तमु आदिकवि हर्क गुरुङको ८६ औं जन्मजयन्ती मनाइयाे
स्याङ्जा,१२माघ- तमु आदिकवि हर्क गुरुङको ८६ औं जन्मजयन्ती फेदीखोला गाउँपालिका१ स्थित स्मृति पार्कमा मनाइएको छ । तमु आदिकवि हर्कबहादुर गुरुङ स्मृति प्रतिष्ठान फेदीखोला स्याङ्जा र फेदीखोला गाउँपालिकाकाे आयोजनामा गुरुङको जन्मजयन्ती मनाइएको हाे।

भाषा, साहित्य तथा रचना मार्फत तमु भाषाको प्रचार प्रसारमा पुर्याएको योगदानको सम्झनामा स्मृति पार्कमा प्रत्येक वर्ष गुरुङको जन्मजयन्ती मनाउने गरिन्छ । जन्मजयन्तीको अवसरमा गुरुङका गीतहरुको संग्रह समेटिएको क्युदे थुँलेन (पानी खाए’नि) गीति संग्रह विमोचन गरिएको थियो ।
गीति संग्रहको विमोचन गर्दै गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले गुरुङ गाउँपालिकाको साझा सम्पत्तिको रुपमा रहेको बताउनुभयाे । गुरुङको योगदानको कदर गर्दै गाउँपालिकाले अर्धकद सहितको स्मृति पार्क निर्माण गरि प्रत्येक वर्ष जन्मजयन्ती मनाउँदै आएको अध्यक्ष सुवेदीकाे भनाइ थियाे। गाउँपालिकाद्वारा निर्मित स्थानीय पाठ्यक्रममा गुरुङको जीवन समेटी विद्यार्थीमार्फत समग्र राष्ट्रलाई गुरुङको कृतिहरु चिनाउन खोजिएकाे समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष देउकुमारी गुरुङले कवि गुरुङले तमु भाषाको संरक्षण, संवद्र्धन, प्रचार र प्रसार गरि भाषिक सम्पत्तिको दरिलो पहिचान कायम गरेको बताउनुभयो । कार्यक्रममा कवि हर्कबहादुर गुरुङका भाई बहादुरसिंह गुरुङले कवितामार्फत उहाँको जीवनीबारे प्रकाश पार्नुभएको थियो भने अर्का भाई टिकाबहादुर गुरुङले स्वागत भाषण गर्नुभएको थियो ।
कार्यक्रममा सञ्चारकर्मी अनिता गुरुङलाई सम्मान गर्नुका साथै जन्मजयन्तीकै अवसरमा अन्तरमाध्यमिक कविता प्रतियोगितामा गुरुङ भाषातर्फ प्रथम रवि गुरुङ, नेपाली भाषातर्फ प्रथम रश्मि केसीको कविता वाचन गरिएको थियो ।

ताजा
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबार
जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते
२०८३ भाद्र ८ गते, सोमबारसार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री
२०८३ भाद्र ४ गते, बिहीबार
अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन
२०८३ भाद्र ४ गते, बिहीबार
वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद
२०८३ भाद्र ३ गते, बुधबार
स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि
२०८३ श्रावण ३० गते, शनिबार
खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे
२०८३ श्रावण २९ गते, शुक्रबार
पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत
२०८३ श्रावण २८ गते, बिहीबार
विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस
२०८३ श्रावण २८ गते, बिहीबार
पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
२०८३ श्रावण २८ गते, बिहीबार





















