भानुमावि आधिचौघेराको ६० औं वार्षिकोत्सव सम्पन्न
वालिङ,१३ माघ– चापाकोट नगरपालिका १ आधिचौघेरामा रहेको भानु माध्यमिक विद्यालयको ६० औ वार्षिकोत्सव कार्यक्रम अभिभावक दिवस एवं सरस्वती पुजा एक समारोहका बिच सम्पन्न भएको छ ।
कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य महेश भट्टराईले शिक्षाको विकास नै देशको समग्र विकासको आधार भएकोले आफु शिक्षाको किासमा लागि पर्ने बताउनुभयो । सो कार्यक्रममा विद्यालयका सस्थापक भोजराज भण्डारी, चापाकोट नगरपालिका १ का वडा अध्यक्ष भुपराज वोस्ति, पूर्व शिक्षक दिपक रेग्मी, विद्यार्थीहरु मुना भण्डारी, रबिन थापा लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा प्रथम दोहोरी च्याम्पियन प्रकाश पराजुलीको प्रस्तुतिका साथै विद्यार्थीहरुको मौलिक नृत्यले कार्यक्रमलाई थप रोचक बनाएको थियो । भने विभिन्न विधामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

विद्यालयले ६० आंै वार्षिकोत्सवको अवसरमा पूर्व शिक्षकहरु बाबुराम भण्डारी, हरि भन्डारि, रामचन्द्र खनाल, सुन्दर खनाल, दिपक रेग्मी, सरिता लम्साल, दिपक भण्डारी, शिबराज सिग्देल र दिपेन्द्र ढकाललाई अभिनन्दन गर्नुका साथै कार्यरत शिक्षकहरु मोहन न्यौपाने, झबनाथ बस्याल, जगन्नाथ न्यौपाने, दिनेश यादव, खेम बहादुर राना, लिलाधर गैह्रे, टिकामाया आले, कर्मचारी रेशम थापा र विद्यालय सहयोगी चिरञ्जीवी भन्डारी र पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर आलेलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक लिलाबल्लौ अर्यालले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो । विद्यालयका सहायक प्रधानाध्यापक बिनुप्रसाद पराजुलीको स्वागत मन्तव्य संगै सुरुभएको कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद भण्डारीको अध्यक्षता र शिक्षक द्वय मोहन न्यौपाने र लिलाधर गैह्रेले सञ्चालन गर्नुभएको थियो ।
ताजा
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते
२०८३ कार्तिक ७ गते, शुक्रबार
विजया दशमीकाे शुभकामना
२०८३ कार्तिक ५ गते, बुधबार
आज दशैँकाे टीका
२०८३ कार्तिक ५ गते, बुधबार
मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती
२०८३ कार्तिक ३ गते, सोमबार
न आफन्त रहे, न घरः छैन दसैँको रौनक
२०८३ कार्तिक १ गते, शनिबार
प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना
२०८३ कार्तिक १ गते, शनिबार
वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती
२०८३ आश्विन ३० गते, शुक्रबार
युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण
२०८३ आश्विन २५ गते, आईतवार
बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन
२०८३ आश्विन २५ गते, आईतवार





















