरिकामै जन्मीएर हुर्कदै गरेको दोस्रो पुस्ता बिच नेपाली भाषा संस्कृति र संस्कारको बुझाईमा केही समस्या देखिएकोले त्यसको समाधानका साथै विदेशमा आफुलाई विभिन्न विधामा स्थापित बनाउने र नेपालको हितमा काम गर्ने परिवेश निर्माणका लागि परिपक्क जग तयार पार्न आफुले उम्मेदवारी दिएको पराजुलीले बताउनुभयो । अमेरिकामा रहेका नेपालीहरुको विवरण संकलन गरि त्यसलाई एकीकृत डिजिटल सिस्टममा राख्नुका साथै दोहोरो नागरिकताको निरन्तरताको लागि अझै संगठित भएर अगाडी बढ्नुपर्ने र तत्कालका लागि गैरआवासीय नेपाली नागरिकताको नियमावली बन्दै गर्दा अधिकतम अधिकार र सहजरुपमा प्राप्तिका लागि गर्नुपर्ने भएकोले आफुले उम्मेदवारी दिएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनसीसी) अमेरिकाका अध्यक्ष पदका उम्मेदवार पराजुलीको भनाइ रहेको छ ।

स्याङ्जाको वालिङ नगरपालिका वडा नम्बर १२ साविक सिर्सेकोट गाविस ९ धनमुडामा जन्मनुभएका डिलु राम पराजुली हाल अमेरिकामा बस्दै आउनुभएको छ । अमेरिकामा रहेर विभिन्न सामाजिक संघ सस्थामा सक्रिय रहदै आउनुभएका पराजुलीले आगामी जुलाई १७ र १८ मा हुने गैरआवासीय नेपाली संघको निर्वाचनमा आफ्नो पक्षमा मतदान गरेर सहयोग गर्न एनआरएनएमा आवद्ध सबैमा आग्रह गर्नुभएको छ ।

ताजा

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal