गण्डकीका मुख्यमन्त्री अधिकारीलाई ३१ सांसदले दिए विश्वासको मत

पोखरा २९ पुस– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रदेशसभामा विश्वासको मत प्राप्त गर्नुभएको छ । साठी सदस्यीय प्रदेशसभामा विश्वासको मतका पक्षमा ३१ र विपक्षमा २७ मत खसेको थियो ।

मुख्यमन्त्री अधिकारीलाई विश्वासको मतसम्बन्धी प्रस्तावका पक्षमा नेकपा (एमाले) का २१, माओवादीका आठ र राप्रपाका दुई सांसदले मतदान गर्नुभएको थियो भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका २७ सदस्यले विपक्षमा मतदान गर्नुभएको हो ।एमालेबाटै निर्वाचित भएर सदनको अध्यक्षता गर्नुभएका मित्रलाल बस्यालले मतदान गर्नुभएन भने स्वतन्त्र सांसद राजीव गुरुङ बैठकमा अनुपस्थित हुनुभयो ।

एमाले गण्डकी प्रदेश संसदीय दलका नेतासमेत रहनुभएका अधिकारी गत पुस २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो ।अधिकारीले गठबन्धनका तर्फबाट ३३ जना सांसदको समर्थनसहित प्रदेश प्रमुख पृथ्वीमान गुरुङसमक्ष दाबी गरे पछि मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो ।

ताजा

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

वालिङ एक्स्पाेले यश क्षेत्रकाे पहिचानमा सहयाेग पुर्याउने छ : नगरप्रमुख खाँण

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वगृहमन्त्री रमेश लेखक रिहा

२०८२ चैत्र २६ गते, बिहीबार

पूर्वप्रधानमन्त्री ओलीलाई हाजिरी जमानीमा परिवारको जिम्मा लगाइयो

२०८२ चैत्र २६ गते, बिहीबार

लेबनान आक्रमणले युद्धविराम सङ्कटमा

२०८२ चैत्र २६ गते, बिहीबार

सरकारद्वारा अमेरिका–इरान युद्धविराम सम्झौताको स्वागत

२०८२ चैत्र २६ गते, बिहीबार

पोखरा सभागृहचोकमा महिलाको हत्या

२०८२ चैत्र २६ गते, बिहीबार

आज देखि वालिङमा प्रथम ओमकार इभेन्ट एक्स्पाे सुरु

२०८२ चैत्र २६ गते, बिहीबार

सूर्योदय

२०८२ चैत्र २३ गते, सोमबार

प्रदेश र स्थानीय तहका विज्ञापनमा प्रदेशकै सञ्चार माध्यमलाई प्राथमिकता दिइने

२०८२ चैत्र २३ गते, सोमबार

क्षेत्रीय युद्धबारे इरान, रुस र भारतबिच कूटनीतिक संवाद

२०८२ चैत्र २३ गते, सोमबार

2025 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal