एउटै वडाबाट १४ करोडको सुन्तला बिक्री

वालिङ,१३ माघ– स्याङ्जाको पुतलीबजार नगरपालिका–१० ले यस वर्ष सुन्तला बिक्रीबाट रू. १४ करोड आम्दानी गरेको छ ।
व्यावसायिकरुपमा सुन्तला खेती गर्ने किसानले ठेक्का तथा आफैँले बिक्री गरेर रू. १४ करोड आम्दानी गर्न सफल भएका सुन्तला व्यवसायी मुक्ति अधिकारीले बताउनुभयो । सुन्तला सुपरजोन स्याङ्जाका पूर्वसचिवसमेत रहनुभएका अधिकारीका अनुसार जिल्लामै सबैभन्दा धेरै क्षेत्रफल र किसान सुन्तला खेतीमा संलग्न भएको वडा नै यही हो ।
“वडामा सुन्तला खेतीलाई व्यावसायिक बनाउने किसान धेरै हुनुहुन्छ, उहाँहरुले न्यूनतम ५० हजारदेखि अधिकतम पचास लाखसम्म आम्दानी गर्नुहुन्छ”, उहाँले भन्नुभयो ।
रू. पाँच–सात लाखदेखि १५–२० लाख आम्दानी गर्ने किसानको सङ्ख्या धेरै छ । किसानले बगैँचा नै ठेक्कामा दिने वा आफँ टिपेर ठेकेदारलाई प्रतिकेजीका दरले बिक्री गर्दछन् । कोदो तथा मकै खेतीबाट जीविकोपार्जन गरिरहेका किसानले हाल व्यावसायिक रुपमा सुन्तला खेती गरेर बर्सेनि लाखौँ भित्र्याइरहेका छन् ।
सुन्तलाबाट राम्रो आम्दानी हुन थालेपछि यहाँका किसानहरुले नयाँ बोट थप्न थालेका छन् । अबका केही वर्षमा उत्पादनसँगै आम्दानीमा पनि वृद्धि हुने उहाँको भनाइ छ ।
गत वर्षको तुलनामा यस वर्ष सुन्तला उत्पादन बढे पनि बजार मूल्य गत वर्षको जति पनि नहुँदा अपेक्षा अनुसारको आम्दानी लिन नसकिएको किसानहरु बताउँछन् । प्रतिकेजी रू. ५५ बाट बिक्री सुरु भएको सुन्तला अहिले प्रतिकेजी रू. ९० मा बिक्री भइरहेको छ ।
अपेक्षाअनुसार बजार मूल्य नपाएपछि शीतभण्डार गरेर बिक्री थालिएको थियो । तर व्यवस्थापकीय कमजोरीका कारण शीतभण्डारमा सुन्तला कुहिएपछि किसानहरु थप मर्कामा परेका छन् । जिल्लामा यस वर्ष रू. एक अर्ब २५ करोडको सुन्तला उत्पादन भएको कृषि ज्ञानकेन्द्र स्याङ्जाले जनाएको छ ।रासस

ताजा

व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
व्यावहारिक शिक्षासँगै बाजा बजाएर आत्मनिर्भर बन्दै विद्यार्थी
२०८१ चैत्र १ गते, शुक्रबार
पिंक सिटी महोत्सवमा सञ्चालित भलिबल प्रतियोगिताको सेमिफाइनल शनिबार हुने
२०८१ चैत्र १ गते, शुक्रबार
वालिङमा दुई उद्याेग वाणिज्य संघले मनाए हाेली
२०८१ चैत्र १ गते, शुक्रबार
राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल स्याङ्जाद्वारा साहित्यकार वनवासीलाई सम्मान
२०८१ फाल्गुन २९ गते, बिहीबार
प्रथम पिंक सिटी महाेत्सवकाे आठाैं दिन दर्शककाे घुईचाे, भिडियाे सहित
२०८१ फाल्गुन २८ गते, बुधबार
टोड्केको सिरेटोमा रमाउँछन् पाहुना
२०८१ फाल्गुन २७ गते, मंगलवार
विद्यालय पुग्न ट्युबको सहारा
२०८१ फाल्गुन २७ गते, मंगलवार
सञ्चारिका समूह स्याङ्जाको अध्यक्षमा: न्याैपाने
२०८१ फाल्गुन २२ गते, बिहीबार
संस्थागत विद्यलयका सवारी चालकलाई दुर्घटना न्युनिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्र सम्पन्न
२०८१ फाल्गुन २२ गते, बिहीबार