वालिङ युनाइटेड क्लवले इतिहाँस रच्दै, उद्घाटन खेलमा आयोजक रातोको विजयी सुरुवात

गाेपाल जिटी वालिङ,३० पुस- वालिङमा शनिबारदेखि प्रथम वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिता सुरु भएको छ । वालिङ युनाइटेड क्लवले प्रथम वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिताको आयोजना गरेको हो । आज भएको उद्घाटन खेलमा आयोजक वालिङ युनाइटेड क्लव रातोले विजयी सुरुवात गरेको छ । युनाइटेड क्लव रातोले लिस्नु क्लव कोटिहवा रुपन्देहीलाई शुन्यका विरुद्ध एक गोल गर्दै विजयी सुरुवात गरेको हो ।

खेलको पहिलो हाफ गोल रहित सकिएको थियो दोस्रो हाफको छैटौं मिनेट युनाइटेड क्लव रातोले गोल गर्न सफल भएको हो । मैदानको दायाँबाट सफल थापाले गरेको प्रहारलाई लिस्नुका गोलकिपर सन्देश थापाले फर्काएसँगै जर्सी नम्वर ८का सकुल गुरुङले गोलमा परिणत गरेका थिए । गुरुङको गोल नै युनाइटेड रातोको जीतका लागि निर्णायक बन्यो । खेलको सुरुदेखि युनाइटेड रातोले लिस्नुलाई दवावमा पारेको थियो । खेलको इन्जुरी समयको चार मिनेटमा लिस्नुका आशिष चापागाईंले पाएको डाइरेक्ट फ्रिकिकलाई युनाइटेड रातोका गोलकिपर रुपेश हमालले कुशलतापूर्वक बचाएसँगै लिस्नु क्लव दुर्भाग्य बन्यो ।

यसैगरी वालिङ गोल्ड कपको दोस्रो दिन माघ १ गते आइतबार शसस्त्र प्रहरी बल (एपिएफ) र केबिए बीएफएस भरतपुर चितवनका बीच प्रतिस्पर्धा हुने छ । खेल दिउसो साढे एक बजे हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले रु ५ लाख र उपविजेताले २ लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विभागीय टीम त्रिभुवन आर्मी, शसस्त्र प्रहरी बल (एपिएफ), साहरा फुटवल क्लव पोखरा, केबिए बीएफएस चितवन, लिस्नु क्लव कोटिहवा रुपन्देही, एभिनेयर फुटवल क्लव अफ्रिका र स्थानीय दुई टीमसहित ८ समूहको सहभागिता रहेको पहिलो वालिङ गोल्ड कप माघ ७ गते समापन गरिने छ । प्रतियोगिताको शुभारम्भ गर्दै वालिङ नगरपालिकाका उप प्रमुख कविता तिवारीले क्लवले राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना गरेर इतिहास रच्ने काम गरेको बताउनुभयो । उहाँले खेलको माध्यमबाट युवाहरुको सर्वाङ्गीण विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

ताजा

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

गोपनीयताको हक कायम गर

२०८३ भाद्र ९ गते, मंगलवार

जिप दुर्घटना हुँदा दुई जनाकाे घटना स्थलमै मृत्यु, १७ घाईते

२०८३ भाद्र ८ गते, सोमबार

सार्वजनिक सेवा प्रसारण संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउन आवश्यक छ : सञ्चारमन्त्री

२०८३ भाद्र ४ गते, बिहीबार

अढाइ वर्षीय बालक जंगलमा बिताए तीन दिन

२०८३ भाद्र ४ गते, बिहीबार

वेवारिसे अवस्थामा रहेकाे भरुवा बन्दुक जस्ताे देखिने वस्तु प्रहरी द्वारा बरामद

२०८३ भाद्र ३ गते, बुधबार

स्याङ्जा प्रहरीले सार्वजनिक गर्याे साउन महिनाको गतिविधि

२०८३ श्रावण ३० गते, शनिबार

खोलाले बगाएर बेपत्ता भएका स्याङ्जाका युवकको शव आँधिखाेलामा भेटियाे

२०८३ श्रावण २९ गते, शुक्रबार

पूर्व प्रधानमन्त्री देउवा स्वदेश फिर्ता, विमान स्थलमा भब्य स्वागत

२०८३ श्रावण २८ गते, बिहीबार

विश्व प्रेस काउन्सिलको आग्रह किशाेर श्रेष्ठलाई तत्काल रिहा गरियाेस

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठ पक्राउप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण

२०८३ श्रावण २८ गते, बिहीबार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal