पाल्पामा एमाले उम्मेदवार विजयी

रामपुर,१० मङ्सिर– पाल्पा क्षेत्र नम्बर १ मा भारी मतले नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । मङसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यमा नेकपा एमालेले जित हात पारेको हो । प्रतिनिधिसभा सदस्यमा पाल्पा क्षेत्र नम्बर एकबाट नेकपा एमालेका नारायण प्रसाद आचार्यले ३१ हजार १ सय ३ मतका साथ विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका ज्ञानबहादुर गाहाले २० हजार २५ मत प्राप्त गर्नुभएको छ ।

आचार्यले गाहालाई ११ हजार ७८ मतान्तरले जित हासिल गर्नु भएको हो । त्यस्तै सुइ चिन्हका स्वतन्त्र उम्मेदवार बिपिन कंडेलले २ हजार ८ सय ६३ मत पाउनु भएको छ ।
क्षेत्र नम्बर १ प्रदेशसभा सदस्यमा राजु प्रसाद श्रेष्ठ विजयी हुनुभएको छ । त्यस्तै क्षेत्र नम्बर १ (२) मा खेमबहादुर सारु विजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी शंकर खनाललाई ४ हजार ७ सय ९१ मतले पछि पार्दै जित हासिल गर्नुभएको छ । खेमबहादु सारुले १४ हजार २ सय ९६ तथा रुख चिन्हका उम्मेदवार शंखर खनालले ९ हजार ५ सय ५ मत प्राप्त गर्नुभएको छ । यसै गरी पाल्पा दुईबाट एमाले नेता ठाकुर गैरे विजयी हुनुभएको छ ।

ताजा

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

स्याङ्जामा स्कुटर दुर्घटना हुँदा आमाको मृत्यु, छोरी घाइते

२०८३ कार्तिक ७ गते, शुक्रबार

विजया दशमीकाे शुभकामना

२०८३ कार्तिक ५ गते, बुधबार

आज दशैँकाे टीका

२०८३ कार्तिक ५ गते, बुधबार

मकै भण्डारण गर्ने काइदा,घरभरी मकैका झुत्ती

२०८३ कार्तिक ३ गते, सोमबार

न आफन्त रहे, न घरः छैन दसैँको रौनक

२०८३ कार्तिक १ गते, शनिबार

प्रधानमन्त्री वालेन्द्र शाहद्वारा बडादसैँको शुभकामना

२०८३ कार्तिक १ गते, शनिबार

वालिङका बेसी अनि फाँटमा पाक्न लागेकाे धान खेती

२०८३ आश्विन ३० गते, शुक्रबार

युवा साहित्यकार वसन्त खनालद्वारा लिखित कृति ‘वेध’ लोकार्पण

२०८३ आश्विन २५ गते, आईतवार

बुढीगण्डकीले छ वटा पुल बगायाे दस जना सम्पर्कविहीन

२०८३ आश्विन २५ गते, आईतवार

बिरुवामा आँखा शिविर,९११ जनाको परीक्षण १२४ जनाको शल्यक्रिया

२०८३ आश्विन २५ गते, आईतवार

2026 Copyrights Reserved at gandakisamachar.com

Designed & Developed By:Web House Nepal