पाउडर दूध बनाउने डिडिसीको प्लान्ट बन्द, निजी संस्थालाई सरकारकै २० करोड अनुदान

शशिधर पराजुली

विराटनगर, २५ फागुन– कोशी प्रदेश सरकारको लगानीमा नयाँ पाउडर प्लान्ट स्थापना भई सञ्चालनको तयारी भइरहेको बेला सरकारको स्वामित्वमा रहेको दूध विकास संस्थानको विराटनगरस्थित विराटनगर दुग्ध वितरण आयोजनाको पाउडर प्लान्ट बन्द भएको छ । बजेट र सरकारी नियमन अभावले प्लान्ट झन्डै एक वर्ष देखि शून्य गतिविधि गर्दै आएको हो । 

तर सरकारी स्वमित्वकै प्लान्ट बन्द गरेर कोसी प्रदेश सरकारले भने निजी संस्थालाई २० करोड रुपैयाँ अनुदान रकम उपलब्ध गराएको छ । सरकार नै सरकारी संस्थाहरूलाई दुरुत्साहन गर्दै निजीलाई वढावा दिएको यो एउटा गतिलो उदाहरण बनेको छ । विराटनगरको डिडिसीको प्लान्ट बन्द छ तर सुनसरीको तरहरामा रहेको सगरमाथा विशिष्टीकृत सहकारी संस्थालाई पाउडर दूध उत्पादन गर्न भन्दै २० करोड रुपियाँ अनुदान उपलब्ध गराएको हो । 

दूधको खपत बढाउने उद्देश्यले डिडिसीले सञ्चालनमा ल्याएको प्लान्टलाई भने सरकार नत अनुगमन नै गरेको छ नत अनुदान रकम नै उपलब्ध गराएको छ । तत्कालीन प्रदेश १ सरकारले यसरी सरकारी संस्था बन्द गराउने खेल खेलेको गुनासो स्थानीयहरूले गरेका छन् । 

किसानहरूकै चलाखीले डिडिसीको प्लान्ट बन्द गरेर निजीकरण गरी उपभोक्ता माथि मनोमानी सुरु गर्न थालेको बुझिएको छ । यता डिडिसीको पाउडर प्लान्टमा दूध अभाव गराउँदै यहाँका किसानले दैनिक १५ हजार लिटर दूध कास्कीको पोखरामा विक्री गर्दै आएको थियो । त्यसपछि दूध नपाएपछि प्लान्ट बन्द जस्तै भएको छ, यता निजी संस्थाले उस्तै प्रकारको प्लान्ट निर्माण सम्पन्न गरेपछि अव डिडिसीको प्लान्ट सञ्चालन हुने अवस्थामा छैन । 

किसानहरूले भने डिडिसीको सञ्चालन घाटा उच्च भएका कारण किसानसँग दूध खरिद गरे पनि समयमा किसानलाई पैसा तिर्न नसकेका कारण दूध विक्री नगरेको जनाएको छ । 

ढिलो भुक्तानीले समस्या हुने भएपछि किसानहरूले डिडिसीको साटो निजी डेरी तथा सहकारीहरूलाई दूध बिक्री गर्न थालेका स्वीकार गरेका हुन् । दैनिक सरदर ७० हजार लिटर दूध सङ्कलन गर्दै आएको डिडिसीको विराटनगर आयोजना क्रमशः खुम्चिँदै दैनिक ४० हजार, २० हजार हुँदै अहिले शून्य जस्तै भएको छ । 

अव प्रदेश १ का किसानबाट उत्पादित दूधको खपत बढाउन र बढी दूध उत्पादन हुने समयमा धूलो दूध बनाएर राख्न समस्या नहुने विशिष्टीकृत सहकारी संस्थाका व्यवस्थापक मेघराज लुइँटेलले बताउनुभयो । 

सहकारीले प्रतिघण्टा १० हजार लिटर दूध प्रोसेसिङ गरी पाँच मेट्रिकटन धूलो दूध उत्पादन गर्ने क्षमताको पाउडर प्लान्ट स्थापना गरेको लुइँटेलले बताउनुभयो । उहाँले चैत्र महिनाभित्रै प्लान्ट उद्घाटन गर्ने तयारी रहेको जानकारी दिनुभयो । कोसी प्रदेश सरकारको २० लाख अनुदान र सहकारी संस्थाको तर्फबाट ८ करोड रुपैयाँ गरी २८ करोडमा प्लान्ट निर्माण गरेको उहाँले बताउनुभयो । 

दूधको मूल्य वृद्धि

सरकारले केही दिन अगाडि दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँले बढाएको छ । मूल्य वृद्धिपछि दूध उत्पादक किसानहरू उत्साहित भएका छन् । पछिल्लो मूल्य वृद्धिसँगै भैँसी पाल्ने किसानहरूले प्रतिलिटर ९० रुपैयाँ वा त्यसको हाराहारीमा पाउने भएका छन् ।

ताजा

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

सुन्दरबजारमा आगलागी, दुईतले घर जलेर नष्ट

२०८२ जेष्ठ ३१ गते, शनिबार

वालिङ बहुमुखी क्याम्पसमा एक महिने फेसन डिजाइन तालिम

२०८२ जेष्ठ ३० गते, शुक्रबार

वालिङमा सुनाैलाे हजार दिनका आमालाई पाेसिलाे झाेला

२०८२ जेष्ठ २९ गते, बिहीबार

नवग्रह मन्दिरमा भागवत वाचिका राधिका दासीद्वारा दर्शन

२०८२ जेष्ठ २९ गते, बिहीबार

‘एयर इन्डिया’को विमान दुर्घटना

२०८२ जेष्ठ २९ गते, बिहीबार

आजको मौसमः केही स्थानमा भारी वर्षा हुने

२०८२ जेष्ठ २९ गते, बिहीबार

विद्यार्थीलाई कपाल काट्ने तालिम

२०८२ जेष्ठ २९ गते, बिहीबार

चिसापानी–देउराली-बानीडाँडा सडक धमाधम कालोपत्र हुँदै

२०८२ जेष्ठ २९ गते, बिहीबार

मह र मासमा अनुदान पाएपछि तनहुँका किसान उत्साहित

२०८२ जेष्ठ २८ गते, बुधबार

मुलुक पुरानो व्यवस्थामा नफर्कने

२०८२ जेष्ठ २८ गते, बुधबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal