वालिङ युनाइटेड क्लवले इतिहाँस रच्दै, उद्घाटन खेलमा आयोजक रातोको विजयी सुरुवात

गाेपाल जिटी वालिङ,३० पुस- वालिङमा शनिबारदेखि प्रथम वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिता सुरु भएको छ । वालिङ युनाइटेड क्लवले प्रथम वालिङ गोल्ड कप राष्ट्रिय फुटवल प्रतियोगिताको आयोजना गरेको हो । आज भएको उद्घाटन खेलमा आयोजक वालिङ युनाइटेड क्लव रातोले विजयी सुरुवात गरेको छ । युनाइटेड क्लव रातोले लिस्नु क्लव कोटिहवा रुपन्देहीलाई शुन्यका विरुद्ध एक गोल गर्दै विजयी सुरुवात गरेको हो ।

खेलको पहिलो हाफ गोल रहित सकिएको थियो दोस्रो हाफको छैटौं मिनेट युनाइटेड क्लव रातोले गोल गर्न सफल भएको हो । मैदानको दायाँबाट सफल थापाले गरेको प्रहारलाई लिस्नुका गोलकिपर सन्देश थापाले फर्काएसँगै जर्सी नम्वर ८का सकुल गुरुङले गोलमा परिणत गरेका थिए । गुरुङको गोल नै युनाइटेड रातोको जीतका लागि निर्णायक बन्यो । खेलको सुरुदेखि युनाइटेड रातोले लिस्नुलाई दवावमा पारेको थियो । खेलको इन्जुरी समयको चार मिनेटमा लिस्नुका आशिष चापागाईंले पाएको डाइरेक्ट फ्रिकिकलाई युनाइटेड रातोका गोलकिपर रुपेश हमालले कुशलतापूर्वक बचाएसँगै लिस्नु क्लव दुर्भाग्य बन्यो ।

यसैगरी वालिङ गोल्ड कपको दोस्रो दिन माघ १ गते आइतबार शसस्त्र प्रहरी बल (एपिएफ) र केबिए बीएफएस भरतपुर चितवनका बीच प्रतिस्पर्धा हुने छ । खेल दिउसो साढे एक बजे हुने आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले रु ५ लाख र उपविजेताले २ लाख पचास हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

विभागीय टीम त्रिभुवन आर्मी, शसस्त्र प्रहरी बल (एपिएफ), साहरा फुटवल क्लव पोखरा, केबिए बीएफएस चितवन, लिस्नु क्लव कोटिहवा रुपन्देही, एभिनेयर फुटवल क्लव अफ्रिका र स्थानीय दुई टीमसहित ८ समूहको सहभागिता रहेको पहिलो वालिङ गोल्ड कप माघ ७ गते समापन गरिने छ । प्रतियोगिताको शुभारम्भ गर्दै वालिङ नगरपालिकाका उप प्रमुख कविता तिवारीले क्लवले राष्ट्रिय स्तरको फुटवल प्रतियोगिता आयोजना गरेर इतिहास रच्ने काम गरेको बताउनुभयो । उहाँले खेलको माध्यमबाट युवाहरुको सर्वाङ्गीण विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal