स्याङ्जा २ प्रतिनिधि सभामा धनराज गुरुङ र प्रदेश सभामा महेश भट्टराई निर्वाचित

वालिङ,१७ मङ्सिर- स्याङ्जा निर्वाचन क्षेत्र नमवर २ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङ निर्वाचित हुनुभएकाे छ।
गुरुङले नेकपा एमाले सचिव पद्मा अर्याललाई ५ हजार ६ सय २७ मतले पछि पार्दै प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे। गुरुङले ३१ हजार ४ सय ६६ मत प्राप्त गर्नु भएकाे छ भने अर्यालले २५ हजार ८ सय ३९ मत प्राप्त गर्नुभएकाे छ। राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले ८ हजार १ सय १३ मत प्राप्त गर्नुभएकाे छ।

यसै गरि प्रदेश सभा २ मा नेपाली कांग्रेसका महेश भट्टराई निर्वाचित हुनुभएकाे छ। नेकपा एमालेका डा. बुद्धिमान श्रेष्ठलाई १ हजार ७ सय ८६ मतले पछि पार्दै भट्टराई प्रदेश सभा सदस्यमा निर्वाचित हुनुभएकाे हाे। भट्टराईले १८ हजार ७ सय ८८ मत प्राप्त गर्नुभएकाे छ भने श्रेष्ठले १७ हजार २ मत प्राप्त गर्नुभएकाे छ। निर्वाचन क्षेत्र नम्बर २ मा ७० हजार १ सय ९१ मत खसेकाे थियाे। मङ्सिर ४ गते निर्वाचन सम्पन्न भएपनि चापाकाेट नगरपालिकामा नेपाली कांग्रेसले बुथ कब्जा गरि अनधिकृत रुपमा मतदान गरेकाे भन्दै गठबन्धन बाहेकका दलहरु नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा लगायतका दलहरु र स्वतन्त्र उम्मेदवारले निर्वाचन आयाेगमा उजुरी दिएपछि मतगणना हुन सकेकाे थिएन। निर्वाचन आयाेगले मतगणना गर्ने निर्णय गरेपछि मात्र मतगणना सुरु भएकाे थियाे।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal