अनि मैले जन्मदिने आमालाई पनि बिर्सिएँ

मनिला काफ्ले

बन्जी हानेको भिडियो हेर्दा लाग्थ्यो, मान्छेले कुन आँटले त्यति सानो डोरीबाट हाम फाल्छन् ? व्यवसायिक हिसाबले संचालन गरिएकाले डोरी चुँडिने भय त मनमा थिएन । तर, हाम फाल्न भने ठूलै मुटु चाहिन्छ भन्ने लागिरहन्थ्यो । मजस्ती सानो मुटु भएकीले त्यसरी हाम फाल्न सक्छु जस्तो नै लागेको थिएन ।

दुई सय २८ मिटर माथिबाट खुट्टामा डोरी बाँधेर हाम फाल्नुपर्ने । अनि त्यसैलाई रमाइलोे मान्नुपर्ने । अहो ! सोच्दैमा पनि डर लाग्ने । आमालाई बन्जी हान्न जाने बारे बताउँदा उहाँको सातो गएको थियो । आमाले भन्नुभयो, ‘त्यो डोरी चुँडिएर खोलामा झरियो भने ? हुँदैन, नजा ।’

‘लाखौंमा एउटा डोरी चुडिन्छ भनेको सुनेको, मेरै पालोमा चुँडियो भने……..?’ मनमा त्रास यस्तो आयो कि भित्रभित्रै त्राहिमाम् भएँ ।

तैपनि सबैले त गरिरहेका छन् भने म किन डराउने ? लाखौंमध्ये एकमा पर्छु भने पनि परुँ । तर, जसरी पनि जान्छु भन्ने निधो गरेँ । हामी छ जनाको समूह बनाएर  गत भदाैमा पर्वत जिल्लाको कुस्मातिर हान्नियौं । जहाँ विश्वको दोस्रो अग्लो बन्जी द क्लिफ नेपाल छ ।

काठमाडौंबाट दुईजना, चितवनबाट दुईजना र बुटवलबाट दुईजना थियौं ।  भदाैकाे पहिलाे साता काठमाडौंबाट रात्रि बस चढेर कुस्मातिर लाग्यौं । बिहान ६ बजे हामीलाई बसले कुस्मा झारिदियो । त्यसपछि हामी काठमाडौंबाट गएका दुई जना द क्लिफतर्फ लाग्यौं । बाँकी साथिहरु पोखरामा रहे । उनीहरुलाई कुस्मा आउन सामय लाग्ने भएकाले त्यतै रहेका थिए ।

कुस्मा बजारकै एउटा होटलमा चिया र खाजा खाजा खाँदै साथीहरुलाई कुर्र्ने निधो गर्‍यौं । तर, साथीहरु आइपुग्न ढिला हुने भयो । काठमाडौंबाट गएकी साथी प्रतीक्षा र म क्लिफमै पुगेर बन्जी हान्न फारम भर्नतिर लाग्यौं ।

तर, त्यहाँ त धेरै मान्छे बन्जी हान्न तम्तयार रहेका रहेछन् । कोहीकोही हानिरहेका थिए । बन्जी हानिरहेकाहरुलाई हेर्दा मनमा कौतुहलता र उत्सुकता पलाएर आयो । चाँडो गएर हान्न पाए पनि हुन्थ्यो जस्तो लाग्यो । अरुले सहज रुपमा अप्ठ्यारो लागेको काम गरिरहेको देख्दा मनमा आँट आउँदोरहेछ । हाम फालिहाल्न पाए हुन्थ्यो भन्ने लाग्न थाल्यो ।

करीब सात घण्टाको अन्तरालपछि पोखरामा छुटेका साथीहरु पनि आइपुगे । झनै आत्मविस्वास पलाएर आयो । हामीले फारम भ¥यौं । तर, एक समस्या आइपर्‍यो, ४५ केजीभन्दा कम र ८० किलोभन्दा माथिका मान्छेले बन्जी हान्न नमिल्ने रहेछ । एक साथीको तौल नै नपुग्ने रहेछ !

साथीको तौल ४४ किलो रहेछ । तर, ४५ किलोभन्दा एक ग्राम कम तौल भएको मान्छेले पनि बन्जी हान्न नपाउने रहेछ । यसपछि हामीले उसलाई टन्न खुवाएर तौल बढाउनतिर लाग्यौं । केरा, खाजा र अनेक खानेकुरा आएपछि उसको तौला ४५ केजी पुग्यो । हामी बन्जी हान्नका लागि जति उत्साहित थियौं, तौल बढेपछि ऊ दोब्बर उत्साहित भयो । त्यसपछि बन्जीका लागि पुलबाट बन्जी पोइन्टतिर लाग्यौं ।

बन्जी कसरी गर्ने, कसरी सुरक्षित रहनेबारे बन्जीका क्रु मेम्बरहरुले ब्रिफिङ गरे । ध्यान दिनुपर्ने कुराहरु सम्झाए । त्यसपछि पहिलो साथीको अनि मेरो पालो आयो ।

मलाई हामफाल्ने ठाउँमा पुग्दासम्म पनि डर लागेको थिएन । तर जब बन्जी गराउने दाईले अगाडी पुगेपछि थोरै खुट्टा अगाडी–पछाडी सार्न भने, मुटुले ठाउँ छोड्यो । मलाई बन्जीका कुरा गर्दा त्यति डर लागेको थिएन, जब म बन्जी हान्न तम्तयार भएर उभिएँ । तर हिम्मत गरेर डरलाई मनमै दबाएर राखेँ । बन्जी गराउने दाइले भने, वा, टु, थ्री….. ।

जब हाम फालेँ, तल पुगेर डोरीमा नझट्किउन्जेलसम्म म होसविहीन भएँ । मानौं चार सेकेण्डका लागि म मरेँ । अनि केही सेकेण्डपछि फेरि बाँचेँ । हाम फालेर तल पुग्दासम्मको क्षण मलाई केही पनि याद छैन । त्यस क्षण मैले आफूलाई संसारमै सबैभन्दा बढी माया गरेको क्षण थियो ।

मैले न मेरा नजिकका साथीलाई सम्झिएँ । न जन्म दिने आमालाई सम्झिएँ । मलाई त भगवानलाई सम्झिने फुर्सद पनि भएन ।

तल पुगेर पहिलो पटक डोरि झट्कालिएपछि मेरो होस खुल्यो । बल्ल म होसमा आएँ । आँखा खोलेँ, तल खोला वरिपरि हरियाली, स्विङ गरेका एक जोडी मेरै छेउसम्म आइपुगेको थिए । सबै कुरा महसुस भएपछि बल्ल मैले बन्जीको अनुभव लिन थालेँ ।

तीन पटक डोरी झट्कालिएपछि मैले खुट्टामा बाँधिएको डोरीसँगैको रातो अर्को डोरि तानेर मेरो खुट्टाहरु सोझ्याएँ । अनि हातमा बाँधिएको क्यामेरामा आफ्नो अनुभवहरु बताउँदै रमाइलो लिन थालेँ । सुरुमा लागेको डर त्यसबेलासम्म रमाइलोमा परिणत भइसकेको थियो ।

मलाई तलबाट माथि तान्ने अर्को डोरि म भए ठाउँसम्म आइपुग्यो । मैले त्यसलाई कसिलो गरी मेरो कम्मरमा भएको डोरीमा अल्झाएँ । अनि दुई हात फिँजाएर म माथि आउन तयार छु भन्ने संकेत गरेँ ।

मेरै पालोमा डोरी चुडिएला सोचेकी मैले सकुशल बन्जी गरेँ ।

सबैजानाले बन्जी गरिसकेपछि हामी घुम्नका लागि पुल पारि गयौं । द क्लिफको रिसोर्ट भएतिर त्यहाँ केहि फोटो खिच्यौं । खाना खान हामीलाई निकै ढिला भइसकेको थियो । त्यसपछि हामी द क्लिफ नजिकैको एक होटेलमा आफ्नो–आफ्नो बन्जी अनुभव सुनाउँदै खाना खायौं ।नेपाल प्रेस

ताजा

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

३ दिने क्षमता विकास कार्यक्रम सम्पन्न

२०८३ बैशाख १३ गते, आईतवार

गृहमन्त्री सुधन गुरुङद्वारा राजीनामा

२०८३ बैशाख ९ गते, बुधबार

आज मातातीर्थ औँसी

२०८३ बैशाख ४ गते, शुक्रबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal