राष्ट्रपति भण्डारीद्वारा नयाँ सरकार गठनका लागि आव्हान

काठमाडौं,३ पुस– राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि आव्हान गर्नुभएको छ ।
राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनका लागि सात दिनभित्र दुई वा दुईभन्दा बढी दलको समर्थन लिएर प्रधानमन्त्रीको नाम दिन आव्हान गर्नुभएको हो ।
निर्वाचन परिणामसहितको प्रतिवेदन प्राप्त भएकोले संविधानको धारा ७६ को उपधारा (१) बमोजिम कुनै पनि दलले स्पष्ट बहुमत नदेखिएको अवस्थामा धारा ७६ को उपधारा (२) बमोजिम राष्ट्रपतिबाट सरकार गठन प्रक्रियाका लागि आव्हान भएको हो ।
उक्त धाराअनुसार प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधिसभाको सदस्यलाई प्रधानमन्त्री नियुक्त गर्नका लागि पुस १० गते आइतबार अपरान्ह १७ः०० बजेभित्र दाबी पेस गर्न राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

ताजा

लागूऔषधसहित वालिङमा एकजना पक्राउ
२०८१ फाल्गुन १ गते, बिहीबार
लागूऔषधसहित वालिङमा एकजना पक्राउ
२०८१ फाल्गुन १ गते, बिहीबार
स्याङ्जाका तीन गाउँपालिका गण्डकी प्रदेशमै उत्कृष्ट
२०८१ फाल्गुन १ गते, बिहीबार
इमेज सहकारी बचतकर्ताको चार करोड रकम फिर्ता
२०८१ माघ ३० गते, बुधबार
पन्यूले विद्यार्थीको गाला डाम्ने शिक्षिका पक्राउ
२०८१ माघ ३० गते, बुधबार
गुरुङ र मगर कामकाजको भाषाः कार्यान्वयनमा चुनौती र अपरिहार्यता
२०८१ माघ ३० गते, बुधबार
राष्ट्रियसभाबाट मिडिया काउन्सिल विधेयक पारित
२०८१ माघ २८ गते, सोमबार
शैक्षिक सुधारका लागि वालिङ नगरपालिकाद्वारा राजधानीमा अन्तरक्रिया
२०८१ माघ २८ गते, सोमबार
कास्की कारागारमा पानीको समस्या
२०८१ माघ २८ गते, सोमबार
चापाकाेटमा एक वृद्ध मृत अवस्थामा फेला
२०८१ माघ २८ गते, सोमबार