भानुमावि आधिचौघेराको ६० औं वार्षिकोत्सव सम्पन्न

वालिङ,१३ माघ– चापाकोट नगरपालिका १ आधिचौघेरामा रहेको भानु माध्यमिक विद्यालयको ६० औ वार्षिकोत्सव कार्यक्रम अभिभावक दिवस एवं सरस्वती पुजा एक समारोहका बिच सम्पन्न भएको छ ।

कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईले शिक्षाको विकास नै देशको समग्र विकासको आधार भएकोले आफु शिक्षाको किासमा लागि पर्ने बताउनुभयो । सो कार्यक्रममा विद्यालयका सस्थापक भोजराज भण्डारी, चापाकोट नगरपालिका १ का वडा अध्यक्ष भुपराज वोस्ति, पूर्व शिक्षक दिपक रेग्मी, विद्यार्थीहरु मुना भण्डारी, रबिन थापा लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा प्रथम दोहोरी च्याम्पियन प्रकाश पराजुलीको प्रस्तुतिका साथै विद्यार्थीहरुको मौलिक नृत्यले कार्यक्रमलाई थप रोचक बनाएको थियो । भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

विद्यालयले ६० आंै वार्षिकोत्सवको अवसरमा पूर्व शिक्षकहरु बाबुराम भण्डारी, हरि भन्डारि, रामचन्द्र खनाल, सुन्दर खनाल, दिपक रेग्मी, सरिता लम्साल, दिपक भण्डारी, शिबराज सिग्देल र दिपेन्द्र ढकाललाई अभिनन्दन गर्नुका साथै कार्यरत शिक्षकहरु मोहन न्यौपाने, झबनाथ बस्याल, जगन्नाथ न्यौपाने, दिनेश यादव, खेम बहादुर राना, लिलाधर गैह्रे, टिकामाया आले, कर्मचारी रेशम थापा र विद्यालय सहयोगी चिरञ्जीवी भन्डारी र पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर आलेलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लिलाबल्लौ अर्यालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक बिनुप्रसाद पराजुलीको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षता र शिक्षक द्वय मोहन न्यौपाने र लिलाधर गैह्रेले सञ्चालन गर्नुभएको थियो ।

ताजा

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

पाैडी खेल्ने क्रममा आँधिखाेलामा बेपत्ता भएका बस्नेतकाे शव भेटियाे

२०८३ श्रावण २५ गते, सोमबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal