मिडियामा पीडित पक्षको आवाज पातलियोः अध्यक्ष बस्नेत

काठमाडौँ,१३ माघ- प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले मिडियामा पीडित पक्षको आवाजले कम स्थान पाएको र कतिपयले त थप पीडा दिने काम भएकोले त्यसलाई रोक्न सुझाव दिनुभएको छ । पीडितलाई थप पीडा दिने गरी समाचार र समाचारजन्य सामग्री दिनु आचारसंहिताको गम्भीर उल्लङ्घन हुने भएकोले काउन्सिलले गर्ने मिडियाको अनुगमन र मूल्याङ्कनमा यसलाई विशेष निगरानी गर्न थालिएको उहाँले बताउनुभयो । विशेष गरी अनलाइन र कतिपय सामाजिक सञ्जालबाट आपत्तिजनक सामग्री आइरहेको र त्यस्ता माध्यमलाई कडा कानुनी कारबाही हुँदै आएको बस्नेतले जानकारी दिनुभयो ।

‘पत्रकारिताबाट समाजलाई न्याय हुनुपर्ने हो, हिंसा न्यूनीकरण गर्न सघाउनुपर्ने हो तर कतिपय माध्यमबाट उल्टै हिंसा बढाउने, पारिवारिक कलह बढाउने र समाजलाई भड्काउने कार्य भएका छन् । पीडित पक्षको आवाज पातलिन थालिएको छ’ उहाँले भन्नुभयो, ‘नयाँ सञ्चालनमा आउने सञ्चार माध्यमले यस्ता कुरामा ध्यान दिएर समाचार सम्प्रेषण गरौँ, आचारसंहिता ख्याल गरौँ’ ।

प्रेस काउन्सिल नेपालमा आज भएको अभिमुखीकरणको १८ औँ श्रृङ्खलालाई सम्बोधन गर्दै अध्यक्ष बस्नेतले पत्रकारिता क्षेत्रले समाजका समस्या उजागर गर्नुपर्नेमा त्यसो हुन नसकेको भन्दै यस क्षेत्रले समाजलाई दिने न्यायमाथि प्रश्न उठ्न दिन नहुने बताउनुभयो ।

यस्तै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले समाजले पत्रकारिता क्षेत्रबाट राखेको अपेक्षा सही ढङ्गले पूरा गर्नु यस क्षेत्रको दायित्व भएको बताउनुभयो । उहाँले नजानेर अथवा कसैको स्वार्थ सिद्ध गर्न पत्रकारिता क्षेत्रको प्रयोग गर्नु गम्भीर गल्ती भएको औँल्याउनुभयो । उहाँले समाज रूपान्तरणको अभियानमा विश्वसनीय पत्रकारिता चाहिने भन्दै स्तरीय र विश्वसनीय पत्रकारिताका लागि लागु भएका पत्रकार आचारसंहिता र निर्देशिकाको पालना अनिवार्य सर्त भएको उल्लेख गर्नुभयो । अध्यक्ष पोखरेलले अनलाइनहरूलाई जिम्मेवार र मर्यादित बनाउन काउन्सिलले यस्ता रचनात्मक कामलाई निरन्तरता दिनुपर्ने सुृझाव दिनुभयो ।

प्रेस काउन्सिल नेपालले नयाँ सूचीकरण हुन आउने अनलाइनका सञ्चालक र सम्पादकलाई अभिमुखीकरण कक्षा दिँदै आएको छ । शुक्रबारको कक्षामा काउन्सिलका बोर्ड सदस्य रामप्रसाद दाहालले पत्रकार आचारसंहिता र न्यूनतम पारिश्रमिक निर्धारण समितिकी अध्यक्ष संगीता खड्काले विभिन्न सञ्चार निर्देशिका र तीनमा भएका व्यवस्थाबारे प्रशिक्षण दिनुभएको थियो ।

काउन्सिलका उपप्रशासकीय अधिकृत एवं सूचना अधिकारी रामशरण बोहराले सहजीकरण गर्नुभएको कार्यक्रममा सहभागीले उठाएका जिज्ञासामाथि विज्ञद्वय र काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालले प्रष्ट पार्नुभएको थियो । शुक्रबारको कक्षामा २७ वटा अनलाइनका सञ्चालक र सम्पादक सहभागी रहेका थिए ।प्रेस काउन्सिल

ताजा

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

स्याङ्जका स्थानीय तहको नीति तथा कार्यक्रमः स्वास्थ्य देखि विद्युत् महशुलमा छुट हुदै विजनेस सम्म

२०८३ असार ९ गते, मंगलवार

अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा

२०८३ असार ८ गते, सोमबार

मर्स्याङ्दी गाउँपालिकामा ५० युनिटसम्म विद्युत् निःशुल्क

२०८३ असार ६ गते, शनिबार

सनातन सभ्यताको जीवित केन्द्र

२०८३ असार ६ गते, शनिबार

फेदीखाेला गाउँपालिकाले मनायाे माैरी दिवस

२०८३ असार ५ गते, शुक्रबार

ट्याक्टर दुर्घटना हुदा चालक सहित दुई घाईते

२०८३ असार २ गते, मंगलवार

पर्यटकको रोजाइमा स्याङ्जाकाे म्हाजु भन्ज्याङ

२०८३ असार २ गते, मंगलवार

गण्डकीकाे बजेट ३३ अर्ब: ‘रिटर्न टु भिलेज’देखि ‘इन्भेष्ट गण्डकी’सम्म

२०८३ असार २ गते, मंगलवार

कापी–कलमसँगै केरा खेती : विद्यालयमै उद्यमी बन्दै विद्यार्थी

२०८३ असार २ गते, मंगलवार

नेपाल पत्रकार महासंघ स्याङ्जाद्वारा १० बुँदे आँधीखोला घोषणा पत्र जारी

२०८३ जेष्ठ २५ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal