नारी दिवसमा रोटरी क्लबद्वारा गण्डकी समाचार कर्मी राना सहित दश महिला सम्मानीत


वालिङ,२५ फागुन– अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसका अवसरमा रोटरी क्लब अफ वालिङले १० जना महिलाहरुलाई सम्मान गरेको छ । कार्यक्रममा संचार क्षेत्रका माध्यमबाट सामाजिक क्षेत्रमा योग्दान पुर्याएको भन्दै क्लबले गण्डकी समाचार डट कमकी कार्यकारी सम्पादक कला रानालाई सम्मान गरेको हो ।

यसै गरी वालिङमा रहेर विभिन्न क्षेत्रका माध्यमबाट महिला मुक्ति तथा महिलाहरुको प्रेरणाकोरुपमा काम गरेको बताउदै नारी दिवसको अवसरमा मोटिभेशनल कार्यक्रम गरी महिलाहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा पूर्व महिला विकास अधिकृत कल्पना बस्याल, महिला उद्यमी दुर्गा न्यौपाने, अभिवक्रा संगिता नेपाली, सौन्दर्यकर्मी चुक्रकुमारी थापा दुर्गा, योग प्रशिक्षक कविता भुषाल, शिक्षक सोमुमाया राना, कृषक भिमा रेग्मी, खेलाडि अस्मिता रणपाल, कलाकार जुनु एकसे रहनुभएको छ ।

लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको बिस्तार भन्ने नाराका साथ आयोजित ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसमा विभिन्न क्षेत्रमा रहेर समाजमा योगदान पुर्याउनुभएको महिलाहरुको हौसला बढाउन सम्मान गरिएको रोटरी क्लब अफ वालिङकी अध्यक्ष सीता पाण्डे डुम्रेले बताउनुभयो ।

रोटरी क्लब अफ वालिङको आयोजनामा लायन्स क्लब, लायन्स क्लब ग्रिन होम, लियो क्लब, वालिङ जेसिज, रोट्याक क्लब, वालिङ साना कृषि सहकारी संस्था र ब्युटिपार्लर एशोसिएसनको समन्वयमा महिलाहरुलाई सम्मान गरिएको हो ।
कार्यक्रमा वालिङ नगरपालिका उपप्रमुख कविता तिवारीले वालिङ स्थित विभिन्न संस्था तथा क्लबहरुले आँफ्नो संस्थागत विकाससंगै समग्र वालिङको पहिचान स्थापित गर्न महत्वपुर्ण भुमिका खेल्दै आएको बताउनुभयो । संविधानमा प्रदत्त महिलाहरुको हक अधिकारको सशक्त कार्यान्वयनका लागि महिलाहरु एकतावद्ध हुनुपर्ने उहाँको भनाइ थियो ।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक नारी दिवसको अवसरमा आयोजित मोटिभेशनल कार्यक्रममा उषा सिंह मल्लले सहजीकरण गर्नुभएको थियो ।

ताजा

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

कृषि, पर्यटन र पूर्वाधारलाई प्राथमिकता दिँदै वालिङको झण्डै ९० करोड बजेट

२०८३ असार ११ गते, बिहीबार

बिरुवा गाउँपालिकाले ल्यायो ५१ करोड ६२ लाखको बजेट, पूर्वाधार क्षेत्रमा सबैभन्दा बढी लगानी

२०८३ असार ११ गते, बिहीबार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal